प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्यूठानको विकासका निमित्त सबै सांसद र दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएकाछन् ।
प्यूठानको जुम्रीमा नेपाल पत्रकार महासंघले मन्त्री थापा सँग आयोजना गरेको पत्रकार भेटघाटको क्रममा जिल्लाका योजना सिफारिस गर्ने, बजेट ल्याउने सवालमा सबै प्रदेश सांसदहरु र संघिय संसदले समेत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेको बताउँदै पाप्त उपलब्धिलाई सहज र पुर्ण रुपमा कार्यान्वयन गर्न फेरि पनि सबै पक्ष एकताबद्ध हुन आग्रह गरे । उनले भने,” प्रत्यक्ष रुपमा प्यूठानको बजेट लुम्बिनी प्रदेशबाट करिब डेड अर्ब देखिएपनि डिभिजन कार्यालयहरु, पर्यटन डिभिजन, शहरी विकास,जलश्रोत लगायतका कार्यालयले हेर्ने योजनाहरु समेत गर्दा करिबढाई अर्ब बजेट भित्राउन सकेका छौँ, म सबै माननीय र दलहरुले गरेको हौसला र सहयोग प्रति आभारी छु ।”

उनले संघिय संसद सुर्य थापालाई आफ्नो मर्यादा ख्याल गरेर सामाजिक सञ्जालमा प्रस्तुत हुन आग्रह गरे । उनले भने,”सुर्य दाइ आफ्नो मर्यादा बिर्शेर हतारमा बोल्नुभो भन्ने लाग्छ । काठमाडौं रहँदा भेटघाट,संबाद र चिया गफ संगै गर्छौं । त्यत्तिको मान्छेले किन नबुझि सामाजिक सञ्जालमा बजेटको सवालमा स्खलित हुनु भो मलाई थाहा भएन ।”
सामाजिक सञ्जाल फेसबुक र टिकटकमा प्रदेश मन्त्री शरोज थापा र संघिय सांसद सुर्य थापा निकट कार्यकर्ताले आ.ब.२०८२/०८३ का लागि ल्याएको बजेटमा अनावस्यक प्रचार र आ आफ्नै रोईलो किन गरेको भन्ने पत्रकारहरुको जवाफमा उनले भने,” मैले कुनै रोईलो गरेको छैन । अहिले तपाईहरु बिच स्पष्ट कुरा यथार्थ बताएँ । अरु दल र कार्यकर्ताले के भन्छन् , त्यो उनको बिषय हो । तर जिल्ला र जिल्लाबासीको हितको निमित्त सबै पक्ष मिलेर अगाडि बढ्न जरुरी छ । 
तर पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापा निकट नेता पुर्ब जिल्ला सभापति सुवास केसी, जिल्ला उपसभापति देबेन्द्र बर्मा, सहसचिब प्रमोद पोख्रेल सहितका कृही कार्यकर्ता उपस्थित थिए भने कांग्रेस जिल्ला सभापति र अन्य पुर्ब सभापति तथा नेताहरु अनुपस्थित थिए ।



