सरोकार पोस्ट

प्रमुख समाचार

पाँचबर्ष देखि अलपत्र दम्तीको बिद्युत सव-स्टेसन सञ्चालको तयारी

पाँचबर्ष देखि अलपत्र दम्तीको बिद्युत सव-स्टेसन सञ्चालको तयारी

प्यूठान । पाँच बर्ष देखि अलपत्र अवस्थामा रहेको प्यूठान नगरपालिका ८ दम्तीको बिद्युत सव-स्टेसन सञ्चालन गर्ने तयारी भैरहेको नेपाल बिद्युत प्राधिकरणले जनाएकोछ । बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्र जुम्रीका अनुसार दम्ती पावर स्टेशनमा ३३ के.भी. लाईन चार्ज गर्ने तयारी भैरहेको छ । केन्द्रले सूचना जारी गर्दै चार्ज पश्चात सवस्टेशन सञ्चालन गर्ने तयारी भएको जनाएको हो । गत कात्तिक ६ गते जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले तिहार अगाडी सवस्टेशन सञ्चालन गर्न निर्देशन भएको थियो । दम्ती सव-स्टेशन सञ्चालनको अन्तिम तयारी भइरहेकाले झिमरुक खोला किनारका पोल, बिद्युत संरचना लगायतका चिजहरु हातले नछुन प्राधिकरणले आग्रह गरेको छ । प्यूठान लगायत छिमेकी जिल्लाहरुमा…
Read More
चौधवर्ष मुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क

चौधवर्ष मुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामर्थ्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ । यसै अन्तर्गत मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल…
Read More
ट्रेड युनियन कांग्रेस प्यूठानको १४ ओैँ परिषद सम्पन्न

ट्रेड युनियन कांग्रेस प्यूठानको १४ ओैँ परिषद सम्पन्न

प्यूठान । नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठले श्रमिक बर्षको पेशागत हकहित र अधिकार प्रति संगठन प्रतिबद्ध रहेको बताएकाछन् । नेपाल ट्रेड युनियन कांग्रेस प्यूठानको १४ ओैँ जिल्ला परिषदलाई प्रमुख अतिथिको रुपबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संगठनमा आबद्ध विभिन्न पेशागत र श्रमिक संगठनहरु नेपाली कांग्रेसको भातृ संगठन नभै शुवेच्छुक संगठन भएको बताए । उनले भने,`नेपाल ट्रेड युनियन कांग्रेस र यसमा आबद्ध सबै संगठनहरु नेपाली कांग्रेसका सुवेच्छुक संगठन हुन् ।´ उनले सुवेच्छुक संगठनहरुलाई भातृ संगठनको व्यवहार नगर्न पाटीलाई आग्रह गरे । शैक्षिक सभाहल प्यूठान नगरपालिका ७ मा भएको १४ ओैँ परिषद भेलामा नेपाली कांग्रेस…
Read More
अर्घाखाँचीकै ऐतिहासिक भैरव नाँच प्यूठानको जुम्री बजारमा नचाईयो

अर्घाखाँचीकै ऐतिहासिक भैरव नाँच प्यूठानको जुम्री बजारमा नचाईयो

अर्घाखाँची जिल्लाकै पर्ख्यात र ऐतिहासिक मानिएको भैरव नाँच मंगलबार प्यूठानको जुम्री बजारमा पर्दर्शन गरिएकोछ । https://youtu.be/IVnjc94hDu0?si=obqU90FqUfNiInmp
Read More
पाँचबर्ष देखि अलपत्र दम्ती बिद्युत सव-स्टेसनको ठेक्का तोडिदै, ठेक्दार सम्पर्क विहिन

पाँचबर्ष देखि अलपत्र दम्ती बिद्युत सव-स्टेसनको ठेक्का तोडिदै, ठेक्दार सम्पर्क विहिन

