प्यूठान, बाग्दुला । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजारमा ४ युवा मिलेर बिशेषज्ञ सेवा सहितको हेल्थ क्लिनिक तथा फार्मेसी सञ्चालनमा ल्याएकाछन् ।

आधुनिक ल्याव सहित बिशेषज्ञ डाक्टरबाट सेवा प्रवाह गर्ने गरि सञ्चालन भएको समानता हेल्थ क्लिनिकको आज एक कार्यक्रमका बिच प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगीले उद्घाटन गरेकाहुन् । उद्घाटन गर्दै उनले भने,`गुणस्तरयुक्त सेवा प्रवाह गर्ने गरि सञ्चालनमा आएको समानता हेल्थ क्लिनिक तथा फार्मेसीले सबै कानुनि मान्यता पूरा गरि दुर दराजका मानिसहरुको स्वास्थ्य सेवा गुणस्तरीय ढंगले प्रदान गरोस् । साथै सामाजिक सेवामा ध्यान पुर्याओस् । ´
उक्त क्लिनिक असिम मल्ल, रिमा जिसी, चित्रा केसी र जुना केसीले संयुक्त रुपमा सञ्चालनमा ल्याएको बताएकाछन् । क्लिनिकबाट बिशेषज्ञ डाक्टर सहित आत्याधुनिक ल्याव सेवा, भिडियो एक्सरे सेवा, ईमर्जेन्सी सेवा,फार्मेसी लगायतका सेवा उपलब्ध हुने सञ्चालक असिम मल्लले बताए ।





