प्यूठान । गौमुखी गाउँपालिकाले मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुको लागि लक्षित गरेर सञ्चालन गरेको शिविरमा एकै दिन ९८ जनाले सेवा लिएकाछन् । गाउँपालिकाले विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर गाउँपालिका–४, स्थित पुजा स्वास्थ्य चौकी लिवासेमा आयोजना गरेको हो । चालू आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रम अन्तर्गत संञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताए । उनका अनुसार उपचार गराउन शिविरमा आएका बिरामीलाई चिकित्सकको सल्लाह अनुसारको औषधी समेत निःशुल्क उपलब्ध गराइएको छ । चालु अर्थिक वर्षमा विनियोजित बजेटबाट ३ वटा निःशुल्क मानसिक स्वास्थ्य शिविर संचालन गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा लिवासेमा यो शिबिर संञ्चालन गरिएको गाउँपालिकाले जनाएकोछ । शिविरमा मानसिक…
प्यूठान । सामाजिक ज्ञानको सचेतना तथा बिद्यालयको शैक्षिक उपलब्धि सुधारका निम्ति आज जनता माद्यामिक बिद्यालय ऐरावती ६ बिजुलीमा सरोकारवाला सँग अन्तरक्रिया गरिएकोछ । अन्तरक्रियाले बिद्यालयमा भौतिक पुर्बाधारले मात्र शैक्षिक उपलब्धि नहुने भन्दै सामाजिक पुर्वाधार आवस्यक भएको निष्कर्ष निकालेको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा शुसाशनका लागि बिद्यालयमा सामाजिक पुर्बाधार विकास भन्ने मुख्य ऐजेण्डा सहित अन्तरक्रिया सम्पन्न गरिएको सामिजिक विकास डिभिजन कार्यालयले जनाएकोछ । कार्यक्रमको सहजिकरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिगर्न वडाका जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समिति, अभिभावक र बिद्यार्थी प्रयत्नशील भएमा लक्ष्य हाँसिल गर्न कुनै कठिनाई नहुने बताउनुभयो । उहाँले भन्नुभयो,` सिकाइ उपलब्धीमा…
प्यूठान । बि.स. १९८४ देखि हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमाको दिन नौबहिनी गाउँपालिकाको बहानेमा त्यस क्षेत्रको पर्ख्यात कुनौटा मेला लाग्दै आएकोछ । बहाने ईलाकाका व्यापारी गुप्तबहादुर के.सी.का बाजे कालू खत्री तत्कालिन अवस्थामा पाल्पा, गुल्मीक्षेत्रमा वस्थित रिडी गण्डकी गएको र रिडी नदिको किनारमा कार्तिक पुर्णीमाको दिन मेला लागेको देखेपछि त्यसबाट प्रभावित भएर बहानेमा मेला सुरु गरेको व्यापारी केसीले जानकारी दिनुभयो । १९८४ मा कालु खत्रीले मेला सुरु गरेपछि कुनौटामा त्यस क्षेत्रमा सरायँ नाच, रैथाने मारुनी, भैले भैलेनी, विभिन्न झाकीहरु प्रदर्शन हुँदै आएकाछन् । पछिल्लो समय भैले भैलेनी, झाकी र नृत्य तथा विभिन्न खेलकुद गतिविधिको प्रतियोगिता सञ्चालन गर्न थालिएकोछ । मेलामा नौबहिनी…
प्यूठान । झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोद पोख्रेलले आफूलाई लक्षित गरि जतिय विभेद गरेको भन्दै दलित सञ्जाल झिमरुकले जारि गरेको बिज्ञप्ति प्रति ध्यानाकर्षण भएको बताएकाछन् । उपाध्यक्ष पोख्रेलले जातिय विभेद गरेको भन्दै झिमरुक स्थित दलित सञ्जालबाट गत कार्तिक २६ गते जारी बिज्ञप्तिको खण्डन गर्दै आज बिज्ञप्ती जारी गरेकाहुन् । गाउँपालिकाले भाडामा प्रयोग गर्दै आएको झिमरुक गापा ६ का हेमराज भट्टराईको भे १ च ३९९३ नंम्बरको डवल क्याप बोलेरो जिपको निरन्तरता नहुने भएपछि चालक माथि जातिय विभेद गरी भाडामा नलिएको भन्दै राजनीतिक प्रतिशोदले यस्तो गलत हर्कत गरिएको उपाध्यक्ष पोख्रेलले बिज्ञप्तीमा भनेकाछन् । दलित सञ्जालले जारी गरेको प्रेस बिज्ञप्तिको बिषयमा आफूलाई कुनै…
सरोकार सम्बाददाता प्यूठान । बिद्युत प्रसारण लाईनलाई व्यवस्थापन गर्न भन्दै पाँच बर्ष अघि निर्माण थालेको बिद्युत सव-स्टेसन अलपत्र परेपछि ठेकदार सँगको सम्झौता तोडि बाकि काम सम्पन्न गर्न बिद्युत प्राधिकरणले तयारी थालेको छ । प्यूठान लगायत छिमेकी जिल्लाहरुमा प्रसारित लाईनमा धेरै समस्या आईरहने भएका कारण ३३ केविए लाई ११ केविएमा कन्भर्ट गर्न पाँच बर्ष अघि प्यूठान नगरपालिका ८ दम्तीमा सव-स्टेसन निर्माण थालिएको थियो । तर ठेकदारले विभिन्न वाहाना गर्दै काम समयमै सम्पन्न नगरेपछि उक्त योजना अलपत्र छ । हाल सम्म उक्त योजना ७५ प्रतिशत काम सम्पन्न भएको बताईएकोछ । तर झिमरुक नदीको किनारै किनार ३३ केविए प्रशारण लाईन बिस्तार गरिएकोमा नदी…
प्यूठान। आज कोजाग्रत पुर्णिमाको अवसरमा प्यूठानका आधादर्जन भन्दा बढि ठाउँहरुमा सरायँ मेला हुदैछन् । प्यूठान नगरपालिकामै करिव ४ ठाउमा सराये मेला हँदैछन् । प्यूठान न पा ७ को ऐतिहासिक बखडी मेला, जुम्री, बेलपत्रेश्वर महादेव मन्दिर बेलुवा, लगायतका ठाउँमा मेला हुदैछन् । यस्तै नौबहिनीको माक्रे मन्दिर र झिमरुकको गडिकोट र आसपासका ठाउँहरुमा माला हुँदैछन् । नौबहिनीको माक्रे मन्दिरमा हुने मेला र झिमरुक गडिकोट मेलाको अवलोकन सहित उद्घाटन लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्रीबाट हुने मेला आयोजक समितिले जनाएकाछन् । बडादशै नवदुर्गाको पुजाआजा सहित कोटपुजा तथा देवी भगवती, तलेजु भवानीको पुजा पछि प्रसाद स्वरुप दशैंको टीका लगाउने प्रचलन अनुसार दशमी टीका…
प्यूठान । ऐतिहासिक महत्व रहेको नौबहिनी गाउँपालिका ८ स्थित माक्रे मन्दिरमा यसबर्ष देखि दशैको कोजाग्रत पुर्णिमा मेला सञ्चालन हुने भएकोछ । नौबहिनीदेखी बहदै आएको लुङ खोलाको बिच भागमा अवस्थित ठूलो ढुंगा माथि गाउँपालिकाले निर्माण गरेको माक्रे मन्दिरमा यसबर्षदेखि निर्नतरता दिने गरि सरायँ नाच, मारुनी नाँच लगायत बिबिध सांस्कृतिक कार्यक्रम गरिने माक्रे दर्शन युवा समुहका अध्यक्ष बलबहादुर केसीले बताउनुभयो । कार्तिक १ गते कोजाग्रत पुर्णिमाको अवसरमा आयोजित मेलाको ओैपचारिक रुपमा लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा सामाजिक विकास मन्त्री सरोज थापा(रोज राणा)ले उद्घाटन गर्नुहुने उहाले बताउनु भएकोछ । मेलाको सम्पुर्ण तयारी भैसकेको आयोजकले जनाएकोछ । माक्रे मन्दिर ऐेतिहासिक लुङ, लुप्लुङ देवालीको…
प्यूठान । बिगत तीन बर्ष यता बडादशैको महाअष्टमीमा हुँदै आएको भित्रिकोट दौड प्रतियोगिता यशबर्ष पनि सञ्चालन हुने भएकोछ । ऐतिहासिक पृष्ठभुमि रहेको भित्रिकोट सम्म करिब ८ किलोमिटरको दुरीमा प्यूठान नगरपालिका वडा नं ७ पुण्ड्यखोलाबाट दौड प्रतियोगिता हुने प्यूठान न पा ७ का वडाअध्यक्ष नेत्रबहादुर के सीले बताउनुभयो । यसबर्ष प्यूठान जिल्ला बासीले मात्र दौड्न पाउनेछन् भने उमेर हद १८ देखी ४० बर्ष कायम गरिएकोछ । दौडमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० र तेस्रोले ७ हजार पुरस्कार पाउनेछन् । सातौ स्थान सम्म आउनेले सान्तोना पुरस्कार पाउने सञ्चालक समितिले जनाएको छ । तर प्यूठान नगरपालिकाको प्रमुख पर्यटकिय केन्द्रबिन्दु भित्रिकोट भएपनि नगरले…
प्यूठान ।केहि दिनदेखि परेको अविरल बर्षाका कारण माछापोखरी फुट्दा प्युठानको खैरामा माछा बगाएको छ । अत्यधिक वर्षातले प्यूठान नगरपालिका–१ खैरा स्थित झिमरुक मत्स्यपालन तथा एकिकृत कृर्षि फर्मको ५ वटा माछा पोखरी भत्किदा माछा बगेका हुन । पोखरी फुटेपछि पोखरीका माछा धानखेत, मोटरबाटो र नदीमा गएको संचालक भोज बहादुर बस्नेतले बताए । बस्नेतको करीब ५ देखि ६ लाख बराबरको माछा नोक्सानी भएको बताउनुभयो । बस्नेतले ५६ रोपनी क्षेत्रफलमा १० वटा पोखरीमा मत्स्यपालन गदै आउनुभएको थियो ।
प्यूठान । स्थानिय तह न्याय सम्पादन समितको संयोजक उपप्रमुख /उपाध्यक्ष हुन्छ । तर न्यायोजित निर्णय लिन नसक्दा वा न्याय समितिका जिम्मेवार जनप्रतिनिधिनै पुर्वाग्रह भएको भन्दै जनताले वास्तविक न्यायको अनुभूति पाउन नसकेको सामाजिक सञ्जाल मार्फत व्यक्त हुन थालेकोछ । जनताकै घरदैलोको सिंह दरबार भनेर स्थापना भएका स्थानिय तहहरु मध्य प्यूठान जिल्लाको प्रमुख केन्द्रबिन्दुमा रहेको स्थानिय तह प्यूठान नगरपालिका हो । स्थानिय तहको पहिलो निर्बाचनबाट निर्बाचित मेयर अर्जुन कुमार कक्षपति र उपमेयर शान्ता आचार्य नेतृत्वले प्यूठान नगर भित्रको शौन्दर्यलाई खलल पार्ने बजार क्षेत्रका छाप्रे पसल र ढेब्री पसल हटाउने निर्णय गरेको थियो । एमाले-माओबादी गठबन्धनबाट निर्बाचित भएकाे त्यो नेतृत्वले बेलुवा बगर देखि…