देउखुरी दाङ्ग । लुम्बिनी प्रदेशमा मौरी स्रोत केन्द्र स्थापना गरि कृषकलाई सहायता प्रदान गर्न नेपाल मौरीपालक कृषक महासंघले प्रदेश सरकारलाई आवहान गरेकोछ ।
कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशले बालि विशेष कार्यक्रम अन्तरगत प्रदेश स्तरका अगुवा किसान र मौरीपालक महासंघ लुम्बिनी प्रदेश बिच भालुवाङ्गमा गरेको अन्तरकृयामा बुटवलमा स्थापना भएको मह तथा मौरी जन्य बस्तुको बिक्री केन्द्रलाई व्यवस्थित गर्ने र प्रदेश स्तरमा मौरी स्रोतकेन्द्र स्थापना गर्न सबै पक्ष लाग्न आवहान गरिएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले व्यवसायिक एकता र जलबायु अनुकलन गर्न अग्रसर मौरी किसानहरु प्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,`व्यवसायमा मित्रवत प्रतिस्पर्धा नगरे सबैको बिश्वास गुम्छ,व्यवसायिक क्षमता बढ्दैन, साग्रममा स्वम् व्यवसायी र राज्यलाई नै क्षतिहुन्छ । तसर्थ मौरी जस्तै सबै पक्ष मिलेर अगाडि बढौँ ।´

कार्यक्रममा मौरी विकास केन्द्र गोदावरीका निर्देशक तिर्थ श्रेष्ठले मौरी तथा मौरी जन्य वस्तुको उत्पादन, बजारिकरण, समस्याहरु, समस्या समाधानका उपाय, जलवायु अनुकलनमा मौरीपालन व्यवसायले पुर्याएको योगदान लगायतका बिषयमा सहभागीलाई जनाकारी गराउनुभयो । यस्तै लुम्बिनी प्रदेश कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिब यमनारायण देवकोटाले अनुदानको पर्खाईमा नभई, आफै निर्भर भएर काम गरे व्यवसाय दिगो र भरपर्दाे हुने बताउनुभयो ।

फितलो नीति तथा कार्यबिधि, जनशक्ति व्यवस्थापनमा देखिएको सास्या, मौरी चरन क्षेत्रमा देखिएका समस्या, स्रोत पहिचान लगायतका बिषयमा प्रदेश मन्त्रालयले रणनीति बनाएर काम गरिने उहाँको भनाईछ । यसै कार्यक्रमको सन्दर्भमा नेपाल मौरीपालक कृषक महासंघ लुम्बिनी प्रदेशको चौथो साधारण सभा सम्पन्न गरीएको छ ।




