शिक्षक संघ र कर्मचारी युनियनको क्यालेन्डर बिमोचन प्यूठान । नेपाल निजामती कर्मचारी युनियन प्यूठान, युनियन लुम्बिनी प्रदेश समिति र शिक्षक संघ प्यूठानले आयोजना गरेको २०८२ को भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्री शरोज थािा(रोज राणा)ले कर्मचारीको हकहित र शिक्षक आन्दोलन प्रति ऐक्यबद्धता व्यक्त गरेकाछन् । प्यूठानको जुम्रीमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राँणाले लुम्बिनीको प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कांग्रेसको नेतृत्व आफूले गरेकोले पाटीको तर्फबाट ऐक्यबद्धता जनाएको बताएकाहुन् । उनले भने,`म र मेरोपाटी शिक्षकहरुकाे आन्दोलन र कर्मचारीहरुको हकहित प्रति प्रतिबद्धता सहित ऐक्यबद्धता व्यक्त गर्दछु ।" कार्यक्रमको सहजिकरण शिक्षक संघ प्यूठानकी अध्यक्ष जानका केसीले गरेकी…
`स्याउलिवाङ्गबासीलाई बत्ति मुनिको अँध्यारो बल्ल हट्यो´ प्यूठान । करिब ३ दशक देखि जिल्लामै १२ मेगावाट बिद्युत उत्पादन हुँदै आएपनि बिद्युतको राष्ट्रिय प्रशासण लाईनको पहुँचमा नरहको उत्तरी प्यूठानका स्याउलिवाङ्ग बासी माझ नेपाल बिद्युत प्राधिकरणले बल्ल राष्ट्रिय प्रसारण लाईन पुर्याएको छ । स्याउलिवाङ्गमा बिद्युतिय राष्ट्रिय प्रसारण लाईन पुर्याउन बि.स. २०७७/०७८ मा करिब १५ लाख बजेट बिनियोजन गरि पहुँच बिस्तार गर्न खोजिएको थियो । तर कोभिड १९ काे प्रकोपका कारण काम अबरोध भएकोले २०७९/८० मा बिद्युत बिस्तार गर्न पुन: टेण्डर भएको थियो । पछिल्लो टेण्डर जय दुर्गे कन्ट्रक्सन प्रालिले रु.१५ लाखमा लिएर यस आ ब मा २ सय घरधुरीमा बिद्युत जडान गरि बिहिबार…
३०१ शिक्षक र विद्यार्थीले लिए सहभागिता, प्रविधिमैत्री शिक्षाको अभ्यास सुरु सम्बाददाता प्यूठान । जिल्लाका पाँच क्याम्पस र पाँच माध्यमिक विद्यालयमा कृत्रिम बुद्धिमत्ता (AI) तथा ChatGPT प्रयोगसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा फागुन २६ देखि चैत २२ गतेसम्म संचालन भएको उक्त तालिममा कुल ३०१ जना सहभागी भएको कार्यालयका ईन्जिनियर पारस भण्डारीले बताए । फागुन २६ गते अमर माबि भिंगृबाट लुम्बिनी प्रदेश सांसद निमा गिरीले उद्घाटन गरि चैत २२ गते स्वर्गद्वारी क्याम्पस पुण्ड्यखोलाबाट तालिम समापन गरेकी छन् । उनले तालिम बिश्व प्रबिधि सँग आफू सुरक्षित रही कसरी सहि सदुपयोग गर्न सकिन्छ भनेर सिक्ने अवसर पाएकाले तालिम…
लुम्बिनी प्रदेश । रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै शुक्रबार उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधशी रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो । त्यसैगरी बुटवल स्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएका उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीलाई पनि अदालतले थुनामा पठाउने आदेश दिएको छ । यसअघि रविलाई कास्की, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएका थिए । उता छविलाई भने रुपन्देही जिल्ला अदालतले थुनामा पठाउने आदेश…
प्यूठान । बृह्यत विजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा बालाजु राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्बाचित भएकोछ । अध्यक्ष र कार्यसमिति सदस्य पदहरुमा निर्बिरोध भएपनि उपाध्यक्ष देखि कोषाध्यक्ष सम्मका पदाधिकारीमा सहमति नभएपछि मतदान प्रकृयाबाट टुंगो लगाईएको निर्बाचन समितिले जनाएकोछ । जम्मा २१२ प्रतिनिधि मतदाता रहेको उक्त संस्थामा १०७ मत खसेको थियो । खसेको मत अनुसार उपाध्यक्ष पदमा ७७ मत ल्याई टुक बहादुर थापा, सचिब पदमा ८८ मत ल्याई ऋषिराम पण्डित, सहसचिबमा ८१ मत ल्याई डिमराज पोख्रेल र कोषाध्यक्षमा ७९ मत ल्याई शन्तोष श्रेष्ठ बिजयि भएको निर्बाचन समितिका संयोजक अधिबक्ता गोबिन्द पोख्रेलले बताए । उनले सबै प्रतिद्वन्द्वी उमेद्वारहरुले विभिन्न कारण…
प्यूठान – माध्यमिक शिक्षा परीक्षा (SEE) चैत ७ गतेदेखि सुरु हुँदैछ। परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको माध्यमिक परिक्षा बोर्डले जनाएको छ। प्यूठानमा ८५ विद्यालयका ४,९४० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दुर्गा खड्काका अनुसार ७८ सामुदायिक र ७ संस्थागत विद्यालयका विद्यार्थीले १७ परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन्। गत वर्षसम्म कक्षा १० सञ्चालन गर्ने ७३ सामुदायिक विद्यालयबाट विद्यार्थी सहभागी भए पनि यस वर्ष ५ विद्यालय थपिएर संख्या ७८ पुगेको छ। विद्यार्थीको विवरण: नियमित: ३,४६९ जना प्राविधिक: १९६ जना ग्रेड वृद्धि: १,२५६ जना प्राविधिक ग्रेड वृद्धि: १९ जना परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष,…
प्यूठान— प्यूठानका तीन क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीनवटै प्रमुख विद्यार्थी संगठनका उम्मेदवार विजयी भएका छन्। प्यूठान क्याम्पस, गौमुखी क्याम्पस, र अमर क्याम्पसमा क्रमशः नेविसंघ-अखिल छैठौं गठबन्धन र अनेरास्ववियुले सभापति पद जितेका हुन्। प्यूठान क्याम्पस खलंगा:- प्यूठान क्याम्पसमा नेविसंघ र अखिल छैठौं गठबन्धनका प्रमोद ओली स्ववियु सभापतिमा विजयी भएका छन्। उनले ४६ मत प्राप्त गर्दै अनेरास्ववियुका रुद्रमणी भुसाललाई १२ मतको अन्तरले पराजित गरे। भुसालले ३४ मत प्राप्त गरे। निर्वाचनमा ८० मत खस्दा प्रत्यक्ष तर्फ गठबन्धनकै उम्मेदवारहरू विजयी भएका छन्। सचिवमा अखिल छैठौंकी सावित्रा नेपालीले ४२ मत प्राप्त गरिन् भने कोषाध्यक्षमा नेविसंघकी खिमा कुमारी घर्ति मगर ३९ मतसहित विजयी…
प्यूठान । स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्यूठानमा स्ववियु निर्वाचन स्थगित गरिएपछि विभिन्न विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्। जिल्लाकै पुरानो र प्रमुख विद्यार्थी संगठनहरूको चासोको विषय रहेको उक्त क्याम्पसमा निर्वाचन समितिले "निर्वाचन गर्न उपयुक्त वातावरण नभएको" भन्दै क्याम्पस प्रशासनलाई जानकारी गराएपछि निर्वाचन चैत १४ गतेसम्मका लागि स्थगित गरिएको हो। तर, निर्वाचन अधिकृत यज्ञबीर पाण्डेले निर्वाचन स्थगित गर्नुको ठोस कारण खुलाउन अस्वीकार गरे। "के कारणले निर्वाचनको वातावरण नभएको हो?" भन्ने प्रश्नमा उनले भने, "त्यो तपाईंले बुझ्नुहुन्छ। उपयुक्त वातावरण भएन। यदि सहज भयो भने चैत १४ गते निर्वाचन हुन्छ।" स्ववियु निर्वाचनका लागि कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, मसाल निकट अखिल छैटौँ,…
प्यूठान – नेपाल विद्यार्थी संघ (नेविसंघ) प्यूठानले अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदमा उम्मेदवार दिएका रुद्रमणी भुषाल अपहरण गरेको आरोप लागेको छ। नेकपा एमालेका मल्लरानी गाउँ पालिका ईकाई अध्यक्ष नोमराज पौडेलले नेविसंघलाई स्वबियु सभापतिका उम्मेदवार भुषाललाई अपहरण गरि बन्धक बनाएको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएकोछ । तर, नेविसंघका प्यूठान अध्यक्ष कल्याण विक्रम केसीले यो आरोपलाई लज्जास्पद भन्दै खण्डन गरेका छन्। केसीका अनुसार, भुषाल आफ्नै इच्छाले घरमा बसिरहेका थिए, तर अनेरास्ववियुले हार स्विकार्न नसकी यस्तो आधारहीन आरोप लगाएको हो। उनले भने, "एमाले र अनेरास्ववियुले आफ्नो उम्मेदवार सम्पर्कमा आएन भनेर हामीलाई अपहरणको आरोप लगाउनु हास्यास्पद हो।" जिल्ला प्रहरी प्रमुख…
होली पर्वको ऐतिहासिक पृष्ठभूमि हिन्दू धर्मका विभिन्न पुराण तथा ग्रन्थहरूसँग जोडिएको छ। यो पर्व विशेष गरी दानवी राजा हिरण्यकश्यप, उनको भक्त पुत्र प्रह्लाद, र उनकी दुष्ट बहिनी होलिकासँग सम्बन्धित छ। होली पर्व आज नेपालको पहाडी तथा हिमाली जिल्लाहरुमा हर्शोल्हसका साथ मानईदै छ भने भोलि तराईमा मनाईने छ । होली पर्बको वास्तविक किम्बदन्ती यश प्रकार छ । १. हिरण्यकश्यप, प्रह्लाद र होलिका कथा: राजा हिरण्यकश्यपले आफूलाई अमर बनाउने इच्छा राखेर कठोर तपस्या गरी ब्रह्माबाट बरदान प्राप्त गरेका थिए। उनले भगवान विष्णुको पूजा गर्न निषेध गरे तर उनका छोरा प्रह्लाद विष्णुभक्त थिए। यसबाट क्रोधित भएर हिरण्यकश्यपले प्रह्लादलाई मार्ने प्रयास गरे। अन्ततः उनले…