Skip to main content

सरोकार पोस्ट

बोलेरो जिप भाडामा नलिएको वाहानामा गाउँपालिका उपाध्यक्ष माथि जातिय बिभेदको आरोप

Advertisement

प्यूठान । झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोद पोख्रेलले आफूलाई लक्षित गरि जतिय विभेद गरेको भन्दै दलित सञ्जाल झिमरुकले जारि गरेको बिज्ञप्ति प्रति ध्यानाकर्षण भएको बताएकाछन् । उपाध्यक्ष पोख्रेलले जातिय विभेद गरेको भन्दै झिमरुक स्थित दलित सञ्जालबाट गत कार्तिक २६ गते जारी बिज्ञप्तिको खण्डन गर्दै आज बिज्ञप्ती जारी गरेकाहुन् ।

गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको झिमरुक गापा ६ का हेमराज भट्टराईको भे १ च ३९९३ नंम्बरको डवल क्याप बोलेरो जिपको निरन्तरता नहुने भएपछि चालक माथि जातिय विभेद गरी भाडामा नलिएको भन्दै राजनीतिक प्रतिशोदले यस्तो गलत हर्कत गरिएको उपाध्यक्ष पोख्रेलले बिज्ञप्तीमा भनेकाछन् । दलित सञ्जालले जारी गरेको प्रेस बिज्ञप्तिको बिषयमा आफूलाई कुनै जानकारी नभएको र गाउँपालिकाले उक्त जिप प्रयोग गर्दा सम्म आफूलाई कुनै विभेद नभएको चालक रेसम सुनारले बताए । गाउँपालिकाले बुधवार आयोजना गरेको सार्बजनिक सुनुवाईमा झण्डै आधा समय उपाध्यक्ष प्रमोद पोख्रेलले जातिय विभेद गरेको भन्दै छलफल भएको थियो ।
चालक रेसम सुनारले उपाध्यक्षबाट आफूलाई जातिय विभेद नभएको बताए । उनले भने,` ६/७ महिना संगै हिड्यौ केही भएन । एउटै परिवार जस्तो भएर हिड्यौँ । गाडी साहुले म दलित भएको कारण पालिकाले गाडी भाडामा नलिने भन्यो भन्नू भो रे । साहुले बनावटी कुरा गर्नु भो कि उपाध्यक्षले भनेर भन्नू भो, मलाई थाहा छैन ।´ रेसम सुनारको उक्ति अभिव्यक्त आज विभिन्न माध्यमबाट सामजिक सञ्जालमा आएकोछ ।

उपाध्यक्ष पोख्रेलले हेमराज भट्टराईले राष्ट्रिय जनमोर्चा निकट कार्यकर्ता प्रयोग गरेर गाडी भाडामा नलिएको रिसमा आफूमाथि मानहानी गरेको बताएकाछन् । उनले भने,` पालिकामा मेरो सामाजिक गतिविधि देखेर मेरो बदनाम गर्ने योजना हो । मैले कसैलाई विभेद गरेको छैन । कयौ दलित परिवारको घरमै गएर बसेकोछु, खाना खाएकोछु ।´ उपाध्यक्ष पोख्रेलले मैले विभेदपुर्ण अभिव्यक्ति कहि बोलेको भए प्रमाण सहित अदालत जान चुनौती दिए । उनले आफूमाथि मानहानी भएको समेत बताएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...