काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६को उपधारा (२) बमोजिम आफ्नो दाबी पेश गरेकाछन् । प्रतिनिधि सभाका बहुमत सदस्यहरु रहेको नेपाली कांग्रेस र नेकपा एमालेको मसर्थनमा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन्।

शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका कूल सदस्यमध्ये बहुमत सदस्यहरु रहेको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्। ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि स्वत पदमुक्त भएका थिए। लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (३) बमोजिम दाहाल नेतृत्वको सरकारलाई अर्को सरकार नबनेसम्मका लागि कामचलाउ सरकारको जिम्मेवारी तोकेका थिए। दाहाल नेतृत्वको सरकार कामचलाउ भएको विज्ञप्ति जारी भएकोछ । शुक्रबार नै राष्ट्रपतिको कार्यालयले नयाँ सरकार गठनका लागि दलहरूलाई संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आईतबार साँझ पाँच बजेसम्मको लागि दाबी पेग गर्न आह्वान गरेका थिए।
शुक्रबार राष्ट्रपतिले बहुमत सदस्यहरुको दलहरुलाई दाबी पेश गर्न आव्हान गरेको केही बेरमै राष्ट्रपति भवन शीतल निवास पुगेर एमाले अध्यक्ष ओलीले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्।

यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले उपधारा २ अनुसार नै सरकार बन्ने बताएका थिए । त्यसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधामनमन्त्री हुनेछन् ।
प्रधानमन्त्री दाहालले शुक्रबार सदनमा पेश गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ६३ मत परेको थियो । दाहालले सदनबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी स्वत पदमुक्त भएका थिए।



