प्यूठान । नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठले श्रमिक बर्षको पेशागत हकहित र अधिकार प्रति संगठन प्रतिबद्ध रहेको बताएकाछन् ।
नेपाल ट्रेड युनियन कांग्रेस प्यूठानको १४ ओैँ जिल्ला परिषदलाई प्रमुख अतिथिको रुपबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संगठनमा आबद्ध विभिन्न पेशागत र श्रमिक संगठनहरु नेपाली कांग्रेसको भातृ संगठन नभै शुवेच्छुक संगठन भएको बताए । उनले भने,`नेपाल ट्रेड युनियन कांग्रेस र यसमा आबद्ध सबै संगठनहरु नेपाली कांग्रेसका सुवेच्छुक संगठन हुन् ।´ उनले सुवेच्छुक संगठनहरुलाई भातृ संगठनको व्यवहार नगर्न पाटीलाई आग्रह गरे । 
शैक्षिक सभाहल प्यूठान नगरपालिका ७ मा भएको १४ ओैँ परिषद भेलामा नेपाली कांग्रेस प्यूठानका पुर्व सभापति तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटि सदस्य द्धय शुभास केसी र अमर प्रसाद भण्डारी, प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष भिम मरासिनी, होटल तथा पर्यटन सम्बद्ध श्रमिक संघका प्रदेश अध्यक्ष केशवराज पाण्डे, कांग्रेस प्यूठानका पुर्व उपसभापति हुकुम बहादुर बिष्ट लगायतले सम्बोधन गरेको कार्यक्रमका अध्यक्ष तथा नेपाल ट्रेड युनियन कांग्रेस प्यूठानका अध्यक्ष भेगराज रिजालले बताए । युनियनका जिल्ला बरिष्ठ उपाध्यक्ष टुकलाल न्यौपानेको स्वागत सँगै सुरु भएको कार्यक्रमको सञ्चालन युनियनका प्रदेश पार्सद रुकमान रोकाक्षेत्रीले गरेका थिए ।




