Skip to main content

सरोकार पोस्ट

प्रेस युनियनले आजदेखि `लोमाङ्थाङ्ग´अन्तर्राष्ट्रिय मिडिया समिट गर्दै

Advertisement

काठमाडौं । `जलवायु परिवर्तन र लोकतन्त्रमा नागरिक समाज र प्रेस´ भन्ने सवालमा बहस गर्न नेपाल प्रेस युनियनले पहिलोपटक ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सञ्चालन गर्ने भएको छ।

समिटको मुख्य नारा ‘शान्तिको सन्देश, हिमाली संस्कृतिको संरक्षण र लोकतन्त्रको सुदृढीकरण’ तय भएको युनियनले जनाएकोछ । समिटमा नेपाल, भारत, श्रीलका युगान्डा, बुल्गेरिया, भुटान लगायतका मुलुकका पत्रकार, संचारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिता हुने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुुुभयो ।
बैशाख २७ गते काठमाडौं बाट समिट सुरु हुनेछ भने पोखरा, जोमसोम हुँदै मुस्ताङ्गको ऐतिहासिक लोमाङ्थाङ्ग पुगेर निश्कर्ष सहितको घोषणापत्र जारी गर्दै ३१ गते सम्पन्न हुने बताईएको छ । समिटमा सञ्चारका माध्यमबाट लोकतन्त्रको प्रवर्द्धन, जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण, समावेशी संचार, प्रेस स्वतन्त्रता, सूचना अधिकार लगायत विषयमा छलफल हुने जारी बिज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मिडियाको बदलिँदो भूमिकासँगै हिमाली क्षेत्रमा संचारको पहुँच, चुनौती र अवसरबारे समिटले सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले, पत्रकारिता र सूचना अधिकारको अभ्यास हिमाली भेगसम्म लैजाने, हिमाली जनजीवनको आवाज मुलधारका मिडियामा ल्याउने प्रयासका रूपमा समिट महत्वपूर्ण हुनेछ ।
कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरू, अन्तरास्ट्रिय पत्रकार मञ्च(IFJ)का प्रतिनिधि, राजनीतिक दल, नागरिक समाजका अगुवा, तथा साउथ एसियाली पत्रकार महासंघ (SAFMA) का पदाधिकारीको पनि उपस्थिति रहनेछ । समिटमा ‘जर्नालिज्म सेफ्टी एण्ड प्रेस फ्रीडम, एक्सेस टु इन्फरमेसन तथा एआई र न्यू मिडिया इन साउथ एशिया’ शीर्षकका विषयमा काठमाडौं, पोखरा र जोमसोम लोमान्थाङमा विभिन्न सत्रहरू सञ्चालन हुने समिटका संयोजक लोकराज अबस्थीले जानकारी दिनुभयो।
२७ गते उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सन्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगायतको उपस्थितिमा काठमाडौंमा समिट उद्घाटन हुनेछ । उद्घाटनपछि `राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा´भन्ने बिषयमा छलफल हुने बताईएकोछ । पोखरामा आइतबार ३ छुट्टाछुट्टै सेसन हुने युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिनुभयो ।
पोखरापछि मुस्ताङ यात्रा हुनेछ र चौथो दिन मुस्ताङको जोमसोममा स्थानीय प्रशासन पालिका र बासिन्दाको सहभागीतामा ‘जलबायु संकटमा मिडियाको भुमिका बृहत अन्तरक्रिया हुनेछ । सोही दिन लोमन्थाङ पुगेर घोषण पत्र जारी गर्ने कार्यक्रम रहेको शुक्रबार जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
प्रेस बिज्ञप्ति :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...