सरोकार पोस्ट

प्रमुख समाचार

नौबहिनी, माण्डवी र सरुमारानी गा.पा.को बित्तिय प्रगति सार्बजनिक

नौबहिनी, माण्डवी र सरुमारानी गा.पा.को बित्तिय प्रगति सार्बजनिक

प्यूठान । आर्थिक वर्ष ०८०/०८१ को चालु खर्च ९०.९१ प्रतिशत र पुँजिगत खर्च ९६.११ प्रतिशत खर्च गर्दै नौबहिनी गाउँपालिकाको चालु आर्थिक वर्षको कारोबार बन्द भएको छ । गाउँपालिकाले बार्षिक बित्तिय प्रगति सार्बजनिक गर्दै मंगलबार देखि कारोबार बन्द भएको जनाएको छ । नौबहिनीमा चालु तर्फ ३६ करोड ९४ लाख ४७ हजार ७७४ बिनियोजन गरेकोमा ३५ करोड ५८ लाख ५२ हजार १३ रुपियाँ निकासा भएको थियो । जसमध्ये ३२ करोड ३५ लाख ७ हजार ९५९ रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै पुँजिगत तर्फ १७ करोड ४२ लाख ४२ हजार बिनियोजित बजेट मध्ये १५ करोड ७१ लाख ५८ हजार २ सय…
Read More
सप्तकोशीका ४१ ढोका खोलियो, बैतडीका ६० परिवार सुरक्षित स्थानमा सारियो

सप्तकोशीका ४१ ढोका खोलियो, बैतडीका ६० परिवार सुरक्षित स्थानमा सारियो

सप्तकोशी नदीको कोशीब्यारेजका ४१ ढोका खोलीकोछ ।सप्तकोशीको जलसतह बढ्दै गएको छ । बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।   यसैबिच सेती नदीको जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि सिगास गाउँपालिकाका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका…
Read More
राजपुर गाउँपालिकाले बनायो बालमैत्री शासनका थप सुचक

राजपुर गाउँपालिकाले बनायो बालमैत्री शासनका थप सुचक

देउखुरी । दाङ्ग जिल्लाको ठूलो पालिका राजपुर गाउँपालिकाले बालमैत्री स्थानीय शासनका थप सुचकहरु निर्माण गरेकोछ । गाउँपालिकाका ७ वटै वडाहरुमा रहेका बालबालिका सँग सरोकार राख्ने विभिन्न कार्यालय, संघ-संस्था, सरोकारवाला, जनप्रतिनिधि सँग आवस्यक छलफल गरि संस्थागत विकास र सेवा प्रवाह सँग सम्बन्धित बालमैत्री स्थानीय शासनका थप ३४ वटा सुचकहरु निर्माण गरि गाउँ कार्यपालिकाले सुझाव सहित पारित गर्ने निर्णय गरेको हो । शुक्रबार कार्यपालिका बैठकमा बालमैत्री स्थानिय शासन रणनीति तथा कार्यान्वयन निर्देशिकम २०६८ ले निर्धारण गरेका सुचक सँगै गाउँपालिकाको आवस्यकता अनुसार निर्माण गरिएका थप सुचक बारे छलफल भएको थियो । कार्यपालिकामा बालमैत्री सुचकहरुको बिषयमा बालअधिकारको क्षेत्रमा लामो समय काम गरि अनुभव गरेका…
Read More
प्यूठान-काठमाडौं सिल्पर एसि डिलक्स बस सञ्चालन, दुई यातायात बिचको प्रतिस्पर्धाले यात्रुलाई सहज

प्यूठान-काठमाडौं सिल्पर एसि डिलक्स बस सञ्चालन, दुई यातायात बिचको प्रतिस्पर्धाले यात्रुलाई सहज

प्यूठान । नमस्ते प्यूठान यातायात सेवा प्रा.लिले शुक्रबारदेखि खलङ्गा काठमाण्डौ एसी डिलक्स बस सेवाको शुरुवात गर्ने भएको छ । उक्त प्रा.लिले प्यूठान सदरमुकाम खलंगा र टिकुरी बसपार्क हुँदै सेवा दिन ५ वटा सिल्पर वाला एसि डिलक्स बस ल्याएको जनाएको छ ।  विहिवार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा शुक्रबारदेखि प्यूठान न पा ७ टिकुरी बसपार्कबाट सेवा संचालन हुने प्रालिका महासचिव मुकेश थापाले जानकारी गराए । उनले भने, `पहिलो चरणमा तीन वटा एयर सस्पेन्सन बस मार्फत यात्रुहरुलाई सेवा दिन लागिएको छ ।  दुई वटा बस तयार हुँदैछन् । भदौ सम्ममा आउछन् ।´ पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले यातायात क्षेत्रमा शिष्ट व्यवहार, खाजा खाना राम्रो ठाउँमा…
Read More
सरकारलाई दिएको समर्थन एमालेद्धारा फिर्ता, मन्त्रीले बुझाए राजिनामा

सरकारलाई दिएको समर्थन एमालेद्धारा फिर्ता, मन्त्रीले बुझाए राजिनामा

काठमाडौं— नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोछ । आज एमालेबाट सरकारमा मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाईसकेका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरू राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए । एमाले मन्त्रीहरूको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् । राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘राजीनामासँगै समर्थन पनि फिर्ता भएको छ,’ उनले भने।
Read More
कांग्रेस-एमालेको नयाँ सरकार बनाउने तयारी, सहमतीको मस्यौदामा के के छन ?