सरोकार सम्बाददाता प्यूठान । बिद्युत प्रसारण लाईनलाई व्यवस्थापन गर्न भन्दै पाँच बर्ष अघि निर्माण थालेको बिद्युत सव-स्टेसन अलपत्र परेपछि ठेकदार सँगको सम्झौता तोडि बाकि काम सम्पन्न गर्न बिद्युत प्राधिकरणले तयारी थालेको छ । प्यूठान लगायत छिमेकी जिल्लाहरुमा प्रसारित लाईनमा धेरै समस्या आईरहने भएका कारण ३३ केविए लाई ११ केविएमा कन्भर्ट गर्न पाँच बर्ष अघि प्यूठान नगरपालिका ८ दम्तीमा सव-स्टेसन निर्माण थालिएको थियो । तर ठेकदारले विभिन्न वाहाना गर्दै काम समयमै सम्पन्न नगरेपछि उक्त योजना अलपत्र छ । हाल सम्म उक्त योजना ७५ प्रतिशत काम सम्पन्न भएको बताईएकोछ । तर झिमरुक नदीको किनारै किनार ३३ केविए प्रशारण लाईन बिस्तार गरिएकोमा नदी…
Read More
कांग्रेसको ईतिहास छ, तर भविष्य के हुन्छ ? : प्रजातन्त्र सेनानीको चिन्ता

कांग्रेसको ईतिहास छ, तर भविष्य के हुन्छ ? : प्रजातन्त्र सेनानीको चिन्ता

सेनानी संघ प्यूठानको अध्यक्षमा पुनह पोख्रेल प्यूठान । नेपाली कांग्रेस निकट प्रजातन्त्र सेनानीहरुले बर्तमान पाटी सांगठनिक गतिबिधि प्रति असन्तुष्ट व्यक्त गर्दै यथास्थितिमा कांग्रेस पाटी ईतिहास भएको तर भविष्य नभएको पाटी हुन लागेको बताएकाछन् । नेपाल प्रजातन्त्र सेनानी संघ, जिल्ला कार्य समिति प्यूठानको तेस्रो अधिवेशनमा बोल्ने सेनानी संघका केन्द्रीय तथा जिल्लाका नेताहरुले राजनीतिमा त्याग बाध्यताले हुने बताउदै त्यागको अपव्याख्या गर्दै पटबपटक लाभ लिन खोज्ने प्रबृत्ति बढ्दै जाँदा संगठन कम्जोर भएको बताए । पुर्व सांसद मुक्ति प्रसाद शर्माले पाटी नेतृत्वले बाटो बिराउँछ भने सेनानीहरुले खबरदारी निरन्तर गर्नु पर्ने बताउनुभयो । उहाले भन्नू भयो,`गलत गर्नेलाई जनता सामु ल्याउनै पर्छ । सेनानी संघले राम्रो…
Read More
प्यूठानका आधादर्जन ठाउँमा पुर्णिमा मेला

प्यूठानका आधादर्जन ठाउँमा पुर्णिमा मेला

प्यूठान। आज कोजाग्रत पुर्णिमाको अवसरमा प्यूठानका आधादर्जन भन्दा बढि ठाउँहरुमा सरायँ मेला हुदैछन् । प्यूठान नगरपालिकामै करिव ४ ठाउमा सराये मेला हँदैछन् । प्यूठान न पा ७ को ऐतिहासिक बखडी मेला, जुम्री, बेलपत्रेश्वर महादेव मन्दिर बेलुवा, लगायतका ठाउँमा मेला हुदैछन् । यस्तै नौबहिनीको माक्रे मन्दिर र झिमरुकको गडिकोट र आसपासका ठाउँहरुमा माला हुँदैछन् । नौबहिनीको माक्रे मन्दिरमा हुने मेला र झिमरुक गडिकोट मेलाको अवलोकन सहित उद्घाटन लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्रीबाट हुने मेला आयोजक समितिले जनाएकाछन् । बडादशै नवदुर्गाको पुजाआजा सहित कोटपुजा तथा देवी भगवती, तलेजु भवानीको पुजा पछि प्रसाद स्वरुप दशैंको टीका लगाउने प्रचलन अनुसार दशमी टीका…
Read More
ऐतिहासिक माक्रे मन्दिरमा भव्य मेला, पहिलोपटक हुने मेलाको उद्घाटन शहरी विकास मन्त्री राणाले गर्ने

