Skip to main content

सरोकार पोस्ट

सूचना प्रविधिमा ग्रामीण विद्यार्थीको यात्रा : प्युठानका ११ विद्यालयका विद्यार्थीहरूका लागि ८ दिने विशेष तालिम सम्पन्न

Advertisement

डिजिटल साक्षरतादेखि एआई प्रयोगसम्मको अभ्यासले विद्यार्थीलाई बनायो प्रविधिमैत्री
प्युठान । “प्रविधिमा दक्ष युवा : भविष्यको समृद्ध नेपालको आधार” “सशक्त विद्यार्थी, सुरक्षित डिजिटल यात्रा” भन्ने अभियान सहित प्युठान जिल्लाका ११ वटा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीहरूलाई लक्षित गरी सूचना तथा सञ्चार प्रविधि (ICT) सम्बन्धी ८ दिने विशेष तालिम सम्पन्न भएको छ।

जेठ १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको उक्त तालिमले डिजिटल शिक्षण, कृत्रिम बुद्धिमत्ता (AI), र साइबर सुरक्षा जस्ता समसामयिक विषयमा व्यवहारिक ज्ञान प्रदान गरेको छ। विद्यार्थीलाई प्रविधिमा दक्ष, सचेत र जिम्मेवार नागरिकको रूपमा तयार पार्ने तालिमको मुख्य उद्देश्य रहेको सामाजिक बिकास डिभिजन कार्यालयका ईन्जिनियर पारस भण्डारीले बताए । सहभागी विद्यार्थीहरूले डिजिटल उपकरणको प्रयोग मात्र होइन, भविष्यको शिक्षण र सिकाइ पद्धतिमा प्रविधिको भूमिकाबारे पनि गहिरो अनुभव प्राप्त गरेको प्रतिकृया दिएकाछन् ।
प्रविधिको प्रयोगमा व्यावहारिक अभ्यास
तालिममा ICT in Education अन्तर्गत डिजिटल शिक्षण विधिहरू, Google Workspace (जस्तै Docs, Slides, Classroom) को प्रयोग, अनलाइन लर्निङ प्लेटफर्म र भर्चुअल कक्षा सञ्चालनका अभ्यास गराइयो। डिजिटल नोट, ई–पुस्तक, र अनलाइन मूल्याङ्कन प्रणालीमार्फत नविन सिकाइ प्रविधिको प्रयोग विद्यार्थीले प्रत्यक्ष अनुभव गरे।

कृत्रिम बुद्धिमत्ता (AI) को आधारभूत ज्ञान
AI विषयमा विद्यार्थीहरूलाई ChatGPT, Google Assistant, Grammarly, Canva AI जस्ता उपकरणको प्रयोग सिकाइयो। AI को सहायताले निबन्ध लेखन, भाषानुवाद, प्रश्न–उत्तर अभ्यासजस्ता कार्य कसरी सहज हुन्छ भन्ने प्रत्यक्ष अभ्यास गराइयो।

साइबर सुरक्षा : सुरक्षित डिजिटल जीवनशैलीतर्फको पहिलो पाइला
तालिममा पासवर्ड सुरक्षा, फिसिङ ईमेलको पहिचान, व्यक्तिगत गोपनीयता संरक्षण, डिजिटल नागरिकता र सुरक्षित सामाजिक सञ्जाल प्रयोग जस्ता महत्त्वपूर्ण विषयमा प्रशिक्षण दिइयो। ह्याकिङ, अनलाइन ठगी र साइबर आक्रमणबाट कसरी बच्ने भन्नेबारे व्यवहारिक ज्ञान प्रदान गरियो।
“यो भविष्य तयार पार्ने आधार हो” — प्रशिक्षक इ. महेश बन्जाडे
प्रशिक्षक इन्जिनियर महेश बन्जाडेले “तालिम केवल कम्प्युटर चलाउने तालिम होइन, यो भविष्य तयार पार्ने आधार हो” भन्दै ग्रामीण क्षेत्रका विद्यार्थीमा प्रविधिको पहुँच बढाउन यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताए। “तपाईंहरूमा ऊर्जा, जिज्ञासा र सम्भावना प्रशस्त छ — सहि दिशा दिन सकियो भने तपाईंहरू पनि प्रविधिको नेतृत्व गर्न सक्नुहुन्छ,” भन्दै उनले विद्यार्थीहरूलाई निरन्तर अभ्यास र जिज्ञासा कायम राख्न प्रेरित गरे।

माननीय नीमा गिरी : “प्रविधिक शिक्षा आजको आवश्यकता”
तालिमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय नीमा गिरीले प्रविधिक शिक्षा आजको युगको अपरिहार्यता भएको बताउँदै यस्ता तालिमहरूले विद्यार्थीहरूलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरिन्। “गाउँगाउँमा प्रविधिको पहुँच पुर्‍याउनु हाम्रो साझा जिम्मेवारी हो,” भन्दै शिक्षक, विद्यालय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको औँल्याइन्।
उहाँले सहभागी विद्यार्थीहरूलाई “तपाईंहरू भविष्यका नेतृत्वकर्ता हो” भन्दै आत्मविश्वासका साथ सिकाइको यात्रालाई निरन्तरता दिन प्रेरित गरिन्।

स्थानीय सरकार र सरोकारवालाहरूको सशक्त सहभागिता
सामाजिक विकास डिभिजन कार्यालय प्युठानका इन्जिनियर पारस भण्डारीले तालिम सफल बनाउन विद्यालय, शिक्षक र स्थानीय तहको सशक्त सहभागिता रहेको बताए। “स्थानीय र प्रदेश सरकार, शिक्षण संस्था र प्रविधि अभियन्ताबीच सहकार्य भयो भने यस्ता तालिमले डिजिटल नेपाल निर्माणमा ठूलो टेवा पुर्याउँछ,” उनले भने।

तालिमका प्रमुख उद्देश्यहरू
कक्षा ११ र १२ का विद्यार्थीहरूलाई आवश्यक प्राविधिक र व्यावसायिक सीपहरू प्रदान गर्नु।
डिजिटल साक्षरता प्रवर्द्धन गरी ग्रामीण–शहरी प्रविधि खाडल घटाउनु।
उद्यमशील सोचको विकास गर्दै स्व–रोजगारीका अवसरहरू सिर्जना गर्न सशक्त बनाउनु।
सञ्चार, टोली कार्य, र नेतृत्व कौशल विकास गर्दै व्यावसायिक वातावरणको तयारी गराउनु।
– दक्ष जनशक्ति निर्माण गरी सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउनु।

भविष्यमा यस्ता तालिमको निरन्तरता अपरिहार्य
प्युठान जिल्लामा आयोजित यो तालिमले विद्यार्थीको शैक्षिक यात्रा प्रविधिसँग जोड्न मद्दत गरेको छ। सहभागीहरूको प्रतिक्रिया अनुसार, तालिमले उनीहरूलाई डिजिटल शिक्षाको सम्भावना बुझ्न र व्यवहारमा उतार्न उत्प्रेरित गरेको छ। यस्ता तालिमहरूको निरन्तरता, विस्तार र सहकार्य आवश्यक रहेको सन्देश यस तालिमले स्पष्ट रूपमा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...