सरोकार पोस्ट

प्रदेश

पत्रकार महासंघ प्यूठान शाखामा पनि तालाबन्दी

पत्रकार महासंघ प्यूठान शाखामा पनि तालाबन्दी

प्यूठान । नेपाल पत्रकार महासंघको निर्बाचन संघारमा प्रकाशित मतदाता नामावली उपर असहमती जनाउँदै नेपाल प्रेस युनियन देशभर आन्दोलित भएकोछ । युनियनले गयराती नै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेकोछ भने जिल्ला शाखा प्यूठानमा पनि प्रेस युनियन प्यूठानले तालाबन्दी गरेकोछ । यसै बिच प्रगतिशिल पत्रकार संगठन नेपाल प्यूठानले पनि महासंघको कार्यालयमा तालाबन्दी गरेकोछ । पत्रकार महासंघको निर्बाचन जबरजस्ती अगाडि बढाउन खोज्ने र आस्था र बिचारको आधारमा सदस्य हटाउन र राख्ने प्रबृत्ति महासंघ केन्द्रीय समितिले गरेको भन्दै महासंघको केन्द्रीय कार्यालय देखि प्रदेश र जिल्ला शाखाहरुमा तालाबन्दी गरिएको प्रेस युनियन र प्रगतिशील पत्रकार संगठनले बताए । दुबै संगठनले बिज्ञप्ती जारी गर्दै सदस्यता बिबाध समाधान…
Read More
SEE को नतिजा सार्वजनिक

SEE को नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा SEE को नतिजा सार्वजनिक भएकोछ । तर परिक्षामा पास हुने भन्दा फेल हुनेको संख्या धेरै देखिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परिक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ८५ परिक्षार्थि मध्य ४७.८६ प्रतिशत बिद्यार्थी उतृण भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक लेटर ग्रेडिङ प्रणाली २०७८ बमोजिम SEE को नतिजा सार्बजनिक गरेको हो । २ लाख ४२ हजार ३ सय १३ जना बिद्यार्थी  NG (नन् ग्रेड)मा परेकाछन् । SEE मा कति विद्यार्थीले कति कति GPA ल्याए? १.६. देखि २.० - ६ जना २.० देखि २.४ - २,९५९ जना २.४ देखि २.८…
Read More
प्यूठानका ९ स्थानीय तहको बजेट झण्डै ६ अर्ब

प्यूठानका ९ स्थानीय तहको बजेट झण्डै ६ अर्ब

प्यूठान । असार १० मा बजेट ल्याउने संबैधानिक ब्यवस्था अनुसार प्यूठानका स्थानीय तहले पनि आगामी आर्थिक बर्षका लागी बजेट ल्याएका छन् । प्यूठानका ९ वटा स्थानीय तह मध्य झिमरुक गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहको आगामी आर्थिक बर्ष २०८१र ०८२ को बजेट करिब ५ अर्ब ७ करोड हाराहरी छ । झिमरुक गाउँपालिकाले शोमबार बजेट प्रस्तुत गर्न सकेन । झिमरुकमा जनप्रतिनिधि बिचको बिबाधका कारण बजेट प्रस्तुत हुन नसकेको हो । तर झिमरुकले पनि करिब ६२ प्रतिशत बजेट पुँजिगत सहित करिब ६१ करोड बढि बजेट प्रस्तुत गर्दैछ ।  प्यूठानमा  कुन स्थानिय तहको बजेट कति ? १. गौमुखी गाउँपालिका गौमुखी गाउँपालिकाले आगामी आर्थिक बर्ष…
Read More
मल्लरानी गा.पा.को बजेट ४१ करोड १९ लाख

मल्लरानी गा.पा.को बजेट ४१ करोड १९ लाख

प्यूठान । मल्लरानी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी गुणस्तरिय शिक्षामा जोड, गुणस्तरिय स्वास्थ्य सेवा लगाएतका बिषयलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।  गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले ४१ करोड १९ लाख ९८ हजार ६ सय ९ रुपैया बराबरको बजेट सार्वजनिक गरेकाछन् ।  जस मध्ये, संघिय समानिकरण अनुदान तर्फ ८ करोड ३१ लाख, संघिय सर्शत अनुदान तर्फ १७ करोड १० लाख ५४ हजार, संघबाट राजस्व बाँडफाँडबाट ७ करोड ७६ लाख ४८ हजार ८ सय २७ रुपैँया, मुल्य अभिवृद्धि कर बापत) र समपुरक तर्फगरी २ करोड ८५ लाख रुपैया प्राप्तहुने अनुमान सहितको बजेट प्रस्तुत गरिएको हो । प्रदेश सशर्त अनुदान तर्फ ७४…
Read More
ऐरावती गा.पा.को ५३ करोड, सरुमारानीको बजेट ४० करोड

ऐरावती गा.पा.को ५३ करोड, सरुमारानीको बजेट ४० करोड

 ऐरावतीको बजेट ५३ करोड ५ लाख १८ हजारप्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकाहुन् । पुजिगत तर्फ १५ करोड ८० लाख ५० हजार र चालु तर्फ ३७ करोड २४ लाख ६८ हजार बजेट किनियोजन भएकोछ ।ऐरावतीमा उत्कृष्ट कृषक, कर्मचारी, शिक्षक, विद्यार्थीलाई सम्मान गरियोगाउँसभामा कृषिमा उत्कृष्ट कार्य गरेवापत वडा नम्बर १ का कृषक छव बहादुर गुरुङ्गलाई सम्मान गरिएको छ । गाउँपालिकाका विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुबाट उत्कृष्ट कर्मचारीहरु छनोट गरी सम्मान गरिएको छ ।सिनियर अ.हे.व दिपक…
Read More
गौमुखीको ४६ करोड २० लाख, माण्डवीको ४२ करोड बजेट

