प्यूठान । नेपाल पत्रकार महासंघको निर्बाचन २०८१ अन्तरगत मंसिर २८ मा भएको निर्बाचनमा प्यूठान शाखा अध्यक्षमा श्रीराम भण्डारी निर्बिरोध निर्बाचित भएकाछन् । निर्बाचन प्रकृया अनुसार भण्डारी निर्बाचित भएको शाखाका मुख्य निर्बाचन अधिकृत खुमबहादुर थापाले बताए । उनका अनुसार जिल्ला शाखाका ७ पदाधिकारी सहित १६ सदसिय कार्यसमिति, संघका ३ र प्रदेशका ५ परिषद सदस्य मध्य जिल्ला कोषाध्यक्ष बाहेक सबै पदमा सर्बसम्मत भएको हो । कोषाध्यक्ष पदमा भने तुफान अधिकारीले खसेको ६४ मत मध्य ३८ मत लिएर मतदान प्रकृयाबाट निर्बाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राजेस जि सीले २६ मत प्राप्त गरेकाे निर्बाचन समितिले जनाएकोछ । कार्यसमिति उपाध्यक्षमा एल बि थापा, समावेसी…
काठमाडौं । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएर चुनाव लड्ने भएका छन् । दुई संगठनले आइतबार एक कार्यक्रम गरी उम्मेदवारी घोषणा गरेका छन् । कार्यक्रममा अध्यक्षमा दुई संगठनको साझा उम्मेदवारको रूपमा निर्मला शर्माको नाम घोषणा गरिएको छ । सञ्चारीका समूहकी अध्यक्ष भइसक्नु भएकी आचार्य प्रेस चौतारी आबद्ध हुनुहुन्छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष दीपक आचार्य साझा उम्मेदवार बन्नुभएको छ । महिला उपाध्यक्षमा नितु पण्डित दुईवटा संगठनको साझा उम्मेदवार बन्नुभएको छ भने समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द साझा उम्मेदवार बन्नुभएको छ । यसै गरी महासचिवमा रामप्रसाद दाहाललाई साझा उम्मेदवार बनाइएको छ…
प्यूठान । उद्यमशील संस्कृति,राष्ट्रको समृद्धि भन्ने मुख्य रणनीतिलाई अवलम्बन गर्दै उत्पादित वस्तुको गुणस्तर कायम उद्योगी व्यवसायी हरुलाई खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयले निर्देशन गरेकोछ । खाद्य स्वच्छता सम्बन्धि बिषयमा शुक्रबार भएको छलफलमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय तुल्सिपुरका खाद्य निरिक्षक अधिकारी शुदर्शन गोसाईले व्यवसायीहरुलाई यस्तो निर्देशन गरेकाहुन् । उत्पादित वस्तुको गुणस्तर र लेभलिङ्ग सम्बन्धि अभिमुखिकरण कार्यक्रममा खाद्य पदार्थमा भौतिक, रसायनिक र जैविक (हजार्ड) पदार्थको बढि प्रकोप रहेको भन्दै खाद्य पदार्थमा शुद्धता कायम गर्न निर्देशन गरिएको हो ।मासुजन्य पदार्थमा भेटनरी ड्रगको प्रकोप ५० प्रतिशत भन्दा धेरै देखिएको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले कार्यक्रमको आयोजना गरेको…
प्यूठान । महिला स्वास्थ्य स्वमंसेविकालाई सम्मान गरौँ भन्ने अभिप्राय सहित आज प्यूठानका ९ वटै स्थानिय तहले दिवस मनाएकाछन् । राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस - २०८१ को अबसरमा जिल्लाका ९ वटै स्थानिय तहले कार्यक्रम गर्दै महिला स्वास्थ्य स्वयंसेविका सहित आपसमा शुभकामना आदान प्रदान गर्दै दिवस मनाएकाहुन् । स्वास्थ्य स्वयंसेविकालाइ उहाहरुको लगाब, मेहनत र श्रम अनुसार सेवासुबिधा राज्यले प्रदान गर्न नसके पनि स्थानिय तहहरुले केही प्रोत्साहन गर्दै आएकाछन् । तर महिला स्वास्थ्य स्वमंसेविकाहरु भने सन्तुष्ट छैनन् । स्वास्थ्य क्षेत्र लगायत गाउघरमा महिला स्वास्थ्य स्वम्सेविकाहरुले महिला, बालबालिकाको स्वास्थ्य परामर्श र परिवार नियोजनका बिषयमा समेत आ आफ्नो क्षेत्रमा परामर्श गर्दै आएकाछन् ।…
