लण्डन । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका छन्। डाउनिङ स्ट्रिटमा आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले ट्रम्पसँगको पछिल्लो फोन वार्तामा हर्मुज जलसन्धि (Strait of Hormuz) खुला राख्ने विषयमा छलफल भएको जानकारी दिए।
ट्रम्पले हर्मुज जलसन्धिमा सुरक्षाका लागि युद्धपोत पठाउन गरेको अपिलबारे सोधिएको प्रश्नमा स्टार्मरले भने, “हामीबीच राम्रो छलफल भएको छ, तर यो कुनै सीधा वा सजिलो विषय होइन।” उनले बेलायतको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर मात्र निर्णय लिइने स्पष्ट पार्दै युद्धमा सामेल हुने निर्णय हतारमा गर्न नहुने संकेत गरे। ट्रम्पसँगको सम्बन्धलाई अंकमा मापन गर्न अस्वीकार गरे पनि उनले बेलायत र अमेरिका दशकौँदेखि बलियो साझेदार रहेको कुरा दोहोर्याएका छन्।
यसैबिच होर्मुज स्ट्रेटमा युद्धपोत पठाउने ट्रम्पको आग्रह चीनले अस्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज स्ट्रेट (Strait of Hormuz) को सुरक्षाका लागि युद्धपोत पठाउन गरेको प्रस्तावलाई चीनले कूटनीतिक रूपमा पन्छाएको छ। ट्रम्पले चीन आफ्नो ९० प्रतिशत तेलका लागि यही मार्गमा निर्भर रहेको भन्दै सैन्य सहयोग मागेका थिए।



