प्यूठान । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्यूठानको विध्यान्नद माध्यमिक विद्यालयका २ सय २६ जना बालबालिकालाई न्यानो कपडा स्वीटर बितरण गरेको छ । उक्त कम्पनीले प्यूठानको स्वर्गद्वारी नगरपालिका ९ स्थित बिद्यानन्द मा वि का वालविकास देखि कक्षा १ देखि ६ सम्म अध्यनरत २ सय २६ जना बालबालिका लाई पहिलो चरणमा न्यानो कपडा स्वीटर वितरण गरेको जनाएको छ । हिमालयन लाईफको नाफाको १ प्रतिशत खर्च गर्नुपर्ने प्रावधान अनुसार सस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आज यो कार्यक्रम गरेको जानकारी गराएको हो । यसै गरि दोस्रो चरण मा नौबहिनी गाउपालीका ५ को जन प्राथमिक विद्यालय का १११ जना विद्यार्थी लाई पनि न्यानो कपडा…
दाङ्ग । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकमा मनोनयन गर्नुभएको हो । यस अघि भदौ ३१ गते सचेतक पदबाट निमा गिरीले राजीनामा दिनुभएको थियो । गिरी २०७९ साल चैत २९ गते सचेतक बन्नुभएको थियो । करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
प्यूठान । नौबहिनी गाउँपालिका ८ फोप्ली स्थित अम्विका मा.बि.मा बिद्यालयमै अध्यापनरत शिक्षक भेषराज भण्डारीको परिवारले आफ्नो स्व.बुवा बुद्धिराम भण्डारीको स्मृतिमा सरस्वती मन्दिर निर्माण गरि आज सरस्वती पुजाको दिन बिद्यालयलाई बिधिवत रुपमा हस्तान्तरण गरेकाछन् । आफ्नो स्व.बुवा बुद्धिराम भण्डारी सोही बिद्यालय स्थापनाकाल देखि करिव तीन दशक बिद्यालय व्यवस्थाप समिति र संरक्षक भई सेवा गरेको, र उनकाे सबै परिवारले आफ्नो ओैपचारिक शिक्षा आर्जन सोही बिद्यालयबाट नै गरेको कारण बुवाको स्मृतिमा बिद्यालयमा सरस्वती मन्दिर निर्माण गरि आज हस्तान्तरण गरेकाे सोही बिद्यालयका शिक्षक समेत रहेका स्व. बुद्धिरामका छोरा भेषराज भण्डारीले बताए । छोराहरु दुर्गा प्रसाद, भेषराज र मेघराजको करिब ३ लाख संयुक्त लगानीमा अम्बिका…
प्यूठान । माघ १८ गते शुक्रबार प्यूठानको गौमुखी गाउँपालिका ५ खुङका ओखल्ढुङ्गाका चिन्तामणी न्यौपाने (उपाध्याय)को शव खुङ्ग-नारिकोट सडकखण्डमा भेटियो । स्थानियले रक्ताम्य अवस्थामा शव देखेपछि गौमुखी लिवाँसे प्रहरी चौकीमा खवर गरे । त्यहाँबाट प्रहरी घटनास्थलमा पुग्यो । घटना स्थलमा पुगेको प्रहरी टोलीले मृतकको हत्या भएको अनुमान गर्यो । घटना रहस्यमय देखेपछी जिल्ला प्रहरी कार्यालय खलंगामा जानकारी गराईयो । घटनाबारे अनुशन्धान गर्न प्रहरी नायव उपरीक्षक दिपेश बस्यालको नेतृत्वको टोली आफै खट्यो । प्रहरीले स्थानियहरुको गाईगुँई कुरा सुन्दा मृतकको नजिकैको बुहारी नाता पर्ने जेदुकुमारी न्यौपाने र जेदुकुमारीकै बैनीज्वाई पर्ने लोकबहादुर गिरी बिच अबैध शारीरिक सम्बन्ध भैरहेको देखेपछि ती मृतक ससुराले घरको ढोका…
जोगिन्द्र मल्ल प्यूठान । गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङ्गका ६९ बर्षिय चिन्तामणी न्यौपाने हत्याकाण्डका मुख्य अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न स्थानिय र जेदु कुमारी न्यौपानेलाई पक्राउ गरि थप अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । चिन्तामणी हत्यामा संलग्न भएको आरोपमा गौमुखी ५ खुङ्गका लोक बहादुर गिरीलाई प्युठान प्रहरीले शनिवार पक्राउ गरेको हो भने जेदु कुमारी न्यौपानेलाई भने शुक्रबार नै प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको थियो । घटनाको सुक्ष्म र सिघ्र अनुसन्धान एवं कार्बाहीका लागि जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए । उनले भने,`घटनाको कारणबारे गहिरो अनुशन्धान भैरहेकोछ । दुवैजना अभियुक्तको उपस्थितिमा…
सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक २०८१ का कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गराएको छ । सामाजिक सञ्जाललाई नियमन गर्ने, व्यवस्थित गर्ने र त्यसबाट अपराधजन्य कार्य रोक्ने पहल स्वाभाविक भए पनि प्रस्तावित कानुनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संगठन तथा भेला हुने स्वतन्त्रता र सञ्चार माध्यम प्रयोग गर्ने हक मा प्रतिकूल असर पार्ने खतरा देखिएको भन्दै प्रदेश समितिले विधेयकमा कठोर सजायसहितको फौजदारी कानुन बनाउन खोजिएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ । प्रस्तावित कानुनबारे आम सरोकारवाला पक्षसँग छलफल नगरी सरकार एकलौटी रूपमा अघि बढेको महासंघको निष्कर्ष रहेको प्रदेश महासचीव…
प्यूठान । गौमुखी गाउँपालिकालिले वडा बिभाजन गर्ने भएको छ । गौमुखि गाउँपालिका गाउँसभाको १८ औ अधिबेशनले वडा नं ३ लाइ विभाजनको प्रकृया गाउँसभाबाटै सर्बसम्मत रुपमा अगाडि बढाएको हो । स्थानियको मागलाई मध्यनजर गर्दै वडा नं ३ रजवारालाई दुईवटा वडामा बिभाजन गर्ने सर्ब सम्मत निर्णय भएको गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,`गाउँपालिकाको गाउँ सभाबाट सर्ब सम्मत रुपमा वडा विभाजन गर्ने सहमति भएकोछ । हामीले जिल्ला समन्वय समिति, प्रदेश हुँदै संघमा सिफारिस गर्ने हो । त्यही अनुरुप गर्छौं ।´ उहाँका अनुसार वडा विभाजनको प्रकृया गाउँपालिकाले सर्ब सम्मत रुपमा अघाडी बढाएकोछ । यसै बिच १८ औ अधिबेशनले गौमुखि गाउँपालिकालाई…
प्यूठान जिल्लाका १३ हजार ७ सय ६३ जना छात्रा तथा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन प्याफिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जनस्वास्थ्य कार्यालय प्यूठानले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियान अन्तर्गत प्यूठानका ९ वटा स्थानिय तहका बिद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका र १ सय ५० बिद्यालयका कक्षा ६ देखि १० का किशारीहरुलाई एचपिभी खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिए । उनका अनुसार अभियानमा समुदाय स्तरमा ६५ र १ सय ५० बिद्यालय गरी २ सय १५ खोप केन्द्रमा खोप केन्द्र संञ्चालन हुनेछ…
प्यूठान । सिकाई आदानप्रदान तथा अन्तर पालिका सहकार्य गर्ने उद्धेश्यसहित अर्घाखाँची र प्यूठानका ६ वटा पालिकाको बैठक बसेको छ । प्युठानको ऐरावती गाउँपालिकाको आयोजनामा सम्पन्न बैठकमा प्यूठानका ऐरावती, मल्लरानी, माण्डवी र सरुमारानी गाउँपालिका तथा अर्घाखाँचीका भुमिकास्थान र शितगंगा नगरपालिकाको सहभागिता रहेको थियो । बैठकमा अन्तरपालिकाको सडक विस्तार, उत्पादित वस्तु आदान प्रदान, उपलब्ध स्रोत साधनको प्रयोग र छिमेकी पालिकाहरु मिलेर संयुक्त आयोजनाहरु संचालन गर्ने विषयमा छलफल भएको हो । यस्तै अन्तरपालिकास्तरिय विपद् व्यवस्थापन तथा शान्ती सुरक्षालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताए । सिमाना जोडिएका पालिकाहरुबिच सहकार्य गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा १५ शैयाका…
देउखुरी, माघ १२ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो बैठकले पत्रकार हितका लागि एक करोड रुपैयाँको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष शुक्रऋषि चौलागाईंको अध्यक्षता आइतबार सम्पन्न नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिको बैठकले पत्रकार हितका लागि स्थापना गरिने पत्रकार कल्याण कोष अभिवृद्धिका लागि तीनै तहका सरकार, विभिन्न दाता, शुभेच्छुक र पत्रकार साधारण सदस्यहरूसँग अपिल गर्ने निर्णय गरेको महासचिव पाण्डवप्रसाद शर्माले जानकारी दिनुभयो । महासंघलाई रणनीतिक, प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्दै दीर्घकालीन उद्देश्य प्राप्त गर्न अध्यक्ष चौलागाईंलाई वार्षिक कार्ययोजना ल्याउने जिम्मेवारी दिइएको छ । बैठकले लुम्बिनी प्रदेशस्तरीय सञ्चार प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णयसमेत…