प्यूठान । गौमुखी गाउँपालिकाले मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुको लागि लक्षित गरेर सञ्चालन गरेको शिविरमा एकै दिन ९८ जनाले सेवा लिएकाछन् । गाउँपालिकाले विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर गाउँपालिका–४, स्थित पुजा स्वास्थ्य चौकी लिवासेमा आयोजना गरेको हो । चालू आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रम अन्तर्गत संञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताए । उनका अनुसार उपचार गराउन शिविरमा आएका बिरामीलाई चिकित्सकको सल्लाह अनुसारको औषधी समेत निःशुल्क उपलब्ध गराइएको छ । चालु अर्थिक वर्षमा विनियोजित बजेटबाट ३ वटा निःशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा लिवासेमा यो शिबिर संञ्चालन गरिएको गाउँपालिकाले जनाएकोछ । शिविरमा मानसिक…
प्यूठान । हिमालयन लाइफ इन्स्योरेन्स प्युठान शाखाले ३१ लाख ३६ हजार ३२ रुपैया बराबरको मृत्यु दाबी भुक्तानी दिएको छ । स्वर्गद्वारी नगरपालिका वार्ड नं ९ बस्ने गणेश खत्रीको श्रीमती बालिका खत्री र नौबहिनी गाउपालिका -६ निवासी भक्त बहादुर के सीको श्रमती नमी के सीलाई एक कार्यक्रमका बिच चेक रकम हस्तान्तरण गरिएको हो । गणेश खत्रीको आकस्मिक निधन भएकोले उनको श्रमती बालिकाले नगद रु २७ लाख २ हजार ५ सय र नौबहिनी गाउपालीका ६ निवासी नमी के.सीको श्रीमान उपचारको क्रममा निधन भएकाले उनिहरुलाई नगद रु ४ लाखा ३३ हजार ५ सय ३२ रुपैया बराबर को भुक्तानी दिईएको कम्पनीका प्यूठान शाखा प्रमुख…
१७ मंसिर पर्चुगल । गैर आवासीय नेपाली सघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष दीपा काफ्लेले सघलाई आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने बताउनु भएको छ । राजधानी लिस्बोनको एन्जसमा आयोजित घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले पोर्चुगल आउने आम सर्वसाधारणहरुको हरेक दुख भोगाई सङ्ग नजिकबाट परिचित रहेको बताउदै आगामी दिनमा कुनै प्रकारको गुनासोमा पनि सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सघका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमालले समाजमा चर्पस्ट हुने गरि बदनामी र बेइज्जत सुन्न पनि अप्ठ्यारो भएको ले सस्थामा हस्तक्षेपनै गर्नु परेको बताउनु भयो । बिगतमा गरिएको सहमती कार्यान्वयन गर्नै आनाकानी गरे पछि अहिलेको…
प्यूठान । पौष ५ गतेदेखि १७ गते सम्म प्रथम भित्रिकोट प्यूठान महोत्सब सञ्चालन हुने भएको छ । प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको मुख्य आयोजनामा प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकैको बगरमा महोत्सव हुने आयोजकले जनाएकोछ । उक्त बगरमा प्रदर्शनी स्थल निर्माणको प्रस्ताव गरपएको छ । सोही स्थान छनौट गरी महोत्सव सञ्चालन गर्न लागेको उद्योग बाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलीखानले बताउनुभयो । महोत्सबमा कृषि उपज तथा स्थानीय उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराउने र प्यूठानमा दर्ता भई सञ्चालनमा रहेका व्यवसायीलाई प्यूठान उद्योग वाणिज्य संघको सिफारिसमा ५० प्रतिशत कम शुल्कमा स्टल उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो…
प्यूठान । प्यूठानको बाग्दुला देखि बाग्लुङको भिमगिठे सम्मको करिव ७२ किलोमिटर सडक निर्माण गर्ने चर्चा सुरु भएको एक दशक भन्दा बढि भएको छ । तर अवको दुई दशकमा पनि निर्माण सम्पन्न हुन्छ कि हुदैन भन्ने बिषयमा प्यूठानबासीलाई संका लागेकोछ । भारतिय सहयोगमा चार बर्ष अघि ठेक्का लागेर निर्माण कार्य सुरुगर्ने भनिएको उक्त सडक ठेगदार कम्पनि कालो सुचिमा रहेको पत्तो भएपछि त्यस्को ठेक्का रद्द गर्नै करिव ४ बर्ष बित्यो भने ठेक्का लागिहाले सडक निर्माण कति बर्ष लाग्ला ? यो सोचनिय बिषय हो । बल्ल तल्ल ठेक्का रद्द भएपनि पुन ठेक्का लाग्ने बिषय करिव १ बर्षदेखि अन्यौल छ । सडक निर्माणमा लाग्ने…