कांग्रेस-एमालेको नयाँ सरकार बनाउने तयारी, सहमतीको मस्यौदामा के के छन ?

  काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति मध्यरातमा भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ । कांग्रेस-एमाले समझदारीको मस्याैदा : १.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने । २.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने । ३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी । ४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने । ५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने…
Read More
रोल्पा र प्यूठान सवारी र्घटनामा ७ को मृत्यु

रोल्पा र प्यूठान सवारी र्घटनामा ७ को मृत्यु

रोल्पा र प्यूठानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनालाई उपचारका लागि लैजादै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएकोछ ।  रोल्पा दुर्घटनामा अन्य ६ यात्रु  गम्भीर घाइते भएका छन् । रोल्पा जिप दुर्घटनाका मृतकको सनाखत भइसकेको छैन । रोल्पा माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय…
Read More
प्यूठान सहित देशभर  महासंका कार्यालयमा युनियनको धर्ना

प्यूठान सहित देशभर महासंका कार्यालयमा युनियनको धर्ना

भिमकला कुवर प्यूठान । नेपाल पत्रकार महासंघ नेतृत्वले सदस्यता बितरण बिधान बिपरित गरि गैर पत्रकारलाई सदस्याता दिएको भन्दै नेपाल प्रेस युनियनले चरणबद्ध आन्दोलन गरिरहेकोछ । महासंघको केन्द्रीय कार्यालय देखि प्रदेश, जिल्ला र एशोसियट्स शाखाहरुमा समेत तालाबन्दी गरि आज महासंघ केन्द्रीय मुख्यालय देखि देश भर धर्ना दिएकोछ । प्यूठान शाखामा पनि आज युनियनले धर्ना दिएकोछ । पत्रकार महासंघको गरिमा कायम नभएको, सदस्यता बितरण गर्दा बिधान बिपरित मनोमानी रुपले गरेको, शुद्धीकरण गर्दा पक्षपात गरिएको भन्दै युनियनले सच्चाउन माग गर्दै आन्दोल गर्दै आएकोछ । जस्ले गर्दा केन्द्रीय निर्बाचन समितिले निर्बाचन प्रकृया अगाडि बढाउन सकेकोछैन ।
Read More
बौद्धिक जमातलाई गिज्याउँदै टिकुरीका अशक्त `रबिलाल´

बौद्धिक जमातलाई गिज्याउँदै टिकुरीका अशक्त `रबिलाल´

प्यूठान । जिल्लाको राजनैतिक, सामाजिक हिसावले कहलिएको गाउँहो, प्यूठान नगरपालिका ७ टिकुरी । आर्थिक हिसावले पनि प्राय सम्पन्न परिवारहरु रहेको गाउँ । प्राय जसोको घरमा रोजगार गर्ने सदस्यछन्, कुनै पेन्सनरहरु । कुनै शुन्दर नगर निर्माणको बाग्डोर सम्हालेका जनप्रतिनिधिहरु । तर गाउँको समग्र विकासको मात्र होईन, जिल्लाकै विकासको चासो गर्ने यहाँका राजनीतिज्ञ देखि समावसेवी र बौद्धिक जमातलाई यो दृष्यले गिज्याई रहेकोछ । टिकुरी गाउँ सामाजिक विकास शुचाङ्कको हिसावले जिल्लाकै अग्रपंतीमा छ । तर यहाँका सबै नागरिक व्यक्तिगत कामकाजमा व्यस्थ हुन्छन् ।  टिकुरी गाउँमा सार्बजनिक संरचनाको रंरक्षण र सार्बजनिक सम्पदा खोज्ने दायित्व भने शारीरिक, मानसिक रुपले अशक्त भएकाहरुले सम्हाल्नु परेको यो दृष्यले…
Read More
भारतीय क्रिकेट कप्तान रोहितले विश्वकपको उपाधि जितेसँगै लिए सन्न्यास

भारतीय क्रिकेट कप्तान रोहितले विश्वकपको उपाधि जितेसँगै लिए सन्न्यास

काठमाडौं – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । रोहितले टी२० आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्यो । भारतलाई टी–२० विश्वकपको उपाधि जिताउन उनको कप्तानी र प्रदर्शन दुबैमा सानदार योगदान रह्यो । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए । रोहित टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले १५९ टी–२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए । उनले सन् २००७…
Read More