स्वर्गद्वारी, प्यूठान । `जनै पूणिर्मा अर्थात रक्षा बन्धन´ नेपालका साथ-साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँने प्रचलन छ । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ । हिन्दु धर्मावलम्बीहरु सँ सम्बन्धित नेपालका प्रमुख धामहरुमा आज विशेष पुजाआरधना सहित जनै र राखी पुजागरी पुरोहित र नातेदारहरुबाट जनै र राखि बाध्ने गरिन्छ । काठमाडौंको पशुपति, प्यूठानको स्वर्गद्वारी आश्रम लगायतका धामहरुमा आज विशेष चहलपहल छ । भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु-भाइको…
प्यूठान । नेकपा माओबादी केन्द्रका उपमहासचिब तथा पुर्ब अर्थमन्त्री बर्षमान पुनले एमाले र कांग्रेसले सानादलहरु जसपा र लोसपा मिलाएर आ आफै ठूलो दल बन्ने रणनीतसमा रहेको बताएकाछन् । माओबादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ ओैँ जल्ला सम्मेलनका लागि प्यूठान आएका नेता पुनले पत्रकार भेटघाटका क्रममा एमाले अध्यक्ष के पि ओलीले जनता समाजबादी पाटी र कांग्रेस सभापति देउवाले लोकतान्त्रिक समाजबादी पाटी मिलाएर ठूलो दल बन्ने रणनीति बनाएको बताए । एमाले अध्यक्ष ओली जसपालाई मिलाएर ठूलो दल बन्ने र चुनाव सम्मनै संबिधानको धारा ३ अनुसार सरकारको नेतृत्व गरिरहने रणनीतिमा रहेको उनको भनाईछ । तर कांग्रेसले पनि लोसपा मिसाएर फेरीठुलो दल बन्ने…
प्यूठान । प्यूठान नगरपालिका १० का वडा सदस्य तेज बहादुर खड्काले करिब १२ बर्ष देखि नगरपालिकाको दुर्गम क्षेत्र पातिहाल्नामा दालमोट उद्योग सञ्चालन गर्दै आएकाछन् । उनी भन्छन्,`नेपालमा नकारात्मक बिषयहरुको बढि प्रचार र चासो हुन्छ । तर उद्यम गरे जे पनि सम्भव छ । मेरा ८ जना परिवारलाई यहि उद्योगले स्वरोजगार बनाएकोछ ।´ अहिले पर्यटकिय क्षेत्र प्यूठान मल्लरानी घुम्न आउने पर्यटकहरुका कारण पनि उनको व्यवसायले थप सफलता पाउने भएपनि उद्योग सँग होटलको पनि उनले बिस्तार गरेकाछन् । उनको दालमोट उद्योगबाट उत्पादित दालमोटले प्यूठानका मुख्य बजारक्षेत्र सँगै अर्घाखाँचीका केही बजारमा समेत बजार पाएको उनले बताए । https://youtu.be/dMI1aVy0v5M?si=fR4HjbG8MrYfUrIg
प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिकामा पिकअप जिप दुर्घटनामा परेकोछ । पालिकाको मुख्य केन्द्र बाहाने बजारदेखी वडा नं. ५ गावै तर्फ जाँदै गरेको लु १ च ७५८४ नम्बरको बोलेरो पिक अप जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाहाने जनाएकोछ । दुर्घटनामा मानविय क्षेति केही भएको छैन । दुर्घटनाको कारणबारे अनुशन्धान भैरहेको प्रहरीले जनाएकोछ ।
जोगिन्द्र मल्ल प्यूठान । पहिरोका कारण हप्तादिन देखि अवरुद्ध भएको आएको मच्छी-ठुलाबेसी सडकमा मर्मत गरेपछि सञ्चालनमा आएको छ । मच्छी-ठुलाबेसी सडकखण्ड अन्तर्गत गौमुखी र झिमरुक गाउँपालिकाको सिमानामा पर्ने हरियाखोलामा खसेको ठूलो पहिरोमा ग्याबिन जाली लगाई सडक मर्मत गरेसँगै अवरुद्ध सडक आइतबार बेलुकादेखि खुलेको गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनुभयो । अध्यक्ष गिरीका अनुसार सडक सहित झरेको पहिरोमा जाली लगाएपछि उक्त सडकमा साना सवारी साधन सञ्चालनमा आएको हो । तर ठुला यातायातका साधन भने आईतबार बेलुकाबाट सञ्चालनमा आएको बताउनुभयो । उहाले भन्नुभयो,` जाली लगाउने काम सकिएर मर्मत समेत भएकोले अवरुद्ध सडक खुलेको छ ।´ करिब २५ मिटर सडक खसेपछि एकहप्तादेखी उक्त सडकमा…
प्यूठान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) को २५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा आज देशभर विविध कार्यक्रम गरि मनाईदै छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा प्यूठानले बिहान रक्तदान कार्यक्रम गरिएको छ । ३ जना पत्रकारले रक्तदान गरेको जिल्ला अध्यक्ष सुजल श्रेष्ठले जानकारी दिनुभयो । दिवसको अवसरमा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजालले शुभकामना दिदै फोनिजले आदिवासी जनजातिको मुद्दालाई उठाउन प्रभावकारी भूमिका खेलेको बताउनुभयो । उहाँले जिल्ला शाखालाई सक्रिय रुपमा अघि बढ्न शुभकामना दिनुभयो । कार्यक्रमको सन्चालन सचिब तेजेन्द्र बि.एम.ले गर्नुभएको थियो ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडान गर्दै गर्दा उक्त विमान दुर्घटनामा परेको हो । बिमानमा चालक दलका २ सहित १९ जना सवार रहेको त्रिभुवन बिमानस्थलले जनाएको छ ।दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारी अनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ…
देउखुरी । लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा ने क पा एमाले लुम्बिनी प्रदेश संसदिय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएकाछन् । प्रदेश प्रमुख अमिक सेरचनले संबिधानको धारा ७६ को उपधारा २ बमोजिम उनलाई शोमबार नियुक्त गरे । एमालेको २९ र नेपाली कांग्रेसको २७ सांसद सहित ५६ जनाको हस्ताक्षर गरि आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश भएपछि नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएकोछ ।
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा भनिन्छ। एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर…
प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी स्थित बसपार्कमा रहेका सटरको ताल्चा फोरेर नगद र सरसामान चोरी हुनेक्रम बढेकोछ । शोमबार राति उत्तम पण्डित र तेजप्रसाद मिश्रणको गरि दुईवटा सटरको ताल्चा फोरेर केही खुद्रा पैसा सहित सामान चोरी भयो । सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कताका लागि प्यूठान नगरपालिकाले १ लाख ७० हजारको ५ वटा नाईट भिजन सिसि क्यामेरा जडान गर्यो । उक्त क्यामेराले चोर्ने मान्छे ओहोरदोहोर गरेको देखिन्छ । तर स्पष्ट पहिचान गर्न सक्दैन । क्यामेराले कैद गर्न उपयुक्त ठाउमा राख्नु पर्नेमा त्योपनि मिलाईएकोछैन । जस्ले गर्दा चोर्ने चोरलाई पहिचान गर्न पनि कठिन छ । बाग्दुलामा रहेको अस्थाई प्रहरी पोष्टलाई…