प्यूठान । आर्थिक वर्ष ०८०/०८१ को चालु खर्च ९०.९१ प्रतिशत र पुँजिगत खर्च ९६.११ प्रतिशत खर्च गर्दै नौबहिनी गाउँपालिकाको चालु आर्थिक वर्षको कारोबार बन्द भएको छ । गाउँपालिकाले बार्षिक बित्तिय प्रगति सार्बजनिक गर्दै मंगलबार देखि कारोबार बन्द भएको जनाएको छ ।
नौबहिनीमा चालु तर्फ ३६ करोड ९४ लाख ४७ हजार ७७४ बिनियोजन गरेकोमा ३५ करोड ५८ लाख ५२ हजार १३ रुपियाँ निकासा भएको थियो । जसमध्ये ३२ करोड ३५ लाख ७ हजार ९५९ रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै पुँजिगत तर्फ १७ करोड ४२ लाख ४२ हजार बिनियोजित बजेट मध्ये १५ करोड ७१ लाख ५८ हजार २ सय निकासा भएको थियो । जसमा १५ करोड १० लाख ५३ हजार २६६ रुपियाँ खर्च भएको पालिकाले जनाएको छ ।
यसैबिच माण्डवी गाउँपालिकाले पनि आफ्नो बित्तिय प्रगति सार्बजनिक गर्दै कारोबार बन्द भएको जनाएकोछ । माण्डवीले ८३.५४ प्रतिशत बित्तिय प्रगति देखाएकोछ ।
माण्डवी गा.पा.मा चालू तर्फ २४ करोड ५५ लाख १४ हजार ३४१.३१ रुपैया बजेट खर्चभएको र पुँजिगत तर्फ १० करोड ८१ लाख २५ हजार ६९६ रुपैया बजेट खर्चभएको माण्डवीले जनाएकोछ । माण्डवीले आ व २०८१/०८१ का लागि चालू र पुँजिगत गरि ४२ करोड २० लाख ७० हजार ४१४ रुपैया संशोधित बजेट बिनियोजन गरेको थियो ।
यसैबिच सरुमारानी गाउँपालिकाले पनि कुल आयको ९०.६२ प्रतिशत बित्तिय प्रगति सार्बजनिक गर्दै कारोबार बन्द भएको जनाएकोछ । सरुमारानीले आ व २०८०/०८१ का लागि चालु र पुँजिगत गरि ४४ करोड १५ लाख २८ हजार ३०७ बजेट प्रस्तुत गरेकोमा ३८ करोड ८१ लाख ५२ हजार ५५७.९८ रुपैया मात्र बजेट प्राप्त भएको सुचनामा उल्लेख गरेकोछ ।




