सरोकार पोस्ट

का‌ङ्ग्रेस महामन्त्री थापाले पेश गरे कृयाशिल सदस्यता बिबरण

Advertisement

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता सम्बन्धी प्रतिवेदन पेश गरेका छन् ।

उक्त प्रतिवेदनमा क्रियाशील सदस्य संख्या ८ लाख ७० हजार ७८० रहेको र तीमध्ये १४ औँ महाधिवेशनमा ४ लाख २३ हजार ४३४ नवीकरण भएको, ४ लाख ४७ हजार ३४६ नयाँ सदस्यता लिएको र नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५९२ रहेको उल्लेख छ ।

क्रियाशील सदस्यता नवीकरणको फारम २०७९ चैत २२ गतेदेखि नै जिल्लामा पठाउन शुरू गरिएको र अहिलेसम्म ८ लाख ७० हजार ८८४ सदस्यता नवीकरण फारम पठाइसकिएकोसमेत उल्लेख छ ।

प्रतिवेदनमा महामन्त्री थापाले जिल्लाबाट विवरण आउने क्रम जारी रहेको बताएका छन् । असार १२ गतेसम्म प्राप्त जानकारी भन्दै परिपत्र तोकिए बमोजिम नवीकरण विवरण प्रविष्ट गरेका–बुझाएका जिल्ला ५ ओटा रहेका छन् ।

सिष्टममा प्रविष्ट भइरहेका जिल्ला १५ रहेका छन् । त्यस्तै निर्णय प्रक्रियामा रहेका जिल्लाहरु १० रहेका छन् ।

वडाबाट जिल्लामा नवीकरण फारम संकलन भइरहेका जिल्ला ३३ रहेका छन् भने १४ जिल्लामा नवीकरण समस्या रहेको प्रतिवेदन महामन्त्री थापाले बैठकमा पेश गरेका छन् ।

असार मसान्तसम्म प्रविष्ट गर्नका लागि भनिए पनि मोबाइल नम्बर अनिवार्य सहितको फारम बनाएर विवरण बुझाउन भनिएकाले केही समय लागेको जानकारी प्राप्त भएकोसमेत उनले उल्लेख गरेका छन् ।

त्यसैगरी नयाँ क्रियाशील सदस्यता फारम दुई लाख १७ हजार १०१ (नवीकरण भएको सदस्य संख्याको २५ प्रतिशत) पठाइसकिएको उल्लेख छ ।

१७ जिल्लाले वडामा सदस्यता फारम बुझाएको जानकारी गराए पनि दोलखा बाहेक कुनै पनि जिल्लामा नयाँ क्रियाशील सदस्यता विवरण भएको जानकारी प्राप्त हुन नसकेको थापाले उल्लेख गरेका छन् ।

हाल नवीकरणमा ध्यान दिन र हाल नयाँ वितरण नगर्नका लागि सबै जिल्लालाई जानकारी गराइएकोसमेत उल्लेख गरिएको छ ।

नयाँ सदस्यता उपलब्ध गराउँदा जनसंख्या, मतसंख्या, क्लष्टर अनुसारको संख्या र सदस्यताको माग एवं आवश्यकता समेतलाई हेरी उपलब्ध गराउने गरी मापदण्ड बनाइ साउनपछि वितरण अभियान गरिनेसमेत महामन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

जनसम्पर्क समिति सदस्यताको व्यवस्या गरी सदस्यता फारम र वितरण प्रक्रिया अगाडि बढाइएको उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...