- जोगिन्द्र मल्ल
प्यूठान । पहिरोका कारण हप्तादिन देखि अवरुद्ध भएको आएको मच्छी-ठुलाबेसी सडकमा मर्मत गरेपछि सञ्चालनमा आएको छ ।

मच्छी-ठुलाबेसी सडकखण्ड अन्तर्गत गौमुखी र झिमरुक गाउँपालिकाको सिमानामा पर्ने हरियाखोलामा खसेको ठूलो पहिरोमा ग्याबिन जाली लगाई सडक मर्मत गरेसँगै अवरुद्ध सडक आइतबार बेलुकादेखि खुलेको गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनुभयो ।
अध्यक्ष गिरीका अनुसार सडक सहित झरेको पहिरोमा जाली लगाएपछि उक्त सडकमा साना सवारी साधन सञ्चालनमा आएको हो । तर ठुला यातायातका साधन भने आईतबार बेलुकाबाट सञ्चालनमा आएको बताउनुभयो । उहाले भन्नुभयो,` जाली लगाउने काम सकिएर मर्मत समेत भएकोले अवरुद्ध सडक खुलेको छ ।´
करिब २५ मिटर सडक खसेपछि एकहप्तादेखी उक्त सडकमा सवारी साधन आवतवावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।पालिकाको मर्मत संभार कोषबाट सडक मर्मत गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा यात्रुलाई समस्या भएको थियो। करिब २५ मिटर लम्बाईमा ५ मिटर उचाइको ग्याबिन जाली लगाएर सडक निर्माण गरिएको छ ।




