प्यूठान । नमस्ते प्यूठान यातायात सेवा प्रा.लिले शुक्रबारदेखि खलङ्गा काठमाण्डौ एसी डिलक्स बस सेवाको शुरुवात गर्ने भएको छ । उक्त प्रा.लिले प्यूठान सदरमुकाम खलंगा र टिकुरी बसपार्क हुँदै सेवा दिन ५ वटा सिल्पर वाला एसि डिलक्स बस ल्याएको जनाएको छ ।

विहिवार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा शुक्रबारदेखि प्यूठान न पा ७ टिकुरी बसपार्कबाट सेवा संचालन हुने प्रालिका महासचिव मुकेश थापाले जानकारी गराए ।
उनले भने, `पहिलो चरणमा तीन वटा एयर सस्पेन्सन बस मार्फत यात्रुहरुलाई सेवा दिन लागिएको छ । दुई वटा बस तयार हुँदैछन् । भदौ सम्ममा आउछन् ।´
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले यातायात क्षेत्रमा शिष्ट व्यवहार, खाजा खाना राम्रो ठाउँमा नखुवाउने, यात्रुहरुलाई दुख दिने जस्ता गुनासा रहेकोले सुधार गर्न सुझाव दिएका थिए । यात्रुहरुलाई शिष्ट, खाना तथा नास्ताको राम्रो व्यवस्था सहित सुरक्षित तथा आरामदायी यात्रा गराउने तर्फ प्राली सदैव प्रतिबद्ध रहेको अध्यक्ष लिलाप सिंह केसीले बताए । खलंगादेखि काठमाण्डौँसम्मको भाडा १ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ । यस्तै सिल्पर सिटको भने २ हजार भाडा तोकिएको छ ।
यसैबिच लगतै स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालीले सिल्पर एसि डिलक्स बस ल्यादै छ । उक्त प्रालीले ९ वटा बस ल्याउने जनाएकोछ । उक्त प्रालिका प्रबन्धक चन्द्रमान श्रेष्ठका अनुसार शोमबारदेखि सिल्पर एसी डिलक्स बस सञ्चालन हुदैछन् ।




