Skip to main content

सरोकार पोस्ट

कांग्रेसको सयदिने अभियान अन्तरगत आज गौमुखीमा सम्मेलन सम्पन्न, लोकतान्त्रको बलियो आधार कांग्रेसनै हो : केन्द्रीय सदस्य डा.पोख्रेल

Advertisement

जोगिन्द्र मल्ल, गौमुखी
प्यूठान । नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार देशभर गाउँजागरण कार्यक्रम चलिरहेको छ । देशका ७ सय ५३ वटै स्थानिय तह, वडाहरु र निर्बाचन बुथ सम्म कार्यकर्तालाई प्रशिक्षण तथा कांग्रेसको रणनीति जानकारी गराउँदै आएको कांग्रेसले आईतबार प्यूठानको गौमुखी गाउँपालिकामा सम्पन्न गरेको प्यूठान जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । कार्यक्रमको अवसरमा विभिन्न पाटी परित्याग गरि करिब २ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएकोछ ।

गौमुखी गा पा सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज पोख्रेलले सम्मेलनको प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै कांग्रेस बिचार, आदर्श, भावना र बलियो लोकतान्त्रको बलियो आधारशिला रहेको बताए । उनले भने`गिरिजाप्रसाद कोईराला भारत जादा स्वागत गर्न भारतका प्रधान मन्त्रीले गरेका थिए, गिरिजाबाबुको निधन हुँदा भारतिय परराष्ट्र मन्त्री शोकमा आए । तर भारतका पुर्व प्रधानमन्त्री मनमोहनको निधनहुँदा नेपालका प्रधानमन्त्रीले वास्तै गरेनन् । यो लोकतान्त्रिक संस्कार होईन ।´ `कांग्रेसको परराष्ट्र नीति फरक छ, नेपालको लोकतान्त्रिक अभ्यास गर्ने र सिर्जना गर्ने कांग्रेस नै हो ।´ उनले बताए । पोख्रेलले कांग्रेसमा नेताहरुले गलत गरे भने प्रमाण सहित आलोचना गरिने बताए । उनले कम्युनिष्ट भित्रको एकाधिकार कांग्रेसमा नहुने बताए ।

पाटी र पाटी निकट भातृ तथा शुवेच्छुक संगठनलाई समेत सकृय बनाउँदै पाटी शिद्धान्त, बिचर र नीति अनुसार चलायमान बनाउने कांग्रेसको मुख्य रणनीति रहेको डा. पोख्रेलको भनाई छ ।

नेपाली कांग्रेसले आफ्नो मातहतका सबै पक्षलाई कृयाशिल बनाउन रणनैतिक योजना सहित बुथ कमिटि, वडा कमिटि, क्षेत्र र जिल्ला सम्म सुदृढ बनाउन प्रतिनिधि खटाएको जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । उनले सबै तहका नेता तथा कार्यकर्तालाई पाटीको संस्थागत चरित्रलाई आत्मसाथ गरि काम गर्न आग्रह गरेकाछन ।
नेपाली कांग्रेस प्यूठानले सरुमारानी, माण्डवी र ऐरावती गाउपालिकामा पालिका यश अघिनै सम्मेलन सम्पन्न गरिसकेको जनाएकोछ । आईतबार गौमुखी गाउँपालिकामा पनि अभियान सम्पन्न गरिएको हो । नेपाली कांग्रेस प्यूठानले निर्धारण गरेको पालिका सम्मेलनको कार्यतालिका अनुसार प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिक, मल्लरानी र झिमरुक गाउँपालिकामा सम्मेलन पछी सरेको जिल्ला उपसभापति ईश्वरसिंह बिष्टले बताए । सम्बन्धित पालिकाको समिति सँग समन्वय गरेर यसै महिना भित्रै ती पालिकहरुमा पनि अभियान सम्पन्न गरिने उनले बताए ।

कांग्रेसको गौमुखी सम्मेलन पालिका सभापति मधुराम के.सी.को अध्यक्षतामा भएको थियो । कार्यक्रममा पुर्ब जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सदस्य अमर प्रसाद भण्डारी, प्रदेश सदस्य साधना राउत, जिल्ला उप सभापति ईश्वरसिंह बिष्ट, पुर्ब सचिब शिव रिजाल, जिल्ला सचिब एन पि मगर, प्यूठान प्रदेश क्षेत्र न .१ का क्षेत्रिय सभापति टेक प्रसाद भण्डारी, महिला संघ अध्यक्ष भगवती बिष्ट, नेबिसंघ प्यूठानका अध्यक्ष कल्याण बिक्रम केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

oppo_1024

oppo_2
oppo_2
oppo_2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...