Skip to main content

सरोकार पोस्ट

समाज

बोलेरो जिप भाडामा नलिएको वाहानामा गाउँपालिका उपाध्यक्ष माथि जातिय बिभेदको आरोप

बोलेरो जिप भाडामा नलिएको वाहानामा गाउँपालिका उपाध्यक्ष माथि जातिय बिभेदको आरोप

प्यूठान । झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोद पोख्रेलले आफूलाई लक्षित गरि जतिय विभेद गरेको भन्दै दलित सञ्जाल झिमरुकले जारि गरेको बिज्ञप्ति प्रति ध्यानाकर्षण भएको बताएकाछन् । उपाध्यक्ष पोख्रेलले जातिय विभेद गरेको भन्दै झिमरुक स्थित दलित सञ्जालबाट गत कार्तिक २६ गते जारी बिज्ञप्तिको खण्डन गर्दै आज बिज्ञप्ती जारी गरेकाहुन् । गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको झिमरुक गापा ६ का हेमराज भट्टराईको भे १ च ३९९३ नंम्बरको डवल क्याप बोलेरो जिपको निरन्तरता नहुने भएपछि चालक माथि जातिय विभेद गरी भाडामा नलिएको भन्दै राजनीतिक प्रतिशोदले यस्तो गलत हर्कत गरिएको उपाध्यक्ष पोख्रेलले बिज्ञप्तीमा भनेकाछन् । दलित सञ्जालले जारी गरेको प्रेस बिज्ञप्तिको बिषयमा आफूलाई कुनै…
Read More
आज गाई र गोबर्धन पुजा गरिदै

आज गाई र गोबर्धन पुजा गरिदै

प्यूठान । गाईलाई लक्ष्मी, देवी, गाई माताको रुपमा पुजा गरे पुण्य मिल्छ भन्ने मान्यता अनुसार आज यमपञ्चक अर्थात् तिहार अन्तर्गत गाई, गोरु, गोबर्द्धन पूजा गरी मनाईंदैछ । प्यूठान स्थित स्वर्गद्वारी आश्रम लगायत आश्रमका दाङ, कपिलवस्तु, काठमाण्डौँलगायका ठाउँहरुमा आज विशेष पुजा गरिने आश्रमले जनाएकोछ । आश्रममा रहेका गौशालामा सामूहिक गाई पूजा गरिएको स्वर्गद्वारी आश्रमका कार्यकारी अधिकृत हरि अधिकारीले बताए। उनका अनुसार आश्रम स्थापना भएदेखिनै गौशाला निर्माण गरि गाई पलिदै आएको छ । उनले भने, `स्थानीय जातका गाई संरक्षण गर्दै आएको छौँ । गाई पूजाको दिन श्रद्धा भक्‍तिपूर्वक भक्तजनहरू यहाँ आउनुहुन्छ। गाईको पूजा आराधना गर्नुहुन्छ।’ स्वर्गद्वारी आश्रम र आश्रम माताहतका अन्य गौशालाहरुमा…
Read More
४३ वटा युट्युवलाई कारवाही गर्न काउन्सिलद्धारा प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा

४३ वटा युट्युवलाई कारवाही गर्न काउन्सिलद्धारा प्रहरीमा पत्राचार, ३ अनलाइन कालोसूचीमा

काठमाडौं। प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री प्रशारण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ। काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती युट्युव माध्यमलाई कानुनी कारवाहीको लागि सिफारिस गरेको हो। काउन्सिलले सञ्चारमाध्यमका रुपमा दर्ता नभएका त्यस्ता माध्यमबाट गलत सामाग्री प्रसारण गरेको र सचेत गराउँदा समेत नसच्चिएकाले थप कारवाहीका लागि प्रहरीमा पठाइएको जनाएको छ। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो। काउन्सिलले गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने,…
Read More
बृद्धहरुलाई अल्जाईमर रोगबारे सचेतना गरिने

बृद्धहरुलाई अल्जाईमर रोगबारे सचेतना गरिने

प्यूठान । बयोबृद्ध एव् अनाथ संरक्षणमञ्च र  जेष्ठ नागरिक जिल्ला संघले अल्जाईमर रोगबारे सचेतना गर्ने भएकाछन् । विश्व अल्जाईमर दिवस सेप्टेम्बर २१ अर्थात असौज ५ गते बयोबृद्ध एवं अजाथ संरक्षण मञ्चको कार्यालय बिजुवारमा विशेषज्ञ डाक्टरहरुबाट अल्वाईमर रोगका बिषमा सचेतना गरिने मञ्चका अध्यक्ष शालिग्राम पण्डितले बताए । अल्जाईमर रोगका कारण बृद्धहरुले शास्ती वेहोर्न परेको भन्दै उक्त रोगबाट बच्न, न्युनिकरण गर्न कसरी सकिन्छ भन्ने बिषयमा बिहेषज्ञ डाक्टरहरुबाट परामर्ष गरिने उनको भनाई छ । असौज ५ गते बिजुवार स्थित मञ्चको कार्यालयमा बृद्धहरुलाई आवहान गरिएकोछ । बयोबृद्ध एव् अनाथ संरक्षण मञ्च र जेष्ठ नागरिक जिल्ला संघको सूचना बयोबृद्ध एव् अनाथ संरक्षणमञ्च र जेष्ठ नागरिक…
Read More
`जनैपूणिर्मा अर्थात रक्षा बन्धन´ को प्रचलन कसरी सुरु भयो ?

`जनैपूणिर्मा अर्थात रक्षा बन्धन´ को प्रचलन कसरी सुरु भयो ?

  स्वर्गद्वारी, प्यूठान । `जनै पूणिर्मा अर्थात रक्षा बन्धन´ नेपालका साथ-साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँने प्रचलन छ । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।  हिन्दु धर्मावलम्बीहरु सँ सम्बन्धित नेपालका प्रमुख धामहरुमा आज विशेष पुजाआरधना सहित जनै र राखी पुजागरी पुरोहित र नातेदारहरुबाट जनै र राखि बाध्ने गरिन्छ । काठमाडौंको पशुपति, प्यूठानको स्वर्गद्वारी आश्रम लगायतका धामहरुमा आज विशेष चहलपहल छ । भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको…
Read More
तुलसी मोठमा आज तुलसी रोपिदै

तुलसी मोठमा आज तुलसी रोपिदै

 प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा भनिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ । भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More