प्यूठान । नेपाल पत्रकार महासंघको निर्बाचन २०८१ अन्तरगत मंसिर २८ मा भएको निर्बाचनमा प्यूठान शाखा अध्यक्षमा श्रीराम भण्डारी निर्बिरोध निर्बाचित भएकाछन् ।

निर्बाचन प्रकृया अनुसार भण्डारी निर्बाचित भएको शाखाका मुख्य निर्बाचन अधिकृत खुमबहादुर थापाले बताए । उनका अनुसार जिल्ला शाखाका ७ पदाधिकारी सहित १६ सदसिय कार्यसमिति, संघका ३ र प्रदेशका ५ परिषद सदस्य मध्य जिल्ला कोषाध्यक्ष बाहेक सबै पदमा सर्बसम्मत भएको हो । कोषाध्यक्ष पदमा भने तुफान अधिकारीले खसेको ६४ मत मध्य ३८ मत लिएर मतदान प्रकृयाबाट निर्बाचित भएका छन् । उनका प्रतिद्वन्द्वी राजेस जि सीले २६ मत प्राप्त गरेकाे निर्बाचन समितिले जनाएकोछ ।
कार्यसमिति उपाध्यक्षमा एल बि थापा, समावेसी उपाध्यक्षमा नरमदा भट्ट,सचिबमा बासुदेव गिरी, सहसचिब खुल्लामा शसिधर भण्डारी, समावेसी सहसचिवमा बोमबहादुर परियार सर्बसम्मत चयन भएकाछन् । जिल्लामा प्रदेश र केन्द्रको मतपरिणाम सार्बजनिक भएपनि प्रदेशभर र देशभरको परिणाम सार्बजनिक हुने क्रममा छ ।



