Skip to main content

सरोकार पोस्ट

प्यूठानका तीन क्याम्पसमा स्ववियु निर्वाचन: तीन संगठनकै उम्मेदवार विजयी

Advertisement

प्यूठान— प्यूठानका तीन क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीनवटै प्रमुख विद्यार्थी संगठनका उम्मेदवार विजयी भएका छन्। प्यूठान क्याम्पस, गौमुखी क्याम्पस, र अमर क्याम्पसमा क्रमशः नेविसंघ-अखिल छैठौं गठबन्धन र अनेरास्ववियुले सभापति पद जितेका हुन्।

प्यूठान क्याम्पस खलंगा:-

प्यूठान क्याम्पसमा नेविसंघ र अखिल छैठौं गठबन्धनका प्रमोद ओली स्ववियु सभापतिमा विजयी भएका छन्। उनले ४६ मत प्राप्त गर्दै अनेरास्ववियुका रुद्रमणी भुसाललाई १२ मतको अन्तरले पराजित गरे। भुसालले ३४ मत प्राप्त गरे।
निर्वाचनमा ८० मत खस्दा प्रत्यक्ष तर्फ गठबन्धनकै उम्मेदवारहरू विजयी भएका छन्। सचिवमा अखिल छैठौंकी सावित्रा नेपालीले ४२ मत प्राप्त गरिन् भने कोषाध्यक्षमा नेविसंघकी खिमा कुमारी घर्ति मगर ३९ मतसहित विजयी भइन्।

गौमुखी क्याम्पस मच्छी:-

गौमुखी क्याम्पसमा पनि नेविसंघ-अखिल छैठौं गठबन्धनको प्यानल विजयी भएको छ। अखिल छैठौंका प्रविण जिसी १६४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भए, भने उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी स्नेहा केसीले ७३ मत मात्र पाइन्। सचिव पदमा नेविसंघका शंकर थापा १६४ मतसहित विजयी भए।
क्याम्पसमा जम्मा ३६५ मतदाता रहेकोमा २४१ मत खसेको थियो।

अमर क्याम्पस भिङ्ग्री:-

अमर क्याम्पसमा अनेरास्ववियुका जीवन रोका मगर सभापतिमा विजयी भए। उनले १२१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेविसंघका राजेश बुढाथोकीले ११८ मत पाए।
अमर क्याम्पसमा कुल ३०६ मतदाता रहेकामा २४५ मत खसेको थियो।

अन्य क्याम्पसको अवस्था :-

प्यूठानका पाँच क्याम्पसमध्ये झिमरुक क्याम्पस बाग्दुलामा विप्लव माओवादी निकट अखिल समाजवादी नेतृत्वमा सर्वसम्मत रूपमा चयन भएको छ।
जिल्लाकै पुरानो र विद्यार्थी संगठनहरूको आकर्षणको केन्द्र मानिने स्वर्गद्वारी बहुमुखी क्याम्पसमा भने विवादका कारण निर्वाचन स्थगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...