काठमाडौं । माध्यमिक शिक्षा परीक्षा SEE को नतिजा सार्वजनिक भएकोछ । तर परिक्षामा पास हुने भन्दा फेल हुनेको संख्या धेरै देखिएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परिक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७ सय ८५ परिक्षार्थि मध्य ४७.८६ प्रतिशत बिद्यार्थी उतृण भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक लेटर ग्रेडिङ प्रणाली २०७८ बमोजिम SEE को नतिजा सार्बजनिक गरेको हो । २ लाख ४२ हजार ३ सय १३ जना बिद्यार्थी NG (नन् ग्रेड)मा परेकाछन् ।
SEE मा कति विद्यार्थीले कति कति GPA ल्याए?
१.६. देखि २.० – ६ जना
२.० देखि २.४ – २,९५९ जना
२.४ देखि २.८ – ४१,११७ जना
२.८ देखि ३.२ – ७८,८७४ जना
३.२ देखि ३.६ – ६८,२५६जना
३.६ देखि ४.० – ३१,२०९ जना

नतिजा हेर्न माथि उल्लेखित प्रकृया अवलम्बन गर्न सकिन्छ । साथै २ सय २१ जनाको परीक रद्ध गरिएको परीक बोर्डले जनाएकोछ ।



