प्यूठान । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त गगन बिष्टले अहिलेको दुनियामा जो व्यक्तिसँग प्राप्त सूचना हुन्छ उ व्यक्ति सबै भन्दा धनी बन्ने बताएका छन् ।

प्यूठान सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिमा जिल्लाका कार्यालय प्रमुख, कार्यालयका सूचना अधिकारी, सञ्चारकर्मीहरुलाई सूचनाको हकसम्बन्धि अन्तरकृया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सूचना आयुक्त बिष्टले सबै नागरिकलाई सूचनाको हक मौलिक अधिकारको व्यवस्था संबिधानले नै गरेको भन्दै यस्तो बताएका हुन् । उनले कार्यालयमा सेवा प्रवाहलाई सुशासनमुखि र पारदर्शी बनाउन सूचनाहरलाई बर्गिकरण गर्न र सार्बजनिक गर्नुपर्ने सूचना नियमित सार्बजनिक गर्न कार्यालय प्रमुख र सूचना अधिकारीहरुलाई आग्रह गरे । जुनसुकै नागरिकले सूचना माग्छ भने नियमानुसार सूचना उपलब्ध गराउनु पर्ने कार्यालयको दायित्व हुने उनको भनाई छ । 