ऐतिहासिक माक्रे मन्दिरमा भव्य मेला, पहिलोपटक हुने मेलाको उद्घाटन शहरी विकास मन्त्री राणाले गर्ने

प्यूठान । ऐतिहासिक महत्व रहेको नौबहिनी गाउँपालिका ८ स्थित माक्रे मन्दिरमा यसबर्ष देखि दशैको कोजाग्रत पुर्णिमा मेला सञ्चालन हुने भएकोछ । नौबहिनीदेखी बहदै आएको लुङ खोलाको बिच भागमा अवस्थित ठूलो ढुंगा माथि गाउँपालिकाले निर्माण गरेको माक्रे मन्दिरमा यसबर्षदेखि निर्नतरता दिने गरि सरायँ नाच, मारुनी नाँच लगायत बिबिध सांस्कृतिक कार्यक्रम गरिने माक्रे दर्शन युवा समुहका अध्यक्ष बलबहादुर केसीले बताउनुभयो । कार्तिक १ गते कोजाग्रत पुर्णिमाको अवसरमा आयोजित मेलाको ओैपचारिक रुपमा लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा सामाजिक विकास मन्त्री सरोज थापा(रोज राणा)ले उद्घाटन गर्नुहुने उहाले बताउनु भएकोछ । मेलाको सम्पुर्ण तयारी भैसकेको आयोजकले जनाएकोछ । माक्रे मन्दिर ऐेतिहासिक लुङ, लुप्लुङ देवालीको…
Read More
महाअष्टमी र महान्वामी आज एकैदिन मनाईदै, शक्तिपिठहरुमा बिहानैदेखी भिडभाड

महाअष्टमी र महान्वामी आज एकैदिन मनाईदै, शक्तिपिठहरुमा बिहानैदेखी भिडभाड

प्यूठान । असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी र नवमीका दिन मनाइने महानवमी पर्व आज एकै दिन परेको छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।महाअष्टमी र महानवमी पर्व विशेष पूजा गरी मनाईंदैछ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । आजैका दिन राति कालरात्रीको विधि र पूजासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत…
Read More
प्यूठान-रोल्पामा दैनिक आउछन् ४ दर्जन फलफूल तरकारीका गाडी, राजस्व छल्न अन्डरबिलिङ्ग

प्यूठान-रोल्पामा दैनिक आउछन् ४ दर्जन फलफूल तरकारीका गाडी, राजस्व छल्न अन्डरबिलिङ्ग

प्यूठान । तरकारी र फलफूलको प्यूठान र रोल्पाका प्रमुख व्यापारिक ईलाकामा गरि दैनिक चार दर्जन पिक अप गाडी खपत हुन्छ । तर स्थानिय तह, एकीकृत कृषि तथा पशुपंछी विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन कार्यालय, प्रदेश र संघबाट समेत कृषि उपज उत्पादनमा अनुदान सहित प्रबिधि र प्राविधिक सहयोगका नाममा अरबौँ बजेट खर्च गर्दै आएकाछन् । लगानीको अनुपात हेर्ने हो भने फलफूल बाहेक तरकारीले रोल्पा र प्यूठानकै उत्पादनले यहाँको मागलाई पुर्ति गर्नु पर्ने हो । तर त्यसो हुँदैन । सरकारी निकायको अनुदान पाउने बर्ष थोरैधेरै उत्पादन भएपनि त्यसले निरन्तरता पाउँदैन । निरन्तरता दिने किसानको उत्पादनले बजार पाउँदैन । ब जारमा…
Read More