प्यूठान । हिमालयन लाइफ इन्स्योरेन्स प्युठान शाखाले ३१ लाख ३६ हजार ३२ रुपैया बराबरको मृत्यु दाबी भुक्तानी दिएको छ ।
स्वर्गद्वारी नगरपालिका वार्ड नं ९ बस्ने गणेश खत्रीको श्रीमती बालिका खत्री र नौबहिनी गाउपालिका -६ निवासी भक्त बहादुर के सीको श्रमती नमी के सीलाई एक कार्यक्रमका बिच चेक रकम हस्तान्तरण गरिएको हो ।
गणेश खत्रीको आकस्मिक निधन भएकोले उनको श्रमती बालिकाले नगद रु २७ लाख २ हजार ५ सय र नौबहिनी गाउपालीका ६ निवासी नमी के.सीको श्रीमान उपचारको क्रममा निधन भएकाले उनिहरुलाई नगद रु ४ लाखा ३३ हजार ५ सय ३२ रुपैया बराबर को भुक्तानी दिईएको कम्पनीका प्यूठान शाखा प्रमुख रुकमान रोकाक्षेत्रीले जाजकारी दिनुभयो ।

मंगलबार हिमालयन लाइफ इन्स्योरेन्स प्रदेश उय प्रमुख मोहनलाल कुवरले उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको हो । बाग्दुलामा आयोजित एक कार्यक्रममा सोही कम्पनी को MDRT रिकेश राउत र एजेन्सी म्यानेजर सीता के.सी. को समेत उपस्थिति थियो ।




