Skip to main content

सरोकार पोस्ट

प्यूठानमा १ सय ५० एकल महिलाले सुरु गरे रातो अबिर अभियान

Advertisement


– अब हामी सेतो होइन, सम्मानको रातो रङ
प्यूठान । “श्रीमान गुमाएर मात्रै जिन्दगी सकिँदैन, अब हामी चुप बस्दैनौँ,” यो आवाज हो प्यूठानकी ती ६० वर्षीय (नाम नबताउने) महिलाको, जसले आफ्नो जिन्दगीको झन्डै आधा हिस्सा समाजको अपहेलनाबीच बिताइन्।
अब, उनी मात्र होइन, प्यूठानबाट १ सय ५० जना एकल महिलाहरूले मिलेर ‘रातो अबिर अभियान’ सुरु गरेका छन् । एकल महिलाहरु सेतो कपडाबाट रातो अबिरतिर अभियानै चलाउन थालेकाछन् ।
प्यूठानको जुम्रीमा सामाजिक विकास डिभिजन कार्यालयले आयोजना गरेको दुईदिने क्षमता विकास तालिममा सहभागी एकल महिलाहरूले भने,“रातो रङ श्रीमानको होइन, प्रकृतिको उपहार हो। यो रङ छुन नपाउने भन्ने सोच अब तोड्नुपर्छ।”
सेतो पोशाक लगाउँदा समाजले विधवा भनेर हेप्ने, सवारी चढ्दा ‘साइत बिग्रन्छ’ भनेर नचढाउने, गफमा बोल्न दिँदैन — यस्ता व्यवहारका विरुद्ध एकजुट भएका हुन् यी महिलाहरू।

दुखका आँखामा आँसु र शक्ति दुबै थियो…

नौबहिनी गाउँपालिकाकी एक सहभागी महिलाले आँखा रसाउँदै भनिन्,“श्रीमान बैदेशिक रोजगारमा गएका थिए, तर फर्केनन्। समाजमा दुःख मात्र होइन, तिरस्कार पनि पाइयो। म मात्रै हैन रहेछु, यस्तै धेरै महिला रहेछन्।”
कार्यक्रममा सहभागी अधिकांश महिलाहरूको उमेर २१ देखि ६० वर्षसम्मको थियो। कसैले श्रीमान २१ वर्षकै उमेरमा गुमाएकी थिइन्, कसैको तीन सन्तान छन् — तर समाजसँग लडिरहेकी छन्।
सांसद निमा गिरी : “हामीले चासो नदिएका थियौँ”

समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीले भनिन्,“हामी नेताहरू सधैं मध्यम वर्गसँग सीमित भयौँ। तर यी एकल महिलाहरू त गुमनाम नायिका रहेछन्। त्यसैले म आफैंले यो कार्यक्रमका लागि बजेट सुनिश्चित गराएँ।”

उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले गर्नुभएको थियो। उहाँले यो अभियान प्यूठानका सबै ६४ वडामात्र होइन, सिङ्गो लुम्बिनी प्रदेशभर फैलाउने प्रतिवद्धता जनाएकाछन् । उनले दलिय गठबन्धनका कारण स्थानिय तहमा महिलाहरुको अधिकार कुण्ठित गरि उमेदवार बनाउने काम भैरहेको बताए ।

यसैबिच सेवा-सुविधामा एकल महिलाको पहिचान खोजी पनि भएको छ । कार्यक्रममा एक फरक आवाज पनि सुनिएको थियो ।“विवाह नगरी बसेका तर समाजबाट टाढा पारिएका महिलाहरू पनि एकल हुन्। तिनीहरूलाई पनि सेवा–सुविधा चाहिन्छ।”

सामाजिक विकास डिभिजन कार्यालयका सूचना अधिकारी पारस भण्डारीका अनुसार,“रातो अबिर अभियान महिलाहरूको आत्मसम्मान, स्वतन्त्रता र सामाजिक पुनर्स्थापनाको प्रतीक बन्नेछ।” अब यी महिलाहरू रुँदैनन्, टाउको झुकाउँदैनन्। उनीहरूले अब ‘दया’ होइन, ‘अधिकार’ खोजेका छन्। र त्यसको सुरुवात रातो अबिरको टिका लगाएर गरेका छन्। साथै कार्यक्रमबाट नया नारा समेत चयन गरिएको छ । जुन नारा :”रातो अबिर, आत्मसम्मानको सन्देश!” “एकल जीवन, तर असल निर्णय!” रहेकोछ ।

।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...