Skip to main content

सरोकार पोस्ट

पाँचबर्ष देखि अलपत्र दम्ती बिद्युत सव-स्टेसनको ठेक्का तोडिदै, ठेक्दार सम्पर्क विहिन

Advertisement

सरोकार सम्बाददाता
प्यूठान । बिद्युत प्रसारण लाईनलाई व्यवस्थापन गर्न भन्दै पाँच बर्ष अघि निर्माण थालेको बिद्युत सव-स्टेसन अलपत्र परेपछि ठेकदार सँगको सम्झौता तोडि बाकि काम सम्पन्न गर्न बिद्युत प्राधिकरणले तयारी थालेको छ ।

प्यूठान लगायत छिमेकी जिल्लाहरुमा प्रसारित लाईनमा धेरै समस्या आईरहने भएका कारण ३३ केविए लाई ११ केविएमा कन्भर्ट गर्न पाँच बर्ष अघि प्यूठान नगरपालिका ८ दम्तीमा सव-स्टेसन निर्माण थालिएको थियो । तर ठेकदारले विभिन्न वाहाना गर्दै काम समयमै सम्पन्न नगरेपछि उक्त योजना अलपत्र छ । हाल सम्म उक्त योजना ७५ प्रतिशत काम सम्पन्न भएको बताईएकोछ । तर झिमरुक नदीको किनारै किनार ३३ केविए प्रशारण लाईन बिस्तार गरिएकोमा नदी कटानका कारण केही पोलहरु ढलेकाछन् ।

बि.स . २०७८ साल जेठ १७ गते नेपालगंज स्थित बिद्युत प्राधिकरणको प्रदेश डिभिजन कार्यालय सँग त्रिपुरेश्वर/जयदुर्गे जे भि ले ५ करोड ३६ लाख ६० हजार ६८२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । १ बर्षमा उक्त कम्पनिले ७४ प्रतिशत कामको भुक्तानी लगिसकेको प्राधिकरणले जनाएकोछ ।
केही ठाउँमा रुख कटान गर्ने र पोल लाईन बिस्तार गर्न बाँकी रहेको बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रका प्रमुख ईन्जिनियर राजिव सिंहले बताउनुभयो । केही ठाउँमा स्थानियको अवरोधका कारण लाईन बिस्तारमा समस्या भएको भन्दै ठेगदारले काम छाडेर डेड बर्ष देखि सम्पर्कमै नआएको प्राधिकरणको भनाईछ ।

मंगलबार प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले सर्बपक्ष बैठक आवहान गरि सव-स्टेसनको हालसम्मको उपलब्धि र अलपत्र पर्नुको कारण बारे छलफल गर्नु भएको हो । उक्त छलफलबाट प्राधिकरणलाई तत्काल ठेक्मा तोडर बाँकी काम सम्पन्न गरि स्टेसन सञ्चालनमा ल्याउन दवाव दिईएको छ । स्थानिय तह लगायत जिल्लामा कुनै समन्वय नगरि अवरोध भएको भन्दै काम छाडेर भाग्नु गलत भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले बताउनुभयो । उहाँले भन्नुभयो,` जिल्लामै उत्पादित बिजुलीको जिल्लाबासीले सहज र व्यवस्थित रुपले उपभोग गर्न पाउनुपर्छ ।´ काम गर्ने ठेक्का कम्पनि र प्राधिकरण कसैले प्यूठान नगरपालिकामा समेत कुनै समन्वय नगरी काममा अवरोध आएको बाहाना गर्नु खराव प्रबृत्ति भएको प्यूठान नगरपालिका प्रवक्ता शुमनराज श्रेष्ठले बताउनुभयो । छलफलमा स्थानियका प्रमुख/उपप्रमुख, प्राधिकरणमा प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति थियो ।
३३ केविए भोल्टेजको प्रशारण लाईनलाई ११ केविएमा कन्भर्ट गरि बितरण गर्न सव-स्टेसन आव्यक पर्ने प्राधिकरण प्रमुख ईन्जिनियर सिंहको भनाईछ । सव-स्टसन सञ्चालनमा ल्याउन सके बिद्युत बितरण र सम्भावित बिद्युतिय जोखिम न्युनिकरण हुने प्राधिकरण प्यूठानका ईन्जिनियर प्रज्वल हुमागाँईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...