प्यूठान । बि.स.१९८४ साल साउन ८ गते उत्तरी प्यूठानको खुङ्गमा जन्मनुभएका एक ९९ बर्षिय जेष्ठ नागरिकले गाउँको एक बिद्यालयमा अक्षकोष स्थापना गरेकाछन् । गौमुखी गाउपालिका-५ खुङ्ग निवासी ९९ बर्षिय ऐमानसिंह भण्डारीले आफू ९९ बर्ष प्रवेश गरेको अवसरमा गाउँकै जनसहयोगी माध्यमिक विद्यालयमा एक लाख ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको बिद्यालयले जनाएकोछ । कोषबाट प्राप्तहुने ब्याजले १/१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने र एक जना उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने ऐमानसिहको नातिनी सर्मिला भण्डारीले बताउनुभएको हो । अक्षयकोषको रकम क्रमश थप गर्दै लैजाने कोषका संरक्षक नातिनी लक्ष्मी भण्डारीले बताउनुभयो । प्रत्येक वर्ष प्रदान गरिने सम्मान र पुरस्कारले हजुरबुबा प्रती सम्मान…
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४३ औं स्मृति दिवस आज प्यूठाज सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्यूठानमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति र नेपाल प्रजातान्त्र सेनानी संघ प्यूठानको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम र बिपीको संझनामा मौनधारण गरि दिवस मनाईएकोछ । नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णुकुमार गिरी, पुर्ब पाटी सभापतिहरु सुवास केसी, अमर प्रसाद भण्डारी, जिल्ला पाटीका अन्य पदाधिकारी तथा सदस्यहरु, नेपाल प्रजातान्त्र सेनानी संघका अध्यक्ष कमल पोख्रेल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष भेषराज रिजाल, नेपाल पेस युनियनका अध्यक्ष मधुसुदन भण्डारी लगायत कांग्रेसका विभिन्न भातृ तथा सुवेच्छुक संघका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा प्यूठानको टिकुरी स्थित प्रस्तावित गणेशमान सिंह…
काठमाडौं, साउन ४ । नेपाल प्रेस युनियनले १० औं महाधिवेशन आगामी जेठमा गर्ने गरी आफ्नो कार्यकाल थप गरेको छ । नेपाल प्रेस युनियन अध्यक्ष शिव लम्सालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । नेपाल प्रेस युनियनको विधानअनुसार विधान सभालगायतका केही महत्वपूर्ण कार्य गर्न बाँकी रहेकाले विधानको व्यवस्थाअनुसार विशेष परिस्थितिलाई ध्यानमा दिँदै वर्तमान केन्द्रीय कार्य समितिको समयावधी थप गर्ने निर्णय गरेको जनाएको छ । प्रेस युनियनको विधानमा तीन वर्ष कार्यकाल र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था छ । नेपाल प्रेस युनियनको विधान समयानुकुल संंशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने निर्णय गरेको प्रेस…
प्यूठान, असार ३१ । तीन वर्ष अगाडि रोजगारीको खोजीमा इराक गएका लिला बहादुर बरालले कल्पना पनि गरेका थिएनन् कि फर्किँदा उनका जिन्दगीको सबैभन्दा नजिकको मान्छे नै टाढा भइसकेकी हुनेछ — र त्यो टाढोपन त्यति सामान्य मात्रामा सिमित हुनेछैन। त्यो टाढोपन अन्ततः रगतले रङ्गिएको अपराधमा परिणत भयो। सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक डरलाग्दो घटना सार्वजनिक भएको छ, जहाँ पूर्व-पति ३० वर्षीय लिला बहादुर बरालले २८ वर्षीया श्रीमती रुकमनी बरालको घाँटी चक्कु प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार, घटना असार ३१ गते बिहान १०:१० बजे दिपक परियार नामक पुरुषको आफन्तको घरमा भएको हो। विदेशको पसिना–माटोमा मिल्यो रक्तरञ्जित टुक्रा लिला…
