प्यूठान । बि.स.१९८४ साल साउन ८ गते उत्तरी प्यूठानको खुङ्गमा जन्मनुभएका एक ९९ बर्षिय जेष्ठ नागरिकले गाउँको एक बिद्यालयमा अक्षकोष स्थापना गरेकाछन् । गौमुखी गाउपालिका-५ खुङ्ग निवासी ९९ बर्षिय ऐमानसिंह भण्डारीले आफू ९९ बर्ष प्रवेश गरेको अवसरमा गाउँकै जनसहयोगी माध्यमिक विद्यालयमा एक लाख ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको बिद्यालयले जनाएकोछ । कोषबाट प्राप्तहुने ब्याजले १/१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने र एक जना उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने ऐमानसिहको नातिनी सर्मिला भण्डारीले बताउनुभएको हो । अक्षयकोषको रकम क्रमश थप गर्दै लैजाने कोषका संरक्षक नातिनी लक्ष्मी भण्डारीले बताउनुभयो । प्रत्येक वर्ष प्रदान गरिने सम्मान र पुरस्कारले हजुरबुबा प्रती सम्मान…
प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्यूठानको विकासका निमित्त सबै सांसद र दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएकाछन् । प्यूठानको जुम्रीमा नेपाल पत्रकार महासंघले मन्त्री थापा सँग आयोजना गरेको पत्रकार भेटघाटको क्रममा जिल्लाका योजना सिफारिस गर्ने, बजेट ल्याउने सवालमा सबै प्रदेश सांसदहरु र संघिय संसदले समेत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेको बताउँदै पाप्त उपलब्धिलाई सहज र पुर्ण रुपमा कार्यान्वयन गर्न फेरि पनि सबै पक्ष एकताबद्ध हुन आग्रह गरे । उनले भने," प्रत्यक्ष रुपमा प्यूठानको बजेट लुम्बिनी प्रदेशबाट करिब डेड अर्ब देखिएपनि डिभिजन कार्यालयहरु, पर्यटन डिभिजन, शहरी विकास,जलश्रोत लगायतका कार्यालयले हेर्ने योजनाहरु समेत गर्दा करिबढाई अर्ब बजेट भित्राउन…
प्यूठान — २०८२ असार प्यूठान जिल्लाका ९ वटै स्थानीय तहहरूले आ.व. २०८२/८३ का लागि करिब ५ अर्ब ७९ करोड ६७ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका छन्। कतिपय पालिकाले नवीन कार्यक्रम अघि सारेका छन् भने कतिपयले पुरानै महत्वकांक्षि योजनाहरूलाई निरन्तरता दिएका छन्। 🔹 स्थानीय तहअनुसार बजेट विवरणः नवीन कार्यक्रम: के–के छन् नयाँ ? गौमुखी गाउँपालिका “मूलदेखि मुखसम्म पानी अभियान” – एक घर, एक धारा योजना कार्यान्वयन गरिने। मल्लरानी गाउँपालिका “खेतबारीमा तरकारी, घरघरमा रोजगारी” – उत्पादन आधारित अनुदानलाई प्राथमिकता। नौबहिनी गाउँपालिका “फर्क युवा, बन उद्यमी” – विदेशबाट फर्किएका युवालाई कृषि उद्यमतर्फ आकर्षण। सरुमारानी गाउँपालिका – डिजिटल शिक्षा प्रवर्द्धन कार्यक्रम र छोरी…
लुम्विनी प्रदेश सरकारका अर्थमन्त्री धनेन्द्र कार्किले आ.व. २०८२/०८३ का लागि प्रदेश शभामा प्रस्तुत गरेकाे बार्षिक बजेटमा प्यूठानका प्रमुक सडक निर्माण सँगै कृषि उत्पादन, पर्यटन प्रवद्धन, खानेपानी, भौतिक पुर्वाधारका योजनाहरु प्राथमिक्तामा परेकाछन् । कृषि उपजहरु कोदो, फापर र रातो मुलाको ब्यवसायीक उत्पादन बढाउने र पशुमा लाग्ने खोरेत मुक्त जिल्ला बनाउने गरी योजना अघि सारिएको छ । प्यूठानको कोदोको रक्सी सहित घरेलु मदिरालाइ ब्राण्डींग गर्नका लागी आबश्यक निती अख्तियार गर्ने योजनामा समेटिएको छ । स्वर्गद्धारीको पर्यटन प्रवद्धनका लागी आबश्यक बजेट बिनियोजन गर्दै काइलाबास, धारापानी, स्वर्गद्धारी पर्यटन मार्गको रुपमा बिकास गर्ने योजना अघि सारिएको छ । मेरो बिद्यालय मेरा दायित्व अभियानलाइ सबै बिद्यालयमा…
काठमाडौं – नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरूबीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ। सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिहरूविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी सावित भएको छ। भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएका छन्। कोड वर्डको दुरुपयोग : महिला ‘एल’ र पुरुष ‘एस’ त्रिभुवन विमानस्थलका केही…
काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेपाली मुद्रामा पृथ्वीनारायण शाह र गौतम बुद्धका तस्वीर समावेश गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, यसो गर्दा नेपाली नोटको मूल्य र गरिमा अझ बढ्नेछ। सोमबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै सांसद थापाले राष्ट्र एकीकरणमा योगदान पुर्याएका ऐतिहासिक व्यक्तित्वहरूको तस्वीर नोटमा समावेश हुनुपर्ने धारणा राखे। उनले स्पष्ट पारे, “म राजावादी होइन, म गणतन्त्रको पक्षमा छु। गणतन्त्र ल्याउनकै लागि लडेको हुँ। तर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन्, उनको तस्वीर नोटमा राख्दा त्यसको इज्जत बढ्छ।” त्यस्तै, उनले शान्तिका प्रतिक गौतम बुद्धको तस्वीर पनि नेपाली नोटमा समावेश गरिनु पर्ने बताए। अर्थ समितिको उक्त बैठकमा…
डिजिटल साक्षरतादेखि एआई प्रयोगसम्मको अभ्यासले विद्यार्थीलाई बनायो प्रविधिमैत्री प्युठान । "प्रविधिमा दक्ष युवा : भविष्यको समृद्ध नेपालको आधार" "सशक्त विद्यार्थी, सुरक्षित डिजिटल यात्रा" भन्ने अभियान सहित प्युठान जिल्लाका ११ वटा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरूलाई लक्षित गरी सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी ८ दिने विशेष तालिम सम्पन्न भएको छ। जेठ १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको उक्त तालिमले डिजिटल शिक्षण, कृत्रिम बुद्धिमत्ता (AI), र साइबर सुरक्षा जस्ता समसामयिक विषयमा व्यवहारिक ज्ञान प्रदान गरेको छ। विद्यार्थीलाई प्रविधिमा दक्ष, सचेत र जिम्मेवार नागरिकको रूपमा तयार पार्ने तालिमको मुख्य उद्देश्य रहेको सामाजिक बिकास डिभिजन कार्यालयका ईन्जिनियर…
नतिजा सुधार गर्न निजी विद्यालयसँग साझेदारी काठमाडौं । सरकारले विद्यालय शिक्षामा ‘शिक्षक बैंक’ को नयाँ अवधारणा ल्याएको छ । शिक्षकको अभाव हुन नदिन सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षक बैंकको अवधारणा ल्याएको हो । अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक पाउन कठिन भइरहेको छ । विद्यालयहरूले पटक-पटक विज्ञापन निकाल्दा पनि शिक्षक पाउन मुस्किल भएपछि सरकारले शिक्षक बैंक स्थापना गर्न लागेको हो । ‘शिक्षक अभाव हुन नदिन विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंक स्थापना गरिनेछ,’ अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै भने, ‘स्नातक तह उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिनेछ ।’ शिक्षा मन्त्रालयका अनुसार शिक्षक बैंक भनेको शिक्षकहरूको पुल…
देउखुरी दाङ्ग । लुम्बिनी प्रदेशमा मौरी स्रोत केन्द्र स्थापना गरि कृषकलाई सहायता प्रदान गर्न नेपाल मौरीपालक कृषक महासंघले प्रदेश सरकारलाई आवहान गरेकोछ । कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशले बालि विशेष कार्यक्रम अन्तरगत प्रदेश स्तरका अगुवा किसान र मौरीपालक महासंघ लुम्बिनी प्रदेश बिच भालुवाङ्गमा गरेको अन्तरकृयामा बुटवलमा स्थापना भएको मह तथा मौरी जन्य बस्तुको बिक्री केन्द्रलाई व्यवस्थित गर्ने र प्रदेश स्तरमा मौरी स्रोतकेन्द्र स्थापना गर्न सबै पक्ष लाग्न आवहान गरिएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले व्यवसायिक एकता र जलबायु अनुकलन गर्न अग्रसर मौरी किसानहरु प्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,`व्यवसायमा मित्रवत…