सरोकार पोस्ट

९९ बर्षिय एमानसिंहले बिद्यालयमा स्थापना गरे डेडलाखको अक्षकोष

Advertisement

प्यूठान । बि.स.१९८४ साल साउन ८ गते उत्तरी प्यूठानको खुङ्गमा जन्मनुभएका एक ९९ बर्षिय जेष्ठ नागरिकले गाउँको एक बिद्यालयमा अक्षकोष स्थापना गरेकाछन् ।

गौमुखी गाउपालिका-५ खुङ्ग निवासी ९९ बर्षिय ऐमानसिंह भण्डारीले आफू ९९ बर्ष प्रवेश गरेको अवसरमा गाउँकै जनसहयोगी माध्यमिक विद्यालयमा एक लाख ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको बिद्यालयले जनाएकोछ । कोषबाट प्राप्तहुने ब्याजले १/१ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने र एक जना उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने ऐमानसिहको नातिनी सर्मिला भण्डारीले बताउनुभएको हो ।

अक्षयकोषको रकम क्रमश थप गर्दै लैजाने कोषका संरक्षक नातिनी लक्ष्मी भण्डारीले बताउनुभयो । प्रत्येक वर्ष प्रदान गरिने सम्मान र पुरस्कारले हजुरबुबा प्रती सम्मान र सम्झना हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक प्रेम बिष्टले सताब्दी पुरुषले घोषणा गर्नुभएको अक्षयकोषले विद्यार्थी र शिक्षकलाई पठनपाठनमा हैसला मिल्ने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...