Skip to main content

सरोकार पोस्ट

अमेरिकाले कुनैपनी हालतमा स्टेट अफ होर्मुज खोल्छ- ट्रम्प । चीन, जापान र बेलायतलाई युद्धपोत पठाउन अपील।

Advertisement

काठमाडौं । Donald Trump ले कुनै पनि हालतमा ‘स्ट्रेट अफ हर्मुज’ खुला गराइने बताउँदै विश्वका प्रमुख शक्तिशाली राष्ट्रहरूलाई समुद्री मार्ग सुरक्षित बनाउन युद्धपोत पठाउन अपील गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत यस्तो आग्रह गरेका हुन्। उनले चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई हर्मुज जलसन्धि सुरक्षित राख्न सक्रिय भूमिका खेल्न आग्रह गर्दै त्यहाँबाट तेल आयात गर्ने देशहरूले यसको सुरक्षामा जिम्मेवारी लिनुपर्ने बताएका छन्।

ट्रम्पले सोही सन्देशमा अमेरिकाले इरानको सैन्य शक्ति ठूलो मात्रामा कमजोर बनाइसकेको दाबी समेत गरेका छन्। तर इरान पक्षले भने युद्ध जारी राख्ने संकेत दिँदै हर्मुज मार्ग अवरुद्ध गर्ने चेतावनी दिइरहेको छ।

Strait of Hormuz विश्वकै महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो। विश्वव्यापी समुद्री तेल व्यापारको झन्डै २० प्रतिशत हिस्सा यही मार्गबाट हुने भएकाले यस क्षेत्रमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने आशंका गरिएको छ।

युद्ध सुरु भएयता हर्मुज आसपासका क्षेत्रमा जहाजहरूमा आक्रमण भइरहेका छन्, जसले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप चिन्ता बढाएको छ। यसअघि इरानका सर्वोच्च नेता Ali Khamenei ले नयाँ वक्तव्य जारी गर्दै हर्मुज जलसन्धि अवरुद्ध राख्ने संकेत दिएका थिए।

यसैबीच युद्ध सुरु भएको करिब १५ दिन पुग्दा मध्यपूर्व क्षेत्रमा मिसाइल, ड्रोन र रकेटका आक्रमणहरू तीव्र भइरहेका छन्। इजरायल, इरान र विभिन्न क्षेत्रीय समूहबीचको टकरावले मानवीय र आर्थिक संकट थप गहिरिँदै गएको छ।

यस्तै अमेरिकी सेनाले इरानको रणनीतिक खार्ग टापुमा आक्रमण गरेपछि विश्व ऊर्जा बजारमा पनि प्रभाव देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको बताइएको छ।

यसैबीच António Guterres ले दक्षिणी लेबनानका युद्धपीडितका लागि करिब ३० करोड डलर बराबरको आपत्कालीन सहायता कार्यक्रम घोषणा गर्दै युद्धरत पक्षहरूलाई तत्काल युद्धविराम गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...