प्यूठान । धार्मिक सहिष्णुता कायम गर्न स्वामी विकेकानन्द संस्कृति ज्ञान परीक्षा आज जनता मावि बाग्दुला प्यूठानमा सम्पन्न भएकोछ ।

बैद्यिक सनातन धर्म तथा हुन्दु सँग सम्बन्धित बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाको ज्ञानका लागि माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई परीक्षा लिईएको हिन्दु स्वम्सेवक संघ प्यूठानले जनाएकोछ । प्यूठान नगरपालिका अन्तरगतका सामुदायिक र संस्थागत मा वि हरुमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई ऐच्छिक रुपमा परिक्षामा सहभागी गराई ५० पुर्णांकको बस्तुगत प्रश्नमा परीक्षा गराईएको हो । परिक्षामा सामुदायिक र संस्थागत गरि नगपालिका भित्रका १५ वटा बिद्यालयका ३ सय ७७ जना बिद्यार्थीले भागलिएका थिए ।

परिक्षामा मुक्ति मा वि रातामाटाका प्रबिण नेपाली प्रथम र प्रभा पुनले दोस्रो स्थान हासिल गरे भने धर्मावती मा वि लम्छ्याङ की रमा घर्ती तेस्रो भईन् । प्रथम, द्वितीय र तृतियहुने तीनै जनाले ५० पुर्णांकमा ४८ अंक बराबर लिएपनि गोलाप्रथा गर्दा यस्तो नतिक्षा आएको हो । यस्तै १५ वटा बिद्यालय सहभागि भएकोमा १२ जनाले ४० अंक माथि लिएर सान्तोना स्थान हासिल गरेकाे हिन्दु स्वम्सेवक संघ प्यूठानका सह संयोजक गेहराज पण्डितले बताउनु भयो । सान्तोना हुनेमा मुक्ति मा वि रातामाटा, जनता मा वि जुम्रिकाडा बास्कोट, कालिका आवाशिय मावि बिजुवारका बिद्यार्थी छन् । परिक्षामा प्रथम हुनेले २० हजा, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र सान्तोना हुनेले १ हजार पुरस्कार प्राप्त गरेकाछन् । 
हिन्दु स्वम्सेवक संघ प्यूठानका संयोजक शालिकग्राम पण्डितको अध्यक्षतामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत प्यूठानका न्यायाधीश हिरण्ड्य प्रसाद भण्डारी रहनुभएको थियो । यस्तै हिन्दु स्वम्सेवक संघ पशुपति शिक्षा प्रचार संगठनका केन्द्रीय सचिब भुवन चन्द्र बशिष्ट अतिथि हुनुहुन्थ्यो ।




