Skip to main content

सरोकार पोस्ट

रोचक

कविता:- `दशै आएन´

कविता:- `दशै आएन´

दशैं आएन ------- न बत्ति बलेकाे छ, न चुलाे जलेकाे छ चकमन्न त्याे गाउँमा खुशी ढलेकाे छ रमाइला चाडवाड के हुन्, थाहै पाएन त्याे पल्लाे गाउँमा कहिल्यै दशैं आएन । बर्षाैं कट्छ एकथान टालेका फरियाले दु:ख बिसाउने ठाउँ भेटेनन् ति भरियाले मिठाे मसिनाे त परै पेटभर खानै खाएन त्याे पल्लाे गाउँमा कहिल्यै दशैं आएन ।। न काटिन्छ खसी,न आउँछन् काेही पाहुना साहुकाे ऋण हरेक साल बढ्छ दुई गुना कति बर्षात् रूझेरै गए, चुहिने छाना छाएन त्याे पल्लाे गाउँमा कहिल्यै दशैं आएन ।।। न स्कुल देखेका छन्, न सीप सिकेका छन् छाक टार्न एकमाना दानामा बिकेका छन् विभेदकाे त्याे घाउमा कसैले…
Read More
प्यूठानमा एक आमाले जन्माईन तीन  शिशु 

प्यूठानमा एक आमाले जन्माईन तीन शिशु 

प्यूठान । प्यूठान अस्पतालमा एक महिलाले तीन छोरीको जन्म दिएकी छन् । अस्पताल प्रमुख डा. राजेन्द्र पौडेलका अनुसार गौमुखी गाउँपालिका ६ लिबाङ निवासी श्याम बहादुर परियारकी २६ बर्षिय श्रीमती सरीता परियारको कोखबाट तीम्ल्याहा छोरीको जन्म भएको हो । उहाँका अनुससार ३ वटै बच्चा र आमा सकुशल र  स्वस्थ रहेका छन। बिना अप्रेसन गौमुखी गा पा ६ स्थित लिबाङ स्वास्थ्य चौकिले जिल्ला अस्पताल रिफर गरी पठाएको थियो । तिन छोरी मध्य एक शिशु १.८ केजी, अर्को २ केजी र एउटा २.१ के जी तौल रहेको अस्पताले जनाएकोछ । तीन शिशु जन्माउन सरितालाई १३ मिनेट लागेको डा. पौडेलले बताउनुभयो ।
Read More
`जनैपूणिर्मा अर्थात रक्षा बन्धन´ को प्रचलन कसरी सुरु भयो ?

`जनैपूणिर्मा अर्थात रक्षा बन्धन´ को प्रचलन कसरी सुरु भयो ?

  स्वर्गद्वारी, प्यूठान । `जनै पूणिर्मा अर्थात रक्षा बन्धन´ नेपालका साथ-साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँने प्रचलन छ । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।  हिन्दु धर्मावलम्बीहरु सँ सम्बन्धित नेपालका प्रमुख धामहरुमा आज विशेष पुजाआरधना सहित जनै र राखी पुजागरी पुरोहित र नातेदारहरुबाट जनै र राखि बाध्ने गरिन्छ । काठमाडौंको पशुपति, प्यूठानको स्वर्गद्वारी आश्रम लगायतका धामहरुमा आज विशेष चहलपहल छ । भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको…
Read More
तुलसी मोठमा आज तुलसी रोपिदै

तुलसी मोठमा आज तुलसी रोपिदै

 प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा भनिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर…
Read More
बौद्धिक जमातलाई गिज्याउँदै टिकुरीका अशक्त `रबिलाल´

बौद्धिक जमातलाई गिज्याउँदै टिकुरीका अशक्त `रबिलाल´

प्यूठान । जिल्लाको राजनैतिक, सामाजिक हिसावले कहलिएको गाउँहो, प्यूठान नगरपालिका ७ टिकुरी । आर्थिक हिसावले पनि प्राय सम्पन्न परिवारहरु रहेको गाउँ । प्राय जसोको घरमा रोजगार गर्ने सदस्यछन्, कुनै पेन्सनरहरु । कुनै शुन्दर नगर निर्माणको बाग्डोर सम्हालेका जनप्रतिनिधिहरु । तर गाउँको समग्र विकासको मात्र होईन, जिल्लाकै विकासको चासो गर्ने यहाँका राजनीतिज्ञ देखि समावसेवी र बौद्धिक जमातलाई यो दृष्यले गिज्याई रहेकोछ । टिकुरी गाउँ सामाजिक विकास शुचाङ्कको हिसावले जिल्लाकै अग्रपंतीमा छ । तर यहाँका सबै नागरिक व्यक्तिगत कामकाजमा व्यस्थ हुन्छन् ।  टिकुरी गाउँमा सार्बजनिक संरचनाको रंरक्षण र सार्बजनिक सम्पदा खोज्ने दायित्व भने शारीरिक, मानसिक रुपले अशक्त भएकाहरुले सम्हाल्नु परेको यो दृष्यले…
Read More
बिद्युत लाईनमा भलिवल खेल्दै फोप्लीका युवा

बिद्युत लाईनमा भलिवल खेल्दै फोप्लीका युवा

प्यूठान । नेपाल बिद्युत प्राधिकरणको क्षेत्राधिकार भित्र पर्ने बिद्युत लाईन व्यव्स्थित नहुँदा उपभोक्ताले जोखिम मोलेर त्रासै त्रासमा बाँचिरहेकाछन् । करिब १ महिना अघि नौबहिनी गा पा ६ मसराका होत बहादुर दमाईले आफ्नै खेत जोत्दै गर्दा पोलबाट लागेको करेन्टका कारण आफ्नै आँखा अगाडि २७ बर्षिय छोराे सन्तोष गुमाए । हरेक बर्ष बिद्युत प्राधिकरणले बिस्तार गरेको अव्यवस्थित धरापका कारण मानिसहरुले ज्यान गुमाउँदै गएकाछन् । प्राधिकरणले लाईन बिस्तार गर्दा सम्बन्धित जग्गाधनीको सहमति नलिई जथाभावी पोल गाड्ने गर्दा उपभोक्तालाई त्रास बढेको नौबहिनी ६ मसराका होतबहादुर दमाईले बताए । उनले भने, म घरमा नभएको समयमा मेरो खेतको बिचमा पोल गाडिएछ, मलाई जानकारी भएन । पछि प्राधिकरणले…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More