प्यूठान – माध्यमिक शिक्षा परीक्षा (SEE) चैत ७ गतेदेखि सुरु हुँदैछ। परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको माध्यमिक परिक्षा बोर्डले जनाएको छ। प्यूठानमा ८५ विद्यालयका ४,९४० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दुर्गा खड्काका अनुसार ७८ सामुदायिक र ७ संस्थागत विद्यालयका विद्यार्थीले १७ परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन्। गत वर्षसम्म कक्षा १० सञ्चालन गर्ने ७३ सामुदायिक विद्यालयबाट विद्यार्थी सहभागी भए पनि यस वर्ष ५ विद्यालय थपिएर संख्या ७८ पुगेको छ। विद्यार्थीको विवरण: नियमित: ३,४६९ जना प्राविधिक: १९६ जना ग्रेड वृद्धि: १,२५६ जना प्राविधिक ग्रेड वृद्धि: १९ जना परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष,…
प्यूठान— प्यूठानका तीन क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीनवटै प्रमुख विद्यार्थी संगठनका उम्मेदवार विजयी भएका छन्। प्यूठान क्याम्पस, गौमुखी क्याम्पस, र अमर क्याम्पसमा क्रमशः नेविसंघ-अखिल छैठौं गठबन्धन र अनेरास्ववियुले सभापति पद जितेका हुन्। प्यूठान क्याम्पस खलंगा:- प्यूठान क्याम्पसमा नेविसंघ र अखिल छैठौं गठबन्धनका प्रमोद ओली स्ववियु सभापतिमा विजयी भएका छन्। उनले ४६ मत प्राप्त गर्दै अनेरास्ववियुका रुद्रमणी भुसाललाई १२ मतको अन्तरले पराजित गरे। भुसालले ३४ मत प्राप्त गरे। निर्वाचनमा ८० मत खस्दा प्रत्यक्ष तर्फ गठबन्धनकै उम्मेदवारहरू विजयी भएका छन्। सचिवमा अखिल छैठौंकी सावित्रा नेपालीले ४२ मत प्राप्त गरिन् भने कोषाध्यक्षमा नेविसंघकी खिमा कुमारी घर्ति मगर ३९ मतसहित विजयी…
प्यूठान । स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्यूठानमा स्ववियु निर्वाचन स्थगित गरिएपछि विभिन्न विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्। जिल्लाकै पुरानो र प्रमुख विद्यार्थी संगठनहरूको चासोको विषय रहेको उक्त क्याम्पसमा निर्वाचन समितिले "निर्वाचन गर्न उपयुक्त वातावरण नभएको" भन्दै क्याम्पस प्रशासनलाई जानकारी गराएपछि निर्वाचन चैत १४ गतेसम्मका लागि स्थगित गरिएको हो। तर, निर्वाचन अधिकृत यज्ञबीर पाण्डेले निर्वाचन स्थगित गर्नुको ठोस कारण खुलाउन अस्वीकार गरे। "के कारणले निर्वाचनको वातावरण नभएको हो?" भन्ने प्रश्नमा उनले भने, "त्यो तपाईंले बुझ्नुहुन्छ। उपयुक्त वातावरण भएन। यदि सहज भयो भने चैत १४ गते निर्वाचन हुन्छ।" स्ववियु निर्वाचनका लागि कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, मसाल निकट अखिल छैटौँ,…
