`स्याउलिवाङ्गबासीलाई बत्ति मुनिको अँध्यारो बल्ल हट्यो´
प्यूठान । करिब ३ दशक देखि जिल्लामै १२ मेगावाट बिद्युत उत्पादन हुँदै आएपनि बिद्युतको राष्ट्रिय प्रशासण लाईनको पहुँचमा नरहको उत्तरी प्यूठानका स्याउलिवाङ्ग बासी माझ नेपाल बिद्युत प्राधिकरणले बल्ल राष्ट्रिय प्रसारण लाईन पुर्याएको छ ।


स्याउलिवाङ्गमा बिद्युतिय राष्ट्रिय प्रसारण लाईन पुर्याउन बि.स. २०७७/०७८ मा करिब १५ लाख बजेट बिनियोजन गरि पहुँच बिस्तार गर्न खोजिएको थियो । तर कोभिड १९ काे प्रकोपका कारण काम अबरोध भएकोले २०७९/८० मा बिद्युत बिस्तार गर्न पुन: टेण्डर भएको थियो । पछिल्लो टेण्डर जय दुर्गे कन्ट्रक्सन प्रालिले रु.१५ लाखमा लिएर यस आ ब मा २ सय घरधुरीमा बिद्युत जडान गरि बिहिबार गाउँपालिकाले ओैपचारिक उद्घाटन गर्दै उज्यालो स्याउलिवाङ्ग घोषणा गरपएको हो । आज स्थानियबासी खुसीले गदगद भएको नौबहिनी गा पाका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । उहाले करिब १ हजार बढि घरधुरीमा यसै आ ब मा बिद्युत बिस्तार गर्ने दक्ष रहेको बताउनुभयो । उहाँले भन्नुुभयो,` क्रमश: बाँकीरहेका घरधुरीमा बिद्युत प्राधिकरणले लाईन जोड्दै आनेछ ।´


गत मंसिर मसान्त सम्म बिद्युत बाल्ने लक्ष्य रहेको थियो । तर बिद्युत बिटर समयमै आउन नसकेपछि चार महिना पछि घरघरमा बिद्युत जडान गरिएको नेपाल बिद्युत प्राधिकरण प्यूठान शाखाले जनाएकोछ ।
तर दशकौँको सपना पूरा भएको भन्दै स्थानियले खुसी व्यक्त गरेकाछन् । स्थानिय रुपमा उत्पादित महंगो लघु जलबिद्युत साँझको समयमा मात्रै उज्यालो देख्न पाएका स्याउलिवाङ्ग बासीले चौबिसै घण्टा बिद्युतको उपभोग गर्न पाउने भएका कारण खुसी व्यक्त गरेकाहुन् । नौबहिनीका कारिब ३५ सय जनसंख्या लाभान्वित हुनेछन् । तर स्याउलिवाङ्गका करिव ४ वटा लघु जलबिद्युत भने अवका दिनमा बिस्थापित हुने निश्चित जस्तै छ ।