सरोकार पोस्ट

आवाज विहिनहरुको आवाज सुन्ने र बोल्ने छु : अध्यक्ष काफ्ले

Advertisement

१७ मंसिर पर्चुगल । गैर आवासीय नेपाली सघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष दीपा काफ्लेले सघलाई आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने बताउनु भएको छ ।
राजधानी लिस्बोनको एन्जसमा आयोजित घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले पोर्चुगल आउने आम सर्वसाधारणहरुको हरेक दुख भोगाई सङ्ग नजिकबाट परिचित रहेको बताउदै आगामी दिनमा कुनै प्रकारको गुनासोमा पनि सहयोग गर्ने बताउनु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सघका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमालले समाजमा चर्पस्ट हुने गरि बदनामी र बेइज्जत सुन्न पनि अप्ठ्यारो भएको ले सस्थामा हस्तक्षेपनै गर्नु परेको बताउनु भयो ।
बिगतमा गरिएको सहमती कार्यान्वयन गर्नै आनाकानी गरे पछि अहिलेको अबस्था सृजना भएको उहाको भनाई थियो । उहाले आगामी दिनमा भुइ मान्छेहरुको समस्यामा डटेर लाग्न अध्यक्ष दीपा काफ्लेलाई सुझाउनु भएको थियो ।
कार्यक्रममा पुर्ब अध्यक्षहरु लक्ष्मी प्रसाद सापकोटा, तिलक गैरे, रमेश गुरुङ्ग र रबिन क्षेत्री अधिकरिले पनि अब दीपा काफ्ले नेतृत्वको सघ नै आधिकारिक एनआरएनए भएकोले सघलाई जुन सुकै किसिमले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

गैर आवासीय नेपाली सघ पोर्चुगल का कार्यबाहक महासचिव दिपेस बिक्रम बिस्टले सन्चालन गर्नु भएको कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष सुजन लामाले स्वागत गर्नु भएको थियो भने स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष बिपिन अर्याल, नवलपुर समाज पोर्चुगलका अध्यक्ष प्रेम बुढापृथी , राष्ट्रिय तामाङ्ग धेदुङ्ग सघ पोर्चुगलका अध्यक्ष इमान तामाङ्ग लगाएतले सघले गर्ने हरेक रचनात्मक बिषयमा एक्यवद्धता रहने बताउदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...