ऐरावती गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ऐरावती- ५ गोठिबाङबाट ढुंगा लोड गरी मल्लरानी गाउँपालिका ३ चौरपानीतर्फ जादै गरेको रा १ त ४४४५ नंम्बरको ट्याक्टर ऐरावती गाउँपालिका ५ बाली बिसौनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको हो ।
दुर्घटनामा परि ऐरावती गाउँपालिका २ का २७ बर्षिय बिजय बहादुर नेपालीलाई उपचारका प्यूठान अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ट्याक्टर चालक २६ बर्षिय शान्त बहादुर रावत घाइते भएका छन् ।
उनलाई थप उपचारका लागी बुटवल रिफर गरिएको प्यूठान प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट अन्दाजी २० मिटर तल खसेको छ । ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।



