प्यूठान । महिला स्वास्थ्य स्वमंसेविकालाई सम्मान गरौँ भन्ने अभिप्राय सहित आज प्यूठानका ९ वटै स्थानिय तहले दिवस मनाएकाछन् ।

राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवस – २०८१ को अबसरमा जिल्लाका ९ वटै स्थानिय तहले कार्यक्रम गर्दै महिला स्वास्थ्य स्वयंसेविका सहित आपसमा शुभकामना आदान प्रदान गर्दै दिवस मनाएकाहुन् ।
स्वास्थ्य स्वयंसेविकालाइ उहाहरुको लगाब, मेहनत र श्रम अनुसार सेवासुबिधा राज्यले प्रदान गर्न नसके पनि स्थानिय तहहरुले केही प्रोत्साहन गर्दै आएकाछन् । 
तर महिला स्वास्थ्य स्वमंसेविकाहरु भने सन्तुष्ट छैनन् । स्वास्थ्य क्षेत्र लगायत गाउघरमा महिला स्वास्थ्य स्वम्सेविकाहरुले महिला, बालबालिकाको स्वास्थ्य परामर्श र परिवार नियोजनका बिषयमा समेत आ आफ्नो क्षेत्रमा परामर्श गर्दै आएकाछन् । प्यूठान नगरपालिका, झिकरुक गाउँपालिका, नौबहिनी गाउँपालिका लगायतका पालिकाहरुले उत्कृष्ट स्वमंसेविकाहरुलाई सम्मान समेत गरेकाछन् ।