गौमुखीको ४६ करोड २० लाख, माण्डवीको ४२ करोड बजेट

प्यूठान । गौमुखी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गरेको छ । आज बसेको १७ औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष महाविर रानाले ४६ करोड २० लाख ९७ हजार बराबरको बजेट पेश गर्नुभएको हो । गाउँपालिकाको नीति तथा कार्यक्रम यसअघि नै पहिलो बैठकमा अध्यक्ष विष्णु कुमार गिरीले प्रस्तुत गरिसक्नु भएको थियो ।   गाउँपालिकाको शभाहलमा गाउँपालिका उपाध्यक्ष महाबिर रानाले गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नुभयो । गाउँपालिकाले शिक्षालाइ प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । कुल बजेटको ४७.६६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरिएको उपाध्यक्ष रानाले बताउनु भयो । गाउँपालिकाले पुजिगत तर्फ ८ करोड ९१ लाख ११…
Read More
काग्रेसको विरोध पछि लुम्बिनी प्रदेश सभा अवरुद्

काग्रेसको विरोध पछि लुम्बिनी प्रदेश सभा अवरुद्

  देउखुरी, ७ असार । लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रवारको संसद बैठक अवरुद्ध गरेको हो । शुक्रवारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले आफनो धारणा राखिसके पछि काग्रेसले संदन अवरुछ गरेको हो । दल नेता बोलि सकेपछि काग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरु बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन । संसदमा सम्वोधन गर्दे नेपाली काँग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता  डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैया बजेट घटाएको,किसानमैत्री बजेट नल्याएको बताए ।…
Read More
असार दोस्रो सात एस.ई.ई.को नतिजा सार्बजनिक हुदै

असार दोस्रो सात एस.ई.ई.को नतिजा सार्बजनिक हुदै

असार ६, काठमाडौं । यश बर्षको माध्यमिक शिक्षा परीक्षा(एस् ई ई )को नतिजा असार दोस्रो हप्ता सार्बजनिक गर्ने गरि तयारी भैरहेको छ । माध्यमिक शिक्षा, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियनत्रक नन्दराम पौडेलले बिद्यार्थीको उत्तरपुस्तिका परिक्षण र सम्परिक्षणको काम सकेर टेबुलेसन र ईन्ट्रीको काम भैरहेको जानकारी गराए । तर यसबर्ष भने परीक्षा नियन्त्रण कार्यालयले लेटरग्रेडिङ्ग प्रणालीमा नयाँ नियम लागुगरेका कारण गत बर्ष भन्दा कम बिद्यार्थी उतृण हुने जोखिम रहेको नियन्त्रक पौडेलले बताए । उनले भने,`बिगत पछिल्ला बर्ष र कोभिड 19 को समयमा जुन प्रकारको लेटरग्रेडिङ्ग प्रणालीलाई आधार बनाईयो, त्यसले शैक्षिक गुणस्तरमा ह्रास आयो । बिद्यार्थीमा नपढेपनि पास भैहालिन्छ, माथिल्लो कक्षा पढ्न…
Read More
लुम्बिनी आईपुग्यो मनसुन

लुम्बिनी आईपुग्यो मनसुन

लुम्बिनी । मनसुनी वायु लुम्बिनी प्रदेशसम्म विस्तार भएको छ । गत जेठ २८ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन बिहीबार लुम्बिनी प्रदेशको पूर्वी भागसम्म विस्तारित भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘यस वर्षको मनसुन प्रणाली बिहीबार कोशी प्रदेशको बाँकी भू–भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको छ,’ महाशाखाले विशेष बुलेटिन जारी गरेर बताएको छ । यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा ३ दिन छिटो अर्थात् (जुन १० तारिख) मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ बिस्तार…
Read More
प्यूठानमा सञ्चालित भौतिक निर्माण आयोजनाको काम गतिलो भएन : प्रदेश सरकार

प्यूठानमा सञ्चालित भौतिक निर्माण आयोजनाको काम गतिलो भएन : प्रदेश सरकार

प्यूठान । संघ र प्रदेशबाट प्यूठान जिल्लामा सञ्चालित आयोजना कार्यान्वयनको अवस्थाको स्थलगत अनुगमन गर्दै लुम्बिनी प्रदेश भौतिक पुर्बाधार समिति सभापति रामजी प्रसाद घिमिरेले लक्ष्य अनुरुप काम नभएको भन्दै दुःख व्यक्त गरेकाछन् ।  बुधबार प्यूठानका बिभिन्न स्थानिय तहहरुमा प्रदेश सरकारको सहयोगमा सञ्चालन भएका भौतिक निर्माणका ठुला तथा टुक्रे आयोजनाको प्यूठानबाट प्रदेश सभाका सांसदहरु सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो । अनुगमन पछि जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मीको अध्यक्षतामा जिल्लामा रहेका सम्बन्धित बिषयत कार्यालय प्रमुख सहित प्यूठान नगरपालिकाका मेयर बिष्णु योगीको कार्यकक्षमा समिक्षा बैठक बसेको थियो । बैठकको सुरुवातमै भौतिक पुर्बाधार समिति सभापति घिमिरेले जिल्लामा सञ्चालित कुनै पनि आयोजनहरु…
Read More