– अब हामी सेतो होइन, सम्मानको रातो रङ प्यूठान । “श्रीमान गुमाएर मात्रै जिन्दगी सकिँदैन, अब हामी चुप बस्दैनौँ,” यो आवाज हो प्यूठानकी ती ६० वर्षीय (नाम नबताउने) महिलाको, जसले आफ्नो जिन्दगीको झन्डै आधा हिस्सा समाजको अपहेलनाबीच बिताइन्। अब, उनी मात्र होइन, प्यूठानबाट १ सय ५० जना एकल महिलाहरूले मिलेर ‘रातो अबिर अभियान’ सुरु गरेका छन् । एकल महिलाहरु सेतो कपडाबाट रातो अबिरतिर अभियानै चलाउन थालेकाछन् । प्यूठानको जुम्रीमा सामाजिक विकास डिभिजन कार्यालयले आयोजना गरेको दुईदिने क्षमता विकास तालिममा सहभागी एकल महिलाहरूले भने,“रातो रङ श्रीमानको होइन, प्रकृतिको उपहार हो। यो रङ छुन नपाउने भन्ने सोच अब तोड्नुपर्छ।” सेतो पोशाक लगाउँदा…
काठमाडौँ । असार १६ देखि चलिरहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार टुंग्याउने तयारी गरिएको छ । आइतबार टुंग्याउने तयारी भए पनि वक्ताहरु बोल्ने क्रम नसकिएपछि बैठक सोमबारसम्म लम्बिएको हो । बैठकमा विभिन्न १३ एजेन्डामा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । अहिलेसम्म १३३ जनाले आफ्नो भनाइ राखिसकेका छन् । आइतबारको बैठकमा २९ जनाले आफ्नो भनाइ राखेका छन् । सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार र कोषाध्यक्ष उमेश श्रेष्ठले सम्बोधन गरे । त्यस्तै केन्द्रीय सदस्यहरू—गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, प्रवक्ता डा। प्रकाशशरण…
प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्यूठानको विकासका निमित्त सबै सांसद र दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएकाछन् । प्यूठानको जुम्रीमा नेपाल पत्रकार महासंघले मन्त्री थापा सँग आयोजना गरेको पत्रकार भेटघाटको क्रममा जिल्लाका योजना सिफारिस गर्ने, बजेट ल्याउने सवालमा सबै प्रदेश सांसदहरु र संघिय संसदले समेत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेको बताउँदै पाप्त उपलब्धिलाई सहज र पुर्ण रुपमा कार्यान्वयन गर्न फेरि पनि सबै पक्ष एकताबद्ध हुन आग्रह गरे । उनले भने," प्रत्यक्ष रुपमा प्यूठानको बजेट लुम्बिनी प्रदेशबाट करिब डेड अर्ब देखिएपनि डिभिजन कार्यालयहरु, पर्यटन डिभिजन, शहरी विकास,जलश्रोत लगायतका कार्यालयले हेर्ने योजनाहरु समेत गर्दा करिबढाई अर्ब बजेट भित्राउन…
प्यूठान । नौबहिनी गाउँपालिकामा बाल विवाह विरुद्धको रणनीति तर्जुमा कार्यशाला सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजना तथा सार्प रिसर्च सेन्टर प्रा. लि. काठमाडौको प्राविधिक सहयोगमा एक दिवसीय बाल विवाह विरुद्धको रणनीति तर्जुमा कार्यशाला कार्यक्रम सम्पन्न भएको हो । बाल विवाहलाई शुन्यमा पुर्याउन गाउँपालिकाले १० वर्षे रणनीति तयार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले जनस्तरमा अझै चेतनाको अभावले बाल विवाह हुने गरेको बताउदै अबको १० वर्षमा शुन्यमा पुर्याउन धार्मिक, सांस्कृतिक एवं विविध पक्षका कार्यक्रम विद्यालय तथा समुदाय स्तरमा कार्यक्रम भैसके पनि जनस्तरमा दिगो संकल्पका…
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता सम्बन्धी प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा क्रियाशील सदस्य संख्या ८ लाख ७० हजार ७८० रहेको र तीमध्ये १४ औँ महाधिवेशनमा ४ लाख २३ हजार ४३४ नवीकरण भएको, ४ लाख ४७ हजार ३४६ नयाँ सदस्यता लिएको र नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५९२ रहेको उल्लेख छ । क्रियाशील सदस्यता नवीकरणको फारम २०७९ चैत २२ गतेदेखि नै जिल्लामा पठाउन शुरू गरिएको र अहिलेसम्म ८ लाख ७० हजार ८८४ सदस्यता नवीकरण फारम पठाइसकिएकोसमेत उल्लेख छ । प्रतिवेदनमा महामन्त्री थापाले जिल्लाबाट विवरण आउने क्रम जारी रहेको बताएका छन् । असार…
काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत 'सहीछाप 'सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन। पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन। लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय र पेशाले अधिबक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन् । यसअघि मुक्ता पान्डेद्वारा…