प्यूठान । होटल ब्यवसायी संघ प्यूठानको अध्यक्षमा लिलाधर न्यौपाने निर्वाचित एकाछन् । शनिवार सप्पन्न छैठौं अधिवेशनमा भएको निर्बाचनबाट न्यौपने अध्यक्ष पदमा विजयी भएकाहुन् ।
संघको जिल्ला कार्यसमितिमा अध्यक्ष पद बाहेक सबै पदमा सर्बसम्मत भएको थियो । तर अध्यक्ष पदमा पर्यटन उपाध्यक्ष रहेका वसन्त भण्डारी र महासचिब रहेका लिलाधर न्यौपाने बिच सहमति नभएपछि मतदान भएको संघले जनाएको छ । 
संघमा आबद्ध ६ सय ११ सदस्यहरु मध्य ३ सय ४५ मत खस्दा न्यौपानेले २०७ मत प्राप्त गरि बिजय भएका छन् भने प्रतिस्पर्धी भण्डारीले १२२ मत पाए । ६ मत बदर भएको निर्बाचन अधिकृत रामेश्वर सुबेदीले बताए ।
होटल व्यवसायि संघ प्यूठानमा स्थापना काल देखि पाँचौ अधिवेशन सम्म सबै पदहरुमा सर्बसम्मत हुँदै आएको थियो । तर छैटौं अधिवेशनमा पुर्ब अध्यक्षहरु दधिराम भण्डारी र चन्द्रलाल न्यौपानेका भाईहरु बिचमा सहमति नभएपछि मतदान प्रकृयाबाट निर्बाचन सम्पन्न भएको हो ।