प्यूठान – नेपाल विद्यार्थी संघ (नेविसंघ) प्यूठानले अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदमा उम्मेदवार दिएका रुद्रमणी भुषाल अपहरण गरेको आरोप लागेको छ। नेकपा एमालेका मल्लरानी गाउँ पालिका ईकाई अध्यक्ष नोमराज पौडेलले नेविसंघलाई स्वबियु सभापतिका उम्मेदवार भुषाललाई अपहरण गरि बन्धक बनाएको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएकोछ । तर, नेविसंघका प्यूठान अध्यक्ष कल्याण विक्रम केसीले यो आरोपलाई लज्जास्पद भन्दै खण्डन गरेका छन्। केसीका अनुसार, भुषाल आफ्नै इच्छाले घरमा बसिरहेका थिए, तर अनेरास्ववियुले हार स्विकार्न नसकी यस्तो आधारहीन आरोप लगाएको हो। उनले भने, "एमाले र अनेरास्ववियुले आफ्नो उम्मेदवार सम्पर्कमा आएन भनेर हामीलाई अपहरणको आरोप लगाउनु हास्यास्पद हो।" जिल्ला प्रहरी प्रमुख…
प्यूठान । प्यूठानका सामुदायिक बिद्यालयको गत बर्षको जतिजाले सबैलाई लज्जित बनायो । प्यूठानका शिक्षक अनेत्र जिल्लामा समेत पुगेर शिक्षण गर्दै आएको ऐतिहासिक धरातलले लाई समेत चुनौति थपियो । साक्षर जिल्ला प्यूठानका अधिकांस सामुदायिक बिद्यालय एस ई ई मा सुन्य भए । शिक्षामा हरेक पालिकाले गरेको करोडौंको लगानी खेर गयो । सबै स्थानिय तह चिन्तित भए र शैक्षिक गुणस्तर बृद्धिगर्न विभिन्न योजना बनाए । तर योजना कार्यान्वयनमा नौबहिनीले देखाएको अग्रसरताले नौबहिनीका सामुदायिक बिद्यालयको चित्र देखायो । शिक्षकहरु शैक्षिक योजना बिना कक्षामा जाने, शैक्षिक सामग्री निर्माण र प्रयोगमा ध्यान नदिने परिपाटीले शिक्षामा गुस्तर खस्किदै गएको र अभिभावकको बिश्वसनियता घट्दै गएको ओैल्याईएको छ…
प्यूठान । प्यूठान नगरपालिका वडा नं.५ देखि १० सम्मका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि कार्यसम्पापदन सम्झौता भएकोछ । आज एक कार्यक्रमका बीच प्युठान नगरपालिका नगर कार्यपालिकाको कार्यालय र नगर भित्रका वडा न. ५ देखि वडा न. १० सम्मका बिद्यालयका प्रध्यानध्यापक र बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष बीच शैक्षिक सत्र २०८१ का लागि कार्यसम्पादन सन्झौता भएको नगर उपप्रमुख देबेन्द्र बर्माको सचिवालयले उल्लेख गरेको हो । वडा नं ५ जुम्रीकाँडामा ६ वटा, ६ नं वडामा ४ वटा, ७ मा ३ वटा, ८ नं मा ६ वटा, ९ नं वडामा ६ र १० वडामा ३ बिद्यालय गरि जम्मा २८ वटा सामुदायिक बिद्यालय छन्…
प्यूठान । धार्मिक सहिष्णुता कायम गर्न स्वामी विकेकानन्द संस्कृति ज्ञान परीक्षा आज जनता मावि बाग्दुला प्यूठानमा सम्पन्न भएकोछ । बैद्यिक सनातन धर्म तथा हुन्दु सँग सम्बन्धित बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाको ज्ञानका लागि माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई परीक्षा लिईएको हिन्दु स्वम्सेवक संघ प्यूठानले जनाएकोछ । प्यूठान नगरपालिका अन्तरगतका सामुदायिक र संस्थागत मा वि हरुमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई ऐच्छिक रुपमा परिक्षामा सहभागी गराई ५० पुर्णांकको बस्तुगत प्रश्नमा परीक्षा गराईएको हो । परिक्षामा सामुदायिक र संस्थागत गरि नगपालिका भित्रका १५ वटा बिद्यालयका ३ सय ७७ जना बिद्यार्थीले भागलिएका थिए । परिक्षामा मुक्ति मा वि रातामाटाका प्रबिण नेपाली प्रथम र प्रभा पुनले दोस्रो…
