प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको अध्यक्षमा शन्देश आचार्य सहित सबै कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । अध्यक्ष सन्देश आचार्य, वरिष्ठ उपाध्यक्ष कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्ष रामचन्द्र पौडेल, उद्योग उपाध्यक्ष गोविन्द कार्की, महासचिव झबिन्द्र शर्मा, उपमहासचि पशुपति श्रेष्ठ र कोषाध्यक्ष कुमार श्रेष्ठ निर्बिरोध चयन भएको निर्बाचन समितिले जनाएकोछ। तर चैत २ गते ओैपचारिक कार्यक्रमका बिच निर्बाचित घोषणा गरिने छ । मनोनयन दर्ता अगावै राजनैनिक सहमति गरी मनोनयन गर्दा सर्बसम्मत भएको हो । यस अघि सबै बजार क्षेत्रबाट जिल्ला प्रतिनिधि चयन भएका छन । सबै बजार क्षेत्रमा पनि सर्वसम्मत कार्यसमिति चयन भएको थियो । उमेदवारी दर्ताका लागि अध्यक्ष पदमा ५० हजार,…
प्यूठान । होटल ब्यवसायी संघ प्यूठानको अध्यक्षमा लिलाधर न्यौपाने निर्वाचित एकाछन् । शनिवार सप्पन्न छैठौं अधिवेशनमा भएको निर्बाचनबाट न्यौपने अध्यक्ष पदमा विजयी भएकाहुन् । संघको जिल्ला कार्यसमितिमा अध्यक्ष पद बाहेक सबै पदमा सर्बसम्मत भएको थियो । तर अध्यक्ष पदमा पर्यटन उपाध्यक्ष रहेका वसन्त भण्डारी र महासचिब रहेका लिलाधर न्यौपाने बिच सहमति नभएपछि मतदान भएको संघले जनाएको छ । संघमा आबद्ध ६ सय ११ सदस्यहरु मध्य ३ सय ४५ मत खस्दा न्यौपानेले २०७ मत प्राप्त गरि बिजय भएका छन् भने प्रतिस्पर्धी भण्डारीले १२२ मत पाए । ६ मत बदर भएको निर्बाचन अधिकृत रामेश्वर सुबेदीले बताए ।
प्यूठान । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त गगन बिष्टले अहिलेको दुनियामा जो व्यक्तिसँग प्राप्त सूचना हुन्छ उ व्यक्ति सबै भन्दा धनी बन्ने बताएका छन् । प्यूठान सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिमा जिल्लाका कार्यालय प्रमुख, कार्यालयका सूचना अधिकारी, सञ्चारकर्मीहरुलाई सूचनाको हकसम्बन्धि अन्तरकृया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सूचना आयुक्त बिष्टले सबै नागरिकलाई सूचनाको हक मौलिक अधिकारको व्यवस्था संबिधानले नै गरेको भन्दै यस्तो बताएका हुन् । उनले कार्यालयमा सेवा प्रवाहलाई सुशासनमुखि र पारदर्शी बनाउन सूचनाहरलाई बर्गिकरण गर्न र सार्बजनिक गर्नुपर्ने सूचना नियमित सार्बजनिक गर्न कार्यालय प्रमुख र सूचना अधिकारीहरुलाई आग्रह गरे । जुनसुकै नागरिकले सूचना माग्छ भने नियमानुसार सूचना उपलब्ध गराउनु पर्ने…
प्यूठान । प्रतिनिधि सभा सांसद सुर्य बहादुर थापाले सत्ता साझेदार दल नेपाली कांग्रेस प्यूठान र कांग्रेस निकट प्रदेश सांसदहरुलाई कटाक्ष गर्दै त्यसै ओभर स्मार्ट बन्न खोजेको आरोप लाएकाछन् । जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको सूचनाको हक सम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्लो समय जिल्लामा ओैपचारिक रुपमा हुने सार्बजनिक कार्यक्रममा संघिय सांसद र प्रदेश सांसदको मर्यादाक्रमको बिषयमा भएको टिकाटिप्णीको बिषयलाई लिएर उनले कानुन मिचेर ओभर स्मार्ट बन्न खोजेको आरोप लगाएका हुन् । उनले भने,"प्रतिनिधि सभा र प्रदेश सभा सांसदको मर्यादा के हो ? कानुन अध्ययन गर्नुस् । त्यसै ओभर स्मार्ट बन्ने ?" "सत्ता साझेदार भएर मात्र हुन्छ ? सहकार्य पनि…
शागर रिजाल प्यूठान । ऐरावती गाउँपालिकाले श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सुरु गरेको छ । श्रमजीविहरुको लागि नेपालको संविधान २०७२ मा भएको व्यवस्था बमोजिम श्रम तथा श्रमिकको मर्यादा, अभिबृद्धि तथा आन्त्रिक रोजगारी प्रवर्दन गर्ने ,न्यूनतम रोजगारी सिर्जना गर्ने, मानविय मर्यादालाई कायम राख्ने, सबै प्रकारका भेदभावलाई न्यूनिकरण गर्दै लैजाने, अन्तरतह, अन्तरनिकाय र नीजि क्षेत्रसंग बहुपक्षीय साझेदारी गर्ने , स्वदेशमै काम गर्ने संस्कृतिको विकास गर्ने लगायतका उदेश्यले यो कार्यक्रम संचालन गरिएको रोजगार संयोजक विनोद कुमार त्रिपाठीले बताउनुभयो । यो कार्यक्रम गाउँपालिका रोजगार सेवा केन्द्रले सञ्चालन गरेको हो । सेवा केन्द्र मार्फत हालसम्म गाउँपालिकाका वडा नं २,४ र ५ मा यो कार्यक्रम सम्पन्न…
प्यूठान । नेपाली कांग्रेसले आगामी २०८४ मा हुने तिनै तहको निर्बाचनमा पाँच बर्षको अवधिमा भएका उपलब्धि सहितको रिपोर्ट कार्ड लिएर जाने बताउनुभएकोछ । नेपाली कांग्रेस प्यूठानले शोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गरेका कामको बिवरण सहित आगामी योजना लगेर निर्बाचनमा कांग्रेस जानुपर्ने बताउनुभएको हो । उहाले भन्नू भयो,``५ बर्षमा मैले आफूले गरेको प्रतिबद्धता कति पूरा गरेँ भन्ने रिपोर्ट कार्ड लिएर हामीले जितेको क्षेत्रमा जाने हो । उधारो घोषणापत्रको काम छैन ।" महामन्त्री थापाले पाटीले फरक पाटी सँग गठबन्धन गरेर चुनाव लड्दै गर्दा आफ्नो चुनाव चिन्ह छाडेर अरुको चिनहमा भोटहाल्न कांग्रेस कार्यकर्तालाई उर्दि गरेकोमा क्षमा माग्दै आगामी निर्बाचनमा कदापि…
प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले प्यूठानको माण्डवी गाउँपालिका २ रातापनीमा घरभित्रै मृत भेटीएका दम्पती हत्यामा संलग्ललाई पक्राउ गरि आईतबार सार्बजनिक गरेकोछ । दम्पती हत्या गर्ने रातापानीकै ३४ बर्षिय पंकज परियार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी केशव केसीले बताए । शनिवार दिउसो बङ्गलाचुली र प्यूठानको माण्डवी २ रातापानी सिमाना क्षेत्र स्थित रातापानीका दम्पती बर्ष ६० का रामबहादुर परियार र उनकी श्रमती ५६ बर्षय हुकुमा मृत फेला परेको सूचना पाएपछि घटनास्थल पुगेको प्यूठानको प्रहरी टोलीले घटना बिवरण अध्ययन गर्दै जाँदा अपराधी समाउन सफल भएको हो । घरको कोठाभित्र मृत अबस्थामा फेला परेपछि स्थानियले जिल्ला प्रहरी कार्यालय प्यूठानलाई शनिवार प्रहरीलाई…
प्यूठान । ऐरावती गाउँपालिकाको १७ औं गाउँ सभामा दुईतिहाई भन्दा बढि योजनाहरु कार्यन्वयनको प्रकृयनको प्रकृयामा रहेको बताईएकोछ । आईतबार सम्पन्न गाउँ सभामा पालिकाकाले कर्मचारी व्यवस्थापन, गाउँपालिका भित्रका मुख्य सड्क मर्मत र भुक्तानी, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्मचारी छनौट, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनौट गरिएको, महेन्द्र मावि सराङ्गबेसीको भवन निर्माणको लागि भारतीय राजदुतावासमा आवश्यक पहल , ८ वटा योजनाको ठेक्का, १५ शैयाको आधारभुत अस्पतालको निर्माण कार्य भैरहेको लगायतका कार्यहरु पालिकाबाट भएको पालिका अध्यक्ष नविल बिक्रम शाहले बताउनुभयो । ऐरावती गाउँपालिकाबाट आर्थिक वर्ष २०८१।०८२ का लागि स्वीकृत भएका २९४ वटा योजना मध्ये २१८ वटा योजनाहरु उपभोक्ता समिति मार्फत संचालन हुने गरी…
भिमकला कुवर प्युठान । प्युठान जिल्लाको ऐतिहासिक पर्यटकीयस्थल भित्रिकोट दरबारको तस्बिर अंकित हुलाक टिकट प्रचलन आएको छ । हुलाक सेवा विभागले ‘भित्रीकोट दरबार’ र ‘पञ्चमार्क मुद्रा’ दुई नयाँ टिकट आजदेखि प्रचलनमा ल्याएको हो । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई टिकटको आवरणमा टाँचा प्रदान गरेका छन् । विभागले सप्ताहव्यापी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा टाँचा प्रदान गरेको छ । सोमबार देखि लागु हुने गरि १० रुपियाँ मूल्य रहेको दुई टिकट प्रचलन ल्याईएको हुलाक सेवा विभागले जनाएको छ । नेपाल बाइसे र चौविसे राज्यमा सञ्चालन अवधिमा चौविसे राज्य अन्तर्गतको शक्तिशाली राज्यको रुपमा रहेको प्युठान नगरपालिका…
प्यूठान । जिल्लामा मृगौला फेल भएका बिरामीको उपचारका लागि डायलासिस मेसिन खरिद गर्न प्यूठान उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । मेसिन खरीद गर्न संघले एक लाख रुपियाँ सहयोग गरेको हो । शनिवार स्वर्गद्वारीमा बसेको लायन्स क्लब अफ ३२५ N को तेस्रो क्याबिनेट बैठककाे अवसरमा संघका अध्यक्ष पशुपति नारायण नकर्मीले चेक हस्तान्तरण गर्नुभएको हो । प्यूठान अस्पतालबाट सेवा प्रवाह गर्ने गरि डायलिसिस मेसिन खरीदकाे लागि लायन्स क्लब अफ प्यूठानले प्रक्रिया अघि बढाएको छ । डायलासिस परियोजना अन्तर्गत लायन्स क्लब ईन्टरनेसनलले एक करोड ३० लाख २७ हजार पाँच सय ४७ रुपैया उपलब्ध गराएको छ । परियोजना अन्तर्गत ७५ प्रतिशत लागत…