शिक्षक संघ र कर्मचारी युनियनको क्यालेन्डर बिमोचन
प्यूठान । नेपाल निजामती कर्मचारी युनियन प्यूठान, युनियन लुम्बिनी प्रदेश समिति र शिक्षक संघ प्यूठानले आयोजना गरेको २०८२ को भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्री शरोज थािा(रोज राणा)ले कर्मचारीको हकहित र शिक्षक आन्दोलन प्रति ऐक्यबद्धता व्यक्त गरेकाछन् ।
प्यूठानको जुम्रीमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राँणाले लुम्बिनीको प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कांग्रेसको नेतृत्व आफूले गरेकोले पाटीको तर्फबाट ऐक्यबद्धता जनाएको बताएकाहुन् । उनले भने,`म र मेरोपाटी शिक्षकहरुकाे आन्दोलन र कर्मचारीहरुको हकहित प्रति प्रतिबद्धता सहित ऐक्यबद्धता व्यक्त गर्दछु ।”

कार्यक्रमको सहजिकरण शिक्षक संघ प्यूठानकी अध्यक्ष जानका केसीले गरेकी थिईनभने अध्यक्षता नेपाल निजामती कर्मचारी युनियन लुम्बिनी प्रदेश कार्यसमिति अध्यक्ष बामदेव शर्माले गरेका थिए । यस्तै सहभागिलाई स्वागत युनियनका जिल्ला अध्यक्ष सुर्य ब. पन्तले गरेकाथिए ।



