Skip to main content

सरोकार पोस्ट

अवको दुई दशकमा बन्ला त बाग्दुला-भिमगिठे सडक?

Advertisement

प्यूठान । प्यूठानको बाग्दुला देखि बाग्लुङको भिमगिठे सम्मको करिव ७२ किलोमिटर सडक निर्माण गर्ने चर्चा सुरु भएको एक दशक भन्दा बढि भएको छ । तर अवको दुई दशकमा पनि निर्माण सम्पन्न हुन्छ कि हुदैन भन्ने बिषयमा प्यूठानबासीलाई संका लागेकोछ ।

भारतिय सहयोगमा चार बर्ष अघि ठेक्का लागेर निर्माण कार्य सुरुगर्ने भनिएको उक्त सडक ठेगदार कम्पनि कालो सुचिमा रहेको पत्तो भएपछि त्यस्को ठेक्का रद्द गर्नै करिव ४ बर्ष बित्यो भने ठेक्का लागिहाले सडक निर्माण कति बर्ष लाग्ला ? यो सोचनिय बिषय हो । बल्ल तल्ल ठेक्का रद्द भएपनि पुन ठेक्का लाग्ने बिषय करिव १ बर्षदेखि अन्यौल छ । सडक निर्माणमा लाग्ने निर्माण सामग्री ७५ प्रतिशत भारतकै प्रयोग गर्ने भारतिय पक्षले भनेपछि नेपाल पक्षले नमान्दा हाल सम्म सडक ठेक्का खोल्ने बिषय अल्झेर बसेकोछ प्रतिनिधिसभा सदस्य सूर्य थापाले बताउनु भयो ।
आईतबार बिजुवारमा प्रेस चौतारी नेपाल प्यूठानले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाले भन्नू भयो,` बाग्दुला-भिमगिठे सडक अलपत्र पर्नुको मुख्य कारण ७५ प्रतिशत निर्माण सामग्री भारतकै प्रयोग गर्ने भनिएको र त्यस सर्तमा नेपाल पक्षले नमान्दा अहिले सम्म नयाँ ठेक्का लाग्न सक्या छैन ।´ उहाले उक्त सडकको ठेक्का नलागे त्यसको विकल्पमा जानुपर्ने बताउनुभएको छ ।

“१२ वर्षदेखि अन्यौलमा रहेको आयोजनाको काम अघि बढाउनका लागि भारतबाट कुनै पनि प्रतिक्रिया नआएको भन्दै उक्त क्षेत्रमा बैकल्पिक योजनाहरुको विषयमा सोच्नुपर्छ ।´´ थापाको भनाई छ ।
सांसद थापाले दुई देशीय सहमतिमा हरेक स्टेपहरु अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाले नयाँ ठेक्का लगाउन सवै प्रक्रिया पुरा भए पनि १० महिनासम्म भारतको तर्फबाट कुनै प्रतिकृया नआएको बताउनु भयो । `तत्काल ठेक्का नलगे सम्झौता रद्द गरेर नेपाल आफैले सडक बनाउनु पर्छ ।´ उहाको भनाईछ ।

उक्त सडकले प्यूठानीलाई १२ वर्ष पछाडी धकेलेको थापाको भनाई छ । उहाले उक्त सडकको काम अघि नबढेको भए हालसम्म पालिका पहुँचमार्ग अन्तरगत बाग्दुला–मच्छी र मच्छी–ठूलावेशी सडक कालोपत्रे भइसक्ने बताउनु भयो । उहाँले भन्नुभयो,“कि बाटो बनाउनुपर्यो र कि बाटो छाड्नुपर्यो भनेर अर्थमन्त्री सहितको छलफलमा भनेको छु ।”

उहाँले अलपत्र अवस्थामा रहेका जिल्लाका सडक, पुल, पूर्वाधार, खानेपानी र बिद्युतिय आयोजनाहरुलाई सम्पन्न हुने गरि काम अघि बढाउन सरोकारवाला सँग समन्वय र पहल गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Cupidono Casino Norway i 2026: Utnytt velkomstbonusen og spill smart

Velkommen til verden av nettcasinoer! I 2026 er Cupidono Casino en fremtredende aktør for norske spillere, og tilbyr et impone...

Freispiele im Cupidono Casino: Die besten Angebote für 2026

Willkommen im Cupidono Casino, einem aufregenden Ziel für Glücksspiel-Enthusiasten in Österreich! Dieses Casino bietet eine Vi...

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...