प्यूठान । सामाजिक ज्ञानको सचेतना तथा बिद्यालयको शैक्षिक उपलब्धि सुधारका निम्ति आज जनता माद्यामिक बिद्यालय ऐरावती ६ बिजुलीमा सरोकारवाला सँग अन्तरक्रिया गरिएकोछ । अन्तरक्रियाले बिद्यालयमा भौतिक पुर्बाधारले मात्र शैक्षिक उपलब्धि नहुने भन्दै सामाजिक पुर्वाधार आवस्यक भएको निष्कर्ष निकालेको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा शुसाशनका लागि बिद्यालयमा सामाजिक पुर्बाधार विकास भन्ने मुख्य ऐजेण्डा सहित अन्तरक्रिया सम्पन्न गरिएको सामिजिक विकास डिभिजन कार्यालयले जनाएकोछ । कार्यक्रमको सहजिकरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिगर्न वडाका जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समिति, अभिभावक र बिद्यार्थी प्रयत्नशील भएमा लक्ष्य हाँसिल गर्न कुनै कठिनाई नहुने बताउनुभयो । उहाँले भन्नुभयो,` सिकाइ उपलब्धीमा…
प्यूठान । गाईलाई लक्ष्मी, देवी, गाई माताको रुपमा पुजा गरे पुण्य मिल्छ भन्ने मान्यता अनुसार आज यमपञ्चक अर्थात् तिहार अन्तर्गत गाई, गोरु, गोबर्द्धन पूजा गरी मनाईंदैछ । प्यूठान स्थित स्वर्गद्वारी आश्रम लगायत आश्रमका दाङ, कपिलवस्तु, काठमाण्डौँलगायका ठाउँहरुमा आज विशेष पुजा गरिने आश्रमले जनाएकोछ । आश्रममा रहेका गौशालामा सामूहिक गाई पूजा गरिएको स्वर्गद्वारी आश्रमका कार्यकारी अधिकृत हरि अधिकारीले बताए। उनका अनुसार आश्रम स्थापना भएदेखिनै गौशाला निर्माण गरि गाई पलिदै आएको छ । उनले भने, `स्थानीय जातका गाई संरक्षण गर्दै आएको छौँ । गाई पूजाको दिन श्रद्धा भक्तिपूर्वक भक्तजनहरू यहाँ आउनुहुन्छ। गाईको पूजा आराधना गर्नुहुन्छ।’ स्वर्गद्वारी आश्रम र आश्रम माताहतका अन्य गौशालाहरुमा…
प्यूठान । जिल्लाको सम्पुर्ण शक्तिको दवावका कारण ५ बर्ष अघिदेखि अलपत्र दम्ती बिद्युत सव-स्टेशन १२ दिनमै सञ्चालनमा आएकोछ । बिद्युत लाईनको कामको ठेक्का लिएको ठेकदारले काम नगरेपछि बिद्युत प्राधिकरणले ठेक्का तोडेर आफ्नै आन्तरिक जनशक्ति सहित ज्यालामा मज्दुर प्रयोग गरेर एकबर्ष लाग्ने काम दुई हप्ता नपुग्दै कामलाई साम्य पार्दै सव-स्टेसन सञ्चालनमा ल्याएको हो । बाह्र दिन अघि प्रमुख जिल्ला अधिकारीको रमा आचार्यको समन्वयमा भएको सर्बपक्षिय छलफलबाट तिहार अघि जसरी पनि सव-स्टेसन सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिईएको थियो । निर्देशनको सहि पालना गरेकोमा प्रमुख जिल्ला अधिकारी आचार्यले प्राधिकरणलाई धन्यवाद दिनुभयो । जिल्लाको सबै पक्षबिचको निश्कर्ष अनुसार दिएको निर्देशन १२ दिनमै सम्पन्न गरेकोमा…