Skip to main content

सरोकार पोस्ट

८४ को निर्बाचनमा रिपोर्ट कार्ड लिएर जानुपर्छ, पाटी महाधिवेशन पनि निर्धारित समयमा हुन्छ: कांग्रेस महामन्त्री थापा

Advertisement

प्यूठान । नेपाली कांग्रेसले आगामी २०८४ मा हुने तिनै तहको निर्बाचनमा पाँच बर्षको अवधिमा भएका उपलब्धि सहितको रिपोर्ट कार्ड लिएर जाने बताउनुभएकोछ ।
नेपाली कांग्रेस प्यूठानले शोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गरेका कामको बिवरण सहित आगामी योजना लगेर निर्बाचनमा कांग्रेस जानुपर्ने बताउनुभएको हो । उहाले भन्नू भयो,“५ बर्षमा मैले आफूले गरेको प्रतिबद्धता कति पूरा गरेँ भन्ने रिपोर्ट कार्ड लिएर हामीले जितेको क्षेत्रमा जाने हो । उधारो घोषणापत्रको काम छैन ।”

oppo_2

महामन्त्री थापाले पाटीले फरक पाटी सँग गठबन्धन गरेर चुनाव लड्दै गर्दा आफ्नो चुनाव चिन्ह छाडेर अरुको चिनहमा भोटहाल्न कांग्रेस कार्यकर्तालाई उर्दि गरेकोमा क्षमा माग्दै आगामी निर्बाचनमा कदापि त्यसो नहुनेबताउनु भयो । उहाले भन्नुभयो, “सरकारको नेतृत्वको सवालमा कांग्रेसबाट कसैलाई बेईमानी हुदैन । तर हेप्न खोजे प्रतिबाद गर्छौँ । २०८४ को चुनावमा कांग्रेसले रुखमा बाहेक अन्त भोट माग्दैन । हामीले गत निर्बाचनमा गिलासमा भोट माग्यौँ, अब त्यस्तो गल्ती फेरि गर्ने छैनौँ ।”

गठबन्धन सरकार २०८४ सम्मनै चल्ने

महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दाबी पनि गर्नुभएको छ । उहाँले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार सरकार २०८४ सालसम्म सञ्चालन हुने स्पष्ट पार्नुभयो । “अबको तीन वर्ष सरकार स्थिर रूपमा सञ्चालन गर्छौं । कुनै चकचक गर्दैनौं, उपद्रो पनि गर्दैनौँ । कांग्रेस सत्ता र सरकारका लागि बेइमानी गर्दैन।’’

उहाँले कांग्रेस र नेकपा एमालेबिचको सम्बन्ध बराबरीको हुने बताउँदै थप्नुभयो, “हामी न त एमालेलाई हेप्छौं, न त आफू हेपिन तयार छौं। केन्द्रदेखि जिल्ला तहसम्म समान व्यवहार हुनुपर्छ । उहाँले एमाले सांसद सुर्य थापालाई संकेत गर्दै भन्नुभयो, ” कुनै दुर्व्यवहार भए सहेर बस्दैनौँ ।” उहाँले अबको ३६ महिना विधि, शासन र परिणाममुखी सरकार सञ्चालन गर्ने र बाकी समयको अधिकतम उपयोग गर्ने बताउनु भयो ।

oppo_2

बिगतका दशकहरू शान्ति प्रक्रिया , संविधान निर्माण र कार्यान्वयनमा बितेको उल्लेख गर्दै महामन्त्री थापाले २०८० देखि २०९० लाई विकास र निर्माणको दशक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो दशक रोजगारी सिर्जना, नेपाली आमाबुवालाई खुसी दिने, गरिबी र बेरोजगारी घटाउने दशकको रूपमा स्थापित गर्नुपर्छ । कांग्रेससँग योजना, भिजन, र सङ्कल्प छ,’’ उहाँले भन्नुभयो । यस्तै महामन्त्री थापाले पार्टीको १५औँ महाधिवेशन र २०८४ को निर्वाचनका सन्दर्भमा आवश्यक छलफलको समय नआइसकेको पनि स्पष्ट पार्नुभयो ।

oppo_1024

कांग्रेसको १५ ओैँ महाधिवेशन निर्धारित समयमानै हुने

महामन्त्री थापाले नेपाली कांग्रेसको १५ महाधिवेशन पाटीको बिधान अनुसार तोकिएकै समय भित्र हुने बताउनु भयो । उहाँले पाटीको कृयाशिल सदस्यता सबै जिल्लामा पुगिसकेको जानकारी गराउँदै चैत महिना भित्र कृयाशिल नबिकरण र आवस्यकता आधारमा नयाँ बितरण गरेर केन्द्रीय समितिमा नपठाए त्यो जिल्लाको अधिवेशन नहुने बताउनु भयो । तर प्यूठानको प्रदेश सभा निर्बाचन क्षेत्र ख मा क्षेत्रीय समितिले सदस्यता नबुझेर आलटाल गरिरहेको जिल्ला सभापति बिष्णु कुमार गिरीले बताउनु भएको छ । उहाँले पाटीको बिधान र प्रदेश तथा केन्द्रीय समितिको निरदेशन बमोजिम अब बाँकी वडाहरुमा कृयाशिल फारम पठाईने बताउनु भयो ।
महामन्त्री थापाले प्रत्यक्ष निर्बाचन प्रकृयाबाट सबै कृयाशिल सदस्यले भोट गरेर पाटीको सभापति चयन गर्ने गरि बिधान संशोधन गर्दा उचित हुने बताउनु भयो । उहाले भन्नुभयो, “जिल्ला र प्रदेशहरुबाट प्रस्ताव प्रत्यक्ष निर्बाचनकै आएको छ । यसै गर्यौँ भने पाटीको गुटसुट सबै अन्त्य हुनेछ ।´
उहाँले अहिलेको व्यवस्था कांग्रेसकै नेतृत्वमा आएकोले संरक्षण गर्नु पनि कांग्रेसकै दायित्व हुने भताउनुभयो । तर सबै सजक हुन उहाँको आग्रह छ ।

प्रदेश सरकारलाई केन्द्र सरकारले नै कम्जोर बनाएको छ

कांग्रेस महामन्त्री थापाले अहिले संघिय सरकारलाई लक्षित गर्दै काठमाडौंमा प्रदेश सरकार खारेजी गर्ने बहस चलेको बताउनु भयो । उहाँले प्रदेश सरकारको अधिकार केन्द्रीय सरकारले च्याँपेर राखेकोले प्रदेश सरकार कम्जोर लगाम लगाएको घोडा जस्तो धएको बताउनु भयो । उहाँले भन्नू भयो, “प्रदेशले केही पनि कामगर्न सकिरहेको छैन । किनकी केन्द्रले एउटा पनि अधिकार प्रदेशलाई दिएको छैन । पाँचलाखको बाटो बनाउन पनि केन्द्रकै मुख ताकेर बस्नुपर्ने, स्वीकृति लिनु पर्ने अवस्था छ । यस्तो गलत हो ।”

oppo_2

उहाँले प्रदेश खारेज भएमा सबै जिल्लाहरु झन कम्जोर हुने र झनै ठगिने बताउनु भयो । प्रदेशका अधिकार प्रदेशलाईनै दिएर काम गर्न उहाले आग्रह गर्नुभयो ।

फोटो फाईल :

oppo_2

oppo_1024

oppo_2
oppo_2
oppo_2
oppo_2
oppo_2
oppo_1024
oppo_1024
oppo_2
oppo_2
oppo_2
oppo_1024
oppo_2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...