सरोकार पोस्ट

प्रदेश

प्यूठान नौबहिनीमा बोलेरो जिप दुर्घटना

प्यूठान नौबहिनीमा बोलेरो जिप दुर्घटना

प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिकामा पिकअप जिप दुर्घटनामा परेकोछ । पालिकाको मुख्य केन्द्र बाहाने बजारदेखी वडा नं. ५ गावै तर्फ जाँदै गरेको लु १ च ७५८४ नम्बरको बोलेरो पिक अप जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाहाने जनाएकोछ । दुर्घटनामा मानविय क्षेति केही भएको छैन । दुर्घटनाको कारणबारे अनुशन्धान भैरहेको प्रहरीले जनाएकोछ ।
Read More
लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

देउखुरी । लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा ने क पा एमाले लुम्बिनी प्रदेश संसदिय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएकाछन् । प्रदेश प्रमुख अमिक सेरचनले संबिधानको धारा ७६ को उपधारा २ बमोजिम उनलाई शोमबार नियुक्त गरे ।  एमालेको २९ र नेपाली कांग्रेसको २७ सांसद  सहित ५६ जनाको हस्ताक्षर गरि आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश भएपछि नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएकोछ ।
Read More
एक दिनको अन्तरमा दुईपटक ताल्चा फोरी टिकुरी बसपार्कमा चोरी, सिसि क्यामेरा कमसल भयो- व्यवस्थाप समिति

एक दिनको अन्तरमा दुईपटक ताल्चा फोरी टिकुरी बसपार्कमा चोरी, सिसि क्यामेरा कमसल भयो- व्यवस्थाप समिति

प्यूठान । प्यूठान नगरपालिका ७ टिकुरी स्थित बसपार्कमा रहेका सटरको ताल्चा फोरेर नगद र सरसामान चोरी हुनेक्रम बढेकोछ । शोमबार राति उत्तम पण्डित र तेजप्रसाद मिश्रणको गरि दुईवटा सटरको ताल्चा फोरेर केही खुद्रा पैसा सहित सामान चोरी भयो । सम्भावित घटनालाई ध्यानमा राख्दै सुरक्षा सतर्कताका लागि प्यूठान नगरपालिकाले १ लाख ७० हजारको ५ वटा नाईट भिजन सिसि क्यामेरा जडान गर्यो । उक्त क्यामेराले चोर्ने मान्छे ओहोरदोहोर गरेको देखिन्छ । तर स्पष्ट पहिचान गर्न सक्दैन । क्यामेराले कैद गर्न उपयुक्त ठाउमा राख्नु पर्नेमा त्योपनि मिलाईएकोछैन । जस्ले गर्दा चोर्ने चोरलाई पहिचान गर्न पनि कठिन छ । बाग्दुलामा रहेको अस्थाई प्रहरी पोष्टलाई…
Read More
चितवन सिमतालमा पहिरोका कारण करिब ६५ यात्रु सहित दुईवटा बस व्यपत्ता

चितवन सिमतालमा पहिरोका कारण करिब ६५ यात्रु सहित दुईवटा बस व्यपत्ता

चितवन । मुग्लिन -नारायणगढ सडक खण्ड अन्तरगत सिमतालमा पहिरोका कारण दुईवटा बस व्यपत्ता भएकाछन् ।लेदो सहितको पहरोमा परेका दुबै बस लेदो शीत त्रिशुली नदीमा खसेर व्यपत्ता भएको प्रहरीले आशंका गरेकोछ । दुईवटा बसमा गरि करिब ६५ यात्रु रहेको अनुमानछ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेधो सहितको पहिरोमा परेका थिए । यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं…
Read More
सञ्चित कोष रित्तिएपछि लुम्बिनी सरकारको २ अर्ब भुक्तानी रोकियो

सञ्चित कोष रित्तिएपछि लुम्बिनी सरकारको २ अर्ब भुक्तानी रोकियो

  देउखुरी, दाङ । सञ्चित कोषमा रकम सकिएपछि लुम्बिनी प्रदेश सरकारले काम सकिएका ठुला योजनाको असार अन्तिममा आएर भुक्तानी रोकेको छ । असार २२ पछि भुक्तानी रोकिँदा योजना सकेर बिल पेश गरेका सयौं निर्माण व्यवसायी समस्यामा परेका छन् । चालु आर्थिक वर्षमा भुक्तानी गर्न नसकेपछि प्रदेश सरकारलाई आगामी वर्ष कम्तिमा दुई अर्ब भुक्तानी दायित्व थपिएको छ ।   संघीय सरकारले समानीकरण अनुदान नदिएको र प्रदेशको आन्तरिक राजस्व लक्ष्यअनुसार संकलन हुन नसकेपछि सरकारको सञ्चित कोष रित्तिएको हो । सोमबार सरकारको सञ्चित कोषमा ३० करोड रुपैयाँ मात्र बाँकी छ । लुम्बिनी सरकारले चालु आर्थिक वर्षमा लागि ४० अर्ब ४७ करोड रुपैयाँको बजेट…
Read More
नौबहिनी, माण्डवी र सरुमारानी गा.पा.को बित्तिय प्रगति सार्बजनिक

नौबहिनी, माण्डवी र सरुमारानी गा.पा.को बित्तिय प्रगति सार्बजनिक

प्यूठान । आर्थिक वर्ष ०८०/०८१ को चालु खर्च ९०.९१ प्रतिशत र पुँजिगत खर्च ९६.११ प्रतिशत खर्च गर्दै नौबहिनी गाउँपालिकाको चालु आर्थिक वर्षको कारोबार बन्द भएको छ । गाउँपालिकाले बार्षिक बित्तिय प्रगति सार्बजनिक गर्दै मंगलबार देखि कारोबार बन्द भएको जनाएको छ । नौबहिनीमा चालु तर्फ ३६ करोड ९४ लाख ४७ हजार ७७४ बिनियोजन गरेकोमा ३५ करोड ५८ लाख ५२ हजार १३ रुपियाँ निकासा भएको थियो । जसमध्ये ३२ करोड ३५ लाख ७ हजार ९५९ रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै पुँजिगत तर्फ १७ करोड ४२ लाख ४२ हजार बिनियोजित बजेट मध्ये १५ करोड ७१ लाख ५८ हजार २ सय…
Read More
सुत्केरीलाई स्टेचरमा बोकेर स्वास्थ्यकर्मी घरमै पुगे

सुत्केरीलाई स्टेचरमा बोकेर स्वास्थ्यकर्मी घरमै पुगे

प्यूठान । बाहिर बर्षे झरी झमझम परिरहेको थियो । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा लाग्यो । केही दिन देखि उनको तल्लो पेट दुखिरहेपनि प्रशव बेथाले एक्कासी त्यसरी च्याप्ला भन्ने उनले सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेकाे थियो। जति साँझ पर्यो पेट पनि त्यतिनै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई उनले सम्पर्क गरिन् । तर स्वास्थ्य कर्मीले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गरे । बाहिर असारे झरी रोकिएको थिएन । रात परिसकेकाले गाडी पनि पाउने अवस्था थिएन ।  माइतमै रहकी जिवा ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३,…
Read More
सप्तकोशीका ४१ ढोका खोलियो, बैतडीका ६० परिवार सुरक्षित स्थानमा सारियो

सप्तकोशीका ४१ ढोका खोलियो, बैतडीका ६० परिवार सुरक्षित स्थानमा सारियो

सप्तकोशी नदीको कोशीब्यारेजका ४१ ढोका खोलीकोछ ।सप्तकोशीको जलसतह बढ्दै गएको छ । बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।   यसैबिच सेती नदीको जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि सिगास गाउँपालिकाका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका…
Read More
राजपुर गाउँपालिकाले बनायो बालमैत्री शासनका थप सुचक

राजपुर गाउँपालिकाले बनायो बालमैत्री शासनका थप सुचक

देउखुरी । दाङ्ग जिल्लाको ठूलो पालिका राजपुर गाउँपालिकाले बालमैत्री स्थानीय शासनका थप सुचकहरु निर्माण गरेकोछ । गाउँपालिकाका ७ वटै वडाहरुमा रहेका बालबालिका सँग सरोकार राख्ने विभिन्न कार्यालय, संघ-संस्था, सरोकारवाला, जनप्रतिनिधि सँग आवस्यक छलफल गरि संस्थागत विकास र सेवा प्रवाह सँग सम्बन्धित बालमैत्री स्थानीय शासनका थप ३४ वटा सुचकहरु निर्माण गरि गाउँ कार्यपालिकाले सुझाव सहित पारित गर्ने निर्णय गरेको हो । शुक्रबार कार्यपालिका बैठकमा बालमैत्री स्थानिय शासन रणनीति तथा कार्यान्वयन निर्देशिकम २०६८ ले निर्धारण गरेका सुचक सँगै गाउँपालिकाको आवस्यकता अनुसार निर्माण गरिएका थप सुचक बारे छलफल भएको थियो । कार्यपालिकामा बालमैत्री सुचकहरुको बिषयमा बालअधिकारको क्षेत्रमा लामो समय काम गरि अनुभव गरेका…
Read More
प्यूठान सहित देशभर  महासंका कार्यालयमा युनियनको धर्ना

प्यूठान सहित देशभर महासंका कार्यालयमा युनियनको धर्ना

भिमकला कुवर प्यूठान । नेपाल पत्रकार महासंघ नेतृत्वले सदस्यता बितरण बिधान बिपरित गरि गैर पत्रकारलाई सदस्याता दिएको भन्दै नेपाल प्रेस युनियनले चरणबद्ध आन्दोलन गरिरहेकोछ । महासंघको केन्द्रीय कार्यालय देखि प्रदेश, जिल्ला र एशोसियट्स शाखाहरुमा समेत तालाबन्दी गरि आज महासंघ केन्द्रीय मुख्यालय देखि देश भर धर्ना दिएकोछ । प्यूठान शाखामा पनि आज युनियनले धर्ना दिएकोछ । पत्रकार महासंघको गरिमा कायम नभएको, सदस्यता बितरण गर्दा बिधान बिपरित मनोमानी रुपले गरेको, शुद्धीकरण गर्दा पक्षपात गरिएको भन्दै युनियनले सच्चाउन माग गर्दै आन्दोल गर्दै आएकोछ । जस्ले गर्दा केन्द्रीय निर्बाचन समितिले निर्बाचन प्रकृया अगाडि बढाउन सकेकोछैन ।
Read More