सरोकार पोस्ट

ऐरावतीमा श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम

Advertisement

शागर रिजाल
प्यूठान । ऐरावती गाउँपालिकाले श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम सुरु गरेको छ ।
श्रमजीविहरुको लागि नेपालको संविधान २०७२ मा भएको व्यवस्था बमोजिम श्रम तथा श्रमिकको मर्यादा, अभिबृद्धि तथा आन्त्रिक रोजगारी प्रवर्दन गर्ने ,न्यूनतम रोजगारी सिर्जना गर्ने, मानविय मर्यादालाई कायम राख्ने, सबै प्रकारका भेदभावलाई न्यूनिकरण गर्दै लैजाने, अन्तरतह, अन्तरनिकाय र नीजि क्षेत्रसंग बहुपक्षीय साझेदारी गर्ने , स्वदेशमै काम गर्ने संस्कृतिको विकास गर्ने लगायतका उदेश्यले यो कार्यक्रम संचालन गरिएको रोजगार संयोजक विनोद कुमार त्रिपाठीले बताउनुभयो । यो कार्यक्रम गाउँपालिका रोजगार सेवा केन्द्रले सञ्चालन गरेको हो ।

सेवा केन्द्र मार्फत हालसम्म गाउँपालिकाका वडा नं २,४ र ५ मा यो कार्यक्रम सम्पन्न गरिसकेको र केही समयमै सवै वडामा यो कार्यक्रम गर्ने रोजगार संयोजक त्रिपाठीले बताउनभयो । जनप्रतिनीधि, टोल विकास समितिका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी र वेरोजगार व्यक्तिलाई सहभागी बनाएर कार्यक्रम गरेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सहभागीलाई प्रधानमन्त्री रोजगार निर्देशिका २०७५ सम्बन्धी जानकारी, रोजगारीको हक सम्बन्धी नियमावली २०७५, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन तथा व्यवस्थापन कार्यविधि २०७७, वेरोजगार सूचि निर्धारण तथा प्राथमिकिकरण मार्गदशन २०७६, श्रमको सम्मान राष्टको अभियान २०७८ का बारेमा जानकारी दिएको रोजगार संयोजक त्रिपाठीले बताउनुभयो ।
त्यस्तै रोजगारी सम्बन्धी संघिय सरकारको अधिकार, प्रदेश सरकारको अधिकार र स्थानीय सरकारको अधिकार क्षेत्रको बारेमा जानकारी , वेरोजगार सूचि दर्ता अनुसुचि १ को बारेमा जानकारी र एकिकृत रोजगार प्रवद्र्धनको बारेमा पनि जानकारी गराएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...