काठमाडौँ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ । यसैगरी सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रिपरिषद्ले यही असोज ५ गते गरेको निर्णयानुसार सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न पाइनेछ । सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनःरुत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनःप्राथमिकीकरण, अनुत्पादक खर्च कटौती…
काठमाडौ । सरकारले संघ र प्रदेशका सांसद देखि स्थानीय तहका पदिधकारीले राख्ने स्वकीय सुविधा खारेज गर्ने निर्णय सरकारले गरेको छ । सरकारले अन्य राजनीतिक पदाधिकारीका संघीय विशिष्ट पदाधिकारी (भिभिआइपि) बाहेकले सल्लाहकार नियुक्ति गर्न नपाउने निर्णय पनि गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धी निर्णय गरेको थियो । सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारु, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरोत्थान र राहतसमेतका लागि विकास आयोजनाको पुनर्प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यसमा स्वकिय र सल्लाहकारको सुविधासम्बन्धी विषयसमेत छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयले संघीय मन्त्रालय तथा निकाय, प्रदेश…
काठमाडाै । राष्ट्रपतिको आह्वानसँगै औपचारिक वार्ताअघि अनौपचारिक छलफलको अगुवाइ नेपाली सेनाले गरिरहेको छ। तर नयाँ बन्ने सरकार प्रमुख बस्ने सिंहदरवारस्थित कार्यालय आगलागीले ध्वस्त भएको छ। नजिकै रहेको सर्वोच्च अदालत र सुरुवाती आन्दोलनस्थलनजिकको सङ्घीय संसद् भवन पनि ध्वस्त भएका छन्। ती लगायत देशभरका प्रमुख कार्यालय र भौतिक संरचनामा भएका क्षति र त्यसले पार्ने असर यकिन हुन बाँकी छ। तर सङ्घीय राजधानीस्थित आफ्नै परमाधिपति राष्ट्रपतिको निवास तथा कार्यालय, प्रशासनिक मुख्यालय सिंहदरवार, सर्वोच्च अदालत र संसद् भवन जोगाउन सुरक्षाकर्मी विफल हुँदा प्रश्नहरू उठेका छन्। सेना नै तैनाथ रहने भवनको समेत सुरक्षा गर्न नसक्दा अहिले सम्पूर्ण सुरक्षा जिम्मेवारीको नेतृत्व गरिरहेको नेपाली सेनाको भूमिकालाई लिएर…
जोगिन्द्र मल्ल प्यूठान । प्यूठान जिल्लाकै उत्कृष्ट एवम् रमणीय पर्यटन गन्तव्य गौमुखी गाउँपालिकाले पर्यटन बर्ष २०८२ मनाउने भएको छ । पालिकामा अवस्थित पर्यटकीय क्षेत्रहरुको प्रचार - प्रसार गरि पर्यटन प्रबर्द्धन गर्न गाउँपालिकाले नेपाल पत्रकार महासंघ प्यूठान शाखाको संयोजनमा जिल्लामा कृयाशिल सञ्चारमाध्यम र पत्रकारहरु बिच छलफल गरेकोछ । गौमुखी गाउँपालिका र पत्रकार महासंघ बीच सहकार्यमा जिल्लास्थित सबै सञ्चारमाध्यममा कार्यरत कृयाशिल पत्रकार परिचालन गरि गौमुखीको पर्यटकिय स्थलहरुको प्रचार -प्रसार गर्ने र एक लाख पर्यटक गौमुखीमा भित्र्याउने लक्ष्य सहित भ्रमण बर्ष मनाउन लागिएको हो । सोमबार पत्रकार महासंघ सम्पर्क कार्यालय तथा सूचना केन्द्र विजुवारमा गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर राना सहित बैठक सम्पन्न भएको…
प्यूठान । संघिय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सबै पालिकालाई स्थानिय उत्पादनलाई प्राथमिकता दिएर काम गर्न निर्देशन गर्नुभएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको कृषि तथा पशुपन्छी सेवा केन्द्रको नव निर्मित भवनको उद्घाटन गर्दै जनप्रतिनिधिले गरेका हरेक काम जनताले सधै सम्झने गरि काम गर्न आग्रह गर्दै हरेक स्थानिय तह कृषिमा आत्मनिर्भर हुने गरि योजन ल्याउन आग्रह गर्नुभयो । उहाले भन्नुभयो,`आफ्नो मृत्यु भएपछि १३ ओैं दिन सम्म त छोराछोरीले सम्झन्छन्, तर सधै भरी सबैले सम्झनका लागि जिम्मेवारीमा, र पदमा भएकाेबेला राम्रो काम गर्न जरुरीछ ।त्यसैले म सबै स्थानिय तहले स्थानिय उत्पादनमा जोड गरौँ । कृषिमा सबै स्थानिय तह आत्म…
बाबुराम के.सी प्यूठान । गौमुखी गाउँपालिकाले अघिल्लो ५ बर्षे कार्यकालमा पालिकाका ७ वटै वडामा नागरिकका घरका खरको छाना हटाएर जस्ता पाताले रंगायो । यस कार्यकालमा नागरिकको घरघरमा शुद्ध पिउनेपानी पुर्याईदिने अभियानलाई सार्थक बनाउने लक्ष्य लिएको छ । पालिकाले नागरिकको घरघरमा धारा जडान गर्ने कार्यक्रमलाई ऐतिहासिक कदमको रुपमा लिएको छ । पालिकाको ३,५ र ६ नं वडामा ५ सय ४१ घरधुरीका ४ हजार ७ सय २५ जनसंख्या लाभान्वित हुने गरी सबै मापदण्ड बमोजिम शुद्ध पिउनेपानी पुर्याउने भएको छ । ७ वटा बिद्यालयमा समेत गरि कुल ५ सय ५२ धारा जडान गरिने छ । यो अभियान यसै आर्थिक बर्ष भित्र सम्पन्न गर्ने…
दाङ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । राजधानी क्षेत्र भित्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा रोक्का राखिएका निजी जग्गा स्थानीयको माग र पूर्वाधार विकास प्राधिकरणको सिफारिसअनुसार शर्तसहित फुकुवाकालागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । तर जग्गा खरिदकर्ताले एकीकरण आयोजनाका शर्तहरू पालना गर्ने गरी सहमति पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको मुख्य मन्त्री कार्यालयले जनाएको छ । निर्णय अनुसार राप्ती गाउँपालिकाका सम्पूर्ण वडा, गढवा गाउँपालिका वडा नं. १, २ र ३ मा १ कट्ठाभन्दा सानो र शितगंगा नगरपालिका वडा नं. ८ र ९ मा १ रोपनीभन्दा…
देउखुरी, दाङ्ग । लुम्बिनी प्रदेशले सवारी साधनको कर नबुझाउनेलाई कुल जरिवानामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ। यो छुटको व्यवस्था आगामी पुस मसान्तसम्म लागु हुने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए। लुम्बिनी प्रदेशमा कर नबुझाएका ९५ प्रतिशत व्यवसायीले यो छुटको उपभोग गर्दै कर बुझाउने दाबी गरेका छन्। १ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा समय सीमाभित्र कर नबुझाएका सवारी धनीलाई जरिबानामा ७५ प्रतिशत छुट दिने निर्णय भएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन यातायात मन्त्रालयले सवारीसाधनको कर नबुझाएका र नवीकरण समेत नगरेका सवारी धनीलाई कुल जरिबाना रकममा ७५ प्रतिशत छुटको व्यवस्था गरेको हो । जरिबाना छुटको व्यवस्था…
प्यूठान । हिन्दु धर्मावलम्बी महिलाहरुको महान पर्ब हरितालिका तिजको रौनक प्यूठानका गाउँघर तथा बजारमा सुरुभएको छ। तिजको रौनक सँगै बजारमा किनमेल र तिजमिलन कार्यक्रमहरु पनि सुरुभएकाहुन् । जिल्लामा कृयाशिल विभिन्न संघ-संस्थाहरुले आफ्नो मातहतका सदस्यहरु सँग भेटघाट गरि दरखाने र रमाईलो गर्दै तिजमिलन कार्यक्रमहरु गर्न थालेकाछन् । यसै बिच होटल ब्याबसायी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठानले तिज मिलन तथा दर खाने कार्यक्रम आगामी भदौ १ गते गर्ने केन्द्रका अध्यक्ष लिलाधर न्यौपानेले बताउनु भयो । उहाले आफ्नो माताहतका प्यूठान स्थित ९ वटै बजार ईलाकाका महिलाहरु लगायत सम्पूर्ण सदस्यहरुलाई प्यूठानको जुम्री बजार स्थित सचिवालय भवनमा निमन्त्रणा गरि तिजमिलन कार्यक्रम गर्ने बताउनु भएको…
रबिन पुन साउन १४ । बङगलाचुलि गाउपालिका वार्ड नम्बर 4 जुम्लेपानि स्थित जम्मुडाडामा ग्याबिन तार लगाउने कार्य सम्पन्न भयकाे छ। बर्षातका कारण खाेलाले सडक तथा वरपरका जमिन कटान गर्दै गयकाले यसकाे राेकथाम का लागि जुमलेपानि गढि सामदायिक बन उपभाेक्ता समितिकाे सक्रियतामा स्थानियले जनस्रमदान गरि भुक्ष तथा बाढि राेकथामका लागि ग्याबिन तार लगायका हुन।सामुदाियक बनले ग्याबिन गरिद गरि सगरमाथा सिमेन्ट काे चुनढुङगा उत्खनन् क्षेत्र तापा बाट २ टिप ढुङगा सहयाेग मागि ग्याबिन भरियकाे जुम्लेपानि गढि सामुदायिक बन उपभाेक्ता समितिका काेषाध्यक्ष डाेमराज थापाले जानकारि दिनु भयाे। सामुदायिक बन तथा वार्ड नम्बर ४ का स्थानिय जनप्रतिनिधिकाे समन्वयमा ग्याबिन भर्नका लागि अाबश्यक २ टिप्पर…