सरोकार पोस्ट

कविता:- `दशै आएन´

Advertisement

दशैं आएन
——-
न बत्ति बलेकाे छ, न चुलाे जलेकाे छ
चकमन्न त्याे गाउँमा खुशी ढलेकाे छ
रमाइला चाडवाड के हुन्, थाहै पाएन
त्याे पल्लाे गाउँमा कहिल्यै दशैं आएन ।

बर्षाैं कट्छ एकथान टालेका फरियाले
दु:ख बिसाउने ठाउँ भेटेनन् ति भरियाले
मिठाे मसिनाे त परै पेटभर खानै खाएन
त्याे पल्लाे गाउँमा कहिल्यै दशैं आएन ।।

न काटिन्छ खसी,न आउँछन् काेही पाहुना
साहुकाे ऋण हरेक साल बढ्छ दुई गुना
कति बर्षात् रूझेरै गए, चुहिने छाना छाएन
त्याे पल्लाे गाउँमा कहिल्यै दशैं आएन ।।।

न स्कुल देखेका छन्, न सीप सिकेका छन्
छाक टार्न एकमाना दानामा बिकेका छन्
विभेदकाे त्याे घाउमा कसैले मलम लाएन
त्याे पल्लाे गाउँमा कहिल्यै दशैं आएन ।।।।

छेउकै अर्काे गाउँमा तिमी नाच्छाै खुशीले
हरेक पल माेजमस्तीमा बाँच्छाै बेहाेसीले
आफ्नो स्वार्थ बाहेक कसैले केही चाहेन
त्याे पल्लो गाउँमा कहिल्यै दशैं आएन ।